हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

कोरियामा बुद्ध जयन्तीको अवसरमा नौ फिट अग्लो बुद्धको प्रतिमा स्थापना

दक्षिण कोरिया (सोल) — दक्षिण कोरियामा नेपालमा निर्मित नौ फिट उचाइको बुद्ध प्रतिमा स्थापना गरिएको छ ।कोरियाका प्रसिद्ध ऐतिहासिक धार्मिक पर्यटकीय स्थल ख्यांगी दोको योगंइन शहरस्थित बाउछाङसा गुम्बा परिसरमा प्रतिमा स्थापना गरिएको हो ।


स्थानीय बुद्ध जयन्तीको अवसरमा आइतबार पञ्चे बाजाको धुनसहित विधिवत् पूजा गरी प्रतिमाको स्थापना गरिएको थियो । बुद्ध प्रतिमा स्थापना अभियानले नेपालमा निर्माण गरी गत महिना मूर्तिलाई कोरिया भित्र्याएको थियो । आठ सय केजीभन्दा बढी तौल रहेको तामाको प्रतिमालाई पाँच भागमा बक्सामा राखी कोरिया ल्याइएको थियो ।

कोरियामै रहेका लामा गुरुहरुद्वारा प्रतिमालाई जोड्ने र रंग रोगन गरी सिंगारेका थिए । साढे २२ लाख रुपैयाँ मूल्य परेको बुद्ध प्रतिमालाई नेपाल कुरियो आर्ट कम्पनीका जुल्ली शाक्यले निर्माण गरेका हुन् । प्रतिमा स्थापना गर्ने जमिन र करिब ५ करोड वन (पाँच लाख रुपैयाँ) लागतमा घर निर्माण खर्च वाउछगंसा गुम्बाले सहयोग गरेका थिए । नेपालको स्वयम्भू शैलीमा निर्मित घरको गजुर र रंग रोगन भने प्रतिमा स्थापना अभियानले गरेको हो । घरमा नेपाली कला झल्कने चित्र र माने निर्माण गरिने अभियानले जनाएको छ ।

कोरियाका पुराना संस्था नेपाली सम्पर्क समिति (एनसीसी)को संयोजन र नेपाल बौद्ध परिवार कोरियाको सहकार्यमा नेपाली राजदूतावासलगायत विभिन्न संघसंस्थाको संलग्नातामा बुद्ध प्रतिमा स्थापना अभियान गठन गरिएको छ । चार महिनाअघि गठित अभियानले कोरियामा रहेका नेपाली र संघसंस्थाहरुबाट आर्थिक सहयोग संकलन गरेका थिए ।

प्रतिमा स्थापना गर्न करिब पाँच करोड वन (५० लाख रुपैयाँ) जति खर्च पुग्ने अनुमान अभियानका सदस्यहरुले गरेका छन् । रंगरोगन गर्न २५ लाख वन र घरको शिरमा राखिएको गजुर निर्माण गर्न ३० लाख वन खर्च लागेको अभियानकी संयोजक एनसीसीकी अध्यक्ष अञ्जु केसीले जानकारी दिइन् । प्रतिमालाई कोरिया ल्याउन आवश्यक विभिन्न संस्थामा पत्रचार गरी राजदूताबासले प्रशासनिक सहजिकरणको भूमिका निर्वाह गरेका थिए । कोरियन एयरबाट ल्याइएका प्रतिमाको प्याकिङ सहितको ८ सय ६० केजीको कार्गो शुल्कमा करिब तीन हजार डलर छुट गरेको र एरपोर्टमा भन्सार तथा अन्य कार्यालय खर्चमा केही छुट गरिदिएको मूर्ति व्यवस्थपान विभाग सदस्य लोचन राईले बताए ।

बुद्ध जयन्तीको अवसरमा कोरियामा गरिने लोटस लालटीन फेस्टिभलको बृहत् र्‍यालीमा बुद्ध प्रतिमालाई परिक्रमा गराइएको थियो । बुद्धको जन्म नेपाल रहेको सन्देशसहित पञ्चे बाजाको धुनसँगै सम्पन्न र्‍यालीले धेरै दर्शकको ध्यान तानेको थियो । प्रतिमा हेर्दा जीवित बुद्ध झै आभास भएको प्रतिक्रिया दर्शकहरुले दिएका थिए । भगवान बुद्धको जन्म स्थान नेपालको चिनारीसँगै नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटकीय महत्वलाई उजागर गर्न प्रतिमा स्थापना अभियानले महत्वपूर्ण भूमिका खेलेको संयोजक अञ्जु केसीले बताइन् । कोरियामा पहिलोपटक नेपालबाट ढलोटको ठूलो बुद्धको प्रतिमालाई सुरक्षित रुपमा स्थापना गरी ऐतिहासिक कार्य गरेको भन्दै कोरियावासी नेपालीहरुको सराहना गरेका छन् ।
प्रकाशित : जेष्ठ १०, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution