हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

अब बिहेमा रू ५ सयबढीकाे उपहार दिन नमिल्ने,सुन बढीमा ४० ग्राम

काठमाडाैं । बिहे गर्दा चर्काे रूपमा सुन, गर-गहना दाइजाे दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेकाे छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा ४० ग्राम र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने विधेयक गृह मन्त्रालयले तयार पारेकाे छ।

 

बिहेमा हुने तडगभडक तथा विकृति न्यूनीकरणका लागि भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। बिहेमा दिइने महंगा उपहारमाथि पनि नियन्त्रण गरिन लागेकाे छ । अब विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने  व्यवस्था उक्त विधयेकमा गरिएको छ।

जन्तीकाे मामलामा पनि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जना मात्र जन्ती जान पाउने व्यवस्था उक्त एेनले गर्दै छ । त्यस्तै बिहे भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइने व्यवस्था समेत विधेयकमा रहेकाे छ । साथै विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ।

साे विधेयक पास भएमा तोकिएको भन्दा बढी सुन दिएकाे थाहा पाए सुन नै जफत वा ३ महिना जेल सजाय हुने, बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना हुने, सार्वजनिक पद धारण गरेको व्यक्तिले यो व्यवस्थाको उल्लंघन गरे थप २५ प्रतिशत सजाय हुनेछ ।

मन्त्रालयले बनाएको मस्यौदा आवश्यक परिमार्जन गर्न कानून मन्त्रालयमा पठाइएको छ । सामाजिक व्यवहारमा भड्किलो प्रदशन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउनु परेको मन्त्रालयले जनाएको छ। न्युज २४ नेपाल बाट 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution