हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

गोरेको बयान- सनमलाई सामान्य केरकार गर्नु भनेको थिएँ, करेन्ट लगाएछन्

१३ जेठ, विराटनगर । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि शिकार बनेका उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले दाबी गरेका छन् ।

जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन् ।‘म नभएको मौका पारेर सनम लगायतलाई लाक्पा, टेकबहादुर र सुरेन्द्रले कुटपिट गरेछन्’, उनले भनेका छन्, ‘मैले करेन्ट लगाउन पनि निर्देशन दिएको होइन । टेकबहादुर र सनमबीच मनमुटाव थियो । त्यसैले करेन्ट लगाएछन् ।’

‘त्यस दिन मैले सनमलाई आराम गराउन भनेको थिएँ । तर, गाडीभित्र टेकराज मल्लले करेन्ट लगाई चरम यातना दिएछन्’, गोरेले बयानमा भनेका छन्, ‘कुटाई र करेन्टको यातनाले गर्दा सनमको मृत्यु भएको हो । सनमलाई नरेन्द्र कार्की, लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र टेकबहादुर मल्लले कर्तव्य गरी मारेका हुन् ।’

‘सनमलाई आराम गर्न गाडीमा राख्दा मोहन र टेकबहादुर पनि थिए । म एक सय मिटर पर खाना खाँदै थिएँ’, उनले दाबी गरेका छन् ।

गोरेले सनमको हत्या गर्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । ‘हराएको सुन पत्ता लगाउन कुटपिट भएको हो । दुर्भाग्यवश सनमको मृत्यु भयो । भवितव्यबाट घटना भएको हो’, उनले थपे, ‘मैले अघिल्लो दिन कुटपिट गरेको थिएँ । सनमको मृत्यु भएको दिन मैले कुटपिट गरेको छैन ।’

सनमको मृत्युपछि आफूहरु आत्तिएको उनले बताएका छन् । ‘के गर्ने के नगर्ने हामी अन्यौलमा पर्‍यौं । मैले पहिलेदेखि चिनेका प्रहरीसँग सम्पर्क गर्न थालेँ’, उनले भने, ‘सई बालकृष्ण सञ्जेलसँग मेरो सम्पर्क भयो । मैले पहिले इन्डियन तस्करहरुले साथीलाई मार्‍यो भनेको थिएँ ।’सञ्जेलले त्यसबेला ‘माथि जाहेर गरेर खबर गर्छु’ भनेको उनको भनाइ छ ।

‘त्यसबेला त्यहाँ भेला भएका अरु केटाहरुले लास गाड्नलाई खाल्डो खनिसकेका थिए’, उनले भने, ‘पछि सई सञ्जेलले मलाई फेान गरेर सहयोग गर्न आउँदैछौं । नआत्तिकन बस्नु भनेपछि खाल्डो खन्न छोडेर हामीबीच लासलाई सनमको घरसम्म पुर्‍याउने विषयमा छलफल भएको अनलाइनखबरमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution