हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

मलेसियाबाट साउदी अरबको जेलमा रहेको नेपाली बचाउन आर्थिक सहयोग

आर एन चौधरी थारु
तामाङ अनलाइन सहकर्मी

मलेसिया: बिगत लामो समय देखि साउदी अरबको जेलमा मृत्यु दण्डको सजाय पाएका जेल जीवन बिताइरहेका प्रेम राई लाई बचाउन मलेसियामा बस्ने युवाहरुले आर्थिक सङ्कलन गरि सहयोग गरेका छ्न ।


इलाम जिल्लाको माइनगरपालिका-४ का प्रेमबहादुर राई अहिले साउदी अरबको जेलमा छन् । पैसा कमाउन भन्दै २०१२ मा साउदी आएका राई २०१६ मार्चमा जेल चलान भएका थिए ।काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई नै दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो ।

कम्पनीले उनलार्इ यतिकैमा छोडेन । त्यसपछि कम्पनीले आफ्नो सामानको बिगो भरपाइ पाऊँ भनि निवेदन दियो । कम्पनीको निबेदन अनुसार प्राइभेट राइट अन्तर्गत अदालतले फेरि तीन लाख १० हजार रियाल (नेपालको झण्डै ९५ लाख रुपैयाँ ) बुझाउनु पर्ने फैसला गरिदिए।प्रेमको घरमा श्रीमती र नाबालिका छोरी रहेका छन् । घरबार चलाउने मान्छेनै जेलमा परे पछि उनीहरूको बिचल्ली भएको छ । श्रीमानलार्इ बचाइदिन श्रीमतीले हारगुहार गरिरहेकी छन् । ९५ लाख रुपैयाँ जरिवाना स्वरुप बुझाए मात्रै जेलमा रहेका प्रेमको जीवन रक्षा हुनेछ । यतिबेला साउदीस्थित नेपाली संघसंस्थाहरु प्रेमको जीवन रक्षाका लागि रकमको जोहो गर्न जुटेका छन्।

राईलाई बचाउन अपुग रकम रोजगारीको सिलसिलामा मलेसियामा बस्ने समाजसेवि युवाहरु मिलेर नेपालको रकम लगभग रु.२,८०,५७८ रुपैयाँ मध्य बुद्धराज योङहाङ लिम्बूको सक्रियतामा सुरुमा सङ्कलन गरेको रु. १,७०,५७८ पीडित राईको श्रीमति सरिता राई लाई हस्तान्तरण गरिसकेको र दोस्रो पटक बुद्धराज फत्र लगायतको युवाहरु संगको सहकार्यमा करिब रु.१,१०,००० सहयोग रकम सङकलन गरि प्रेम राई बचाउ अभियानको मुल समितीको बैंक खातामा बुझाइएको भनेर जानकारी गराउनु भयो ।

प्रेम राई लाई बचाउन मलेसियाबाट आर्थिक सहयोग सङ्कलन गरेर सहयोग गर्ने बुद्धराज योङहाङ लिम्बूले राई बचाउ अभियान बन्द भए लगतै साउदीकै जेलमा रहेका अर्का नेपाली रोल्पा नगरपालिका ९ निवासी दिल बहादुर घर्ती मगरलाई बचाउनको निम्ति सम्भव भए सक्दो आर्थिक सहयोग सङकलन अभियान थाल्ने, सुरु गर्ने भन्नु भयो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution