हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

मन्त्रीको सम्पत्तिका रोचक तथ्य , गम्भीर ठट्टा !

काठमाडौं: प्रधनमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका २२ मन्त्रीले बुधबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । झट्ट सम्पत्ति विवरण हेर्दा मन्त्रीको भन्दा पनि मन्त्री पत्नीको दाइजो धेरै देखिन्छ ।

कम्युनिस्ट त्यसमा पनि जनवादी विवाह गरेका मन्त्रीको समेत सम्पत्ति विवरणमा ‘दाइजो बापत पाएको’ लेखेका छन् । दाइजो लेख्न अप्ठेरो लाग्ने मन्त्रीले ‘श्रीमतीको पेवा’, ‘माइतीबाट प्राप्त पेवा’, ‘पैतृक’, ‘मावलबाट प्राप्त’ जस्ता शब्द लेखेका छन् । जे लेखे पनि दाइजो नल्याउने मन्त्री कमै देखिए ।

संविधानले विवाह गर्दा वा त्यस अघिपछि दाइजो लिनु अवाञ्छित मान्छ । मन्त्रीले नै दाइजो ल्याउन मिल्छ त ? जवाफ मन्त्रीले नै दिन्छन्, ‘मिल्दै मिल्दैन’ । हुन त यो लेख्नेलाई भन्दा देख्नेलाई लाज हुनुपर्ने विषय हो ।

तर, सबै मन्त्रीले सकेसम्म सम्पत्ति विवरणमा श्रीमतीको सम्पत्ति देखाएकै छन् । सम्पत्ति विवरण फारम हेर्दा लाग्छ, यो यथार्थ होइन ‘झुटैझुटको पुलिन्दा’ हो । यो सत्य होइन, एउटा ‘ठट्टा’ हो ! सम्पत्ति विवरण फारम भित्रको ठट्टा पढ्दा गजब नै लाग्छ ।

सम्पत्ति विवरणमा ‘चिटिङ’

अचम्म त यो छ कि सम्पत्ति विवरणको फारम भर्दा समेत मन्त्रीले चिटिङ गरेका छन् । अधिकांश मन्त्रीले खाता नम्बर लेखेर अन्तिममा मेटेका छन् । मन्त्रीहरुले सल्लाह गरेरै खाता नम्बर मेटेको जस्तो देखिन्छ । खाता नम्बर लेखेर मेट्नुभन्दा अर्को फारममा केरमेट नगरी सम्पत्ति विवरणमात्र लेखिदिएको भए मन्त्रीको के जान्थ्यो र ?

एउटा थप फारम प्रयोग गर्दा राज्यलाई नै त घाटा पुग्ने थिएन ! कि मन्त्रीज्यूलाई नयाँ फारम लिँदा राज्यलाई घाटा लाग्ने डर पो लाग्या हो कि ? राज्यकै सम्पत्ति जोगाउनु भएको भए त ठिकै छ । नत्र यसरी केरमेट गरेर आफ्नै सम्पत्ति विवरण पनि स्पष्ट लेख्न नसक्ने मन्त्रीले पारदर्शी ढंगले देशका लागि के गर्लान् र ?

सवारीसाधनबिनाका प्रधानमन्त्री

सहरी विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्महालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सवारी साधन नै छैन भन्दा पत्यार नलाग्न सक्छ। तर, उनको सम्पत्ति विवरणको फारममा सवारी साधनको विवरण लेख्नुपर्ने कोठा खाली राखिएको छ। अब कसरी नपत्याउने ?

ओलीको सम्पत्ति अधिकांश श्रीमतीकै नाममा छ। राजधानीमा मात्र होइन राधिकाको जग्गा झापामा पनि छ। राधिकाको नाममा भक्तपुरमा डेढ रोपनी जग्गामा तीन तले दइटा घर र झापामा १० कट्ठा जग्गा छ। प्रधानन्त्री ओलीका नाममा बैंक ब्यालेन्स ४२ लाख रूपैयाँ एभरेष्ट बैंकमा छ। ओलीसँग सुनमात्र सुन १८ तोला छ । अन्य सम्पत्ति भने श्रीमती राधिकाकै नाममा १० लाख बचत र उनकै नाममा २५ लाखको सेयर छ। ओली पत्नी राधिका नेपाल राष्ट्र बैंककी अवकाशप्राप्त प्रथम श्रेणीकी अधिकृत हुन्। सबै सम्पत्ति स्रोत स्वआर्जन भनेर स्रोतमा लेखिएको छ।

गृहमन्त्री ‘बादल’का दुई कुकुर

ओली सरकारका शक्तिशाली मन्त्री हुन् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ । सामान्य नागरिकले सहजै अनुमान गर्छन्, बादलको सम्पत्ति ‘करोड’माथि छ । किनकी शान्ति प्रक्रियामा आएपछि बादल लगातार सांसद र मन्त्री पनि पटकपटक भए । तर, उनको सम्पत्ति एभरेष्ट बैंकको खातामा २० हजार मात्र छ ।

यत्ति रकम पनि गृहमन्त्रीले २०६४–०६८ सम्म सभासद हुँदा आम्दानी गरेका हुन् रे ! अझ उनको त्यो खाता बन्द भइसकेको छ । बादलको स्वकीय सचिवालयका सदस्य बीरु तामाङको नाममा रहेको एभरेष्ट बैंकको खातामा भने तीन लाख ६० हजार एक सय ९३ रुपैयाँ छ । त्यो पनि बादलले आफ्नो सम्पत्ति विवरणमा समेटेका छन् ।

अन्य सम्पत्ति सबै श्रीमतीकै नाममा देखाएका छन् । जहाँ सेयर, सुन, घरजग्गा सबै श्रीमतीकै नाममा छ । त्यो सम्पत्ति पनि सबै माइतीबाट दाइजो आएको वा विदेशबाट श्रीमतीका भाइ बहिनीबाट उपहार पाएको रे ! अरु ढाँटे पनि गृहमन्त्रीले कृषि तथा पशुधनको विवरणमा भने दुई कुकुर निर्धक्कसाथ उल्लेख गरेका छन् । जुन कुकुर थापालाई छिमेकीबाट प्राप्त भएका हुन् । यी कुकुरको खरिद मूल्य पनि छैन ।

परराष्ट्रमन्त्रीका २५ सय पुस्तक

मन्त्रीको सम्पत्ति विवरणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आफूसँग २५ सय पुस्तक भएको उल्लेख गरेका छन् । अन्य सम्पत्ति विवरण पेश गर्ने क्रममा ज्ञवालीले कम्युटर, ल्यापटप, मोबाइल, क्यामरा, स्क्यानर, प्रिन्टर र टेलिभिजनसँगै करिब २५ सय पुस्तक र घरायसी सामान रहेको उल्लेख गरेका हुन् ।

घरको कोठा थप्ने प्रयोजनका लागि ज्ञवालीले १४ लाख ५८ हजार रुपैयाँ ऋण स्वदेश तथा विदेशका ९ शुभचिन्तकबाट लिएका छन् । ज्ञवालीसँग सुन अनुमानित दुई तोला छ । मन्त्री ज्ञवाली बस्दै आएको काठमाडौंको घर श्रीमती सरस्वतीको नाममा छ । चारआना बढी जग्गा ओगटेको यो घर उनले २०६४ मा बनाएका हुन् ।

डलरवाला अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाको खातामा अरु मन्त्रीको भन्दा फरक सम्पत्ति छ । खतिवडाले सानिमा र नबिल बैंकमा गरी ६२ हजार ६ सय तीन अमेरिकी डलर बचत गरेका छन् । उनले श्रीमती र आफ्नो गरी अन्य विभिन्न बैंकमा ९० लाख बढी सम्पत्ति राखेका छन् । यो सम्पत्ति हेर्दा अर्थमन्त्रीको अर्थतन्त्र राम्रो देखिन्छ । हुन त पूर्व गर्भनर समेत रहेका खतिवडाको यत्ति सम्पत्ति हुनु ठूलो कुरो पनि भएन ।

अन्य मन्त्रीले ऋण लिएको उल्लेख गरे पनि अर्थमन्त्रीले भने विभिन्न पाँच शुभचिन्तकलाई ऋण दिएको विवरण पेश गरेका छन् । उनले २०६२ सालदेखि ०६४ सालसम्म शुभचिन्तकलाई २४ लाख ऋण दिएका छन् । रकममा जस्तै जग्गामा पनि अर्थमन्त्री धनी छन् । काठमाडौंमा आफनो नाममा पाँचाना र श्रीमतीका नाममा १४ आना जग्गा छ । अन्य जग्गा भने देशैभर विभिन्न ठाउँमा रहेको पाइयो ।

थममायाको सम्पत्ति १५ हजार !

ओली नेतृत्वको सरकारमा २५ मन्त्रीमा तीन महिला मन्त्री छन् । जसमा खानेपानी मन्त्री बीना मगर र बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा गरिब छन् । म्याग्दीको बेनीमा थापाको नाममा आमाबाट प्राप्त जग्गा छ । सुन एक तोला त्यो पनि आमाले नै दिएको हो । गरिबीको पनि हद हुन्छ नि माछापुच्छ्रे बैंकमा एक हजार, एभरेष्टमा चार हजार र कुमारी बैंकमा १० हजार रुपैयाँ मात्र छ । त्यो पनि भूकम्पपीडित कोषको रकम रे ! थममायाले सम्पत्ति विवरणका दुई कोठा भरेर अरु सबै खाली राखेकी छिन् । यो देख्दा विदेशमा रहेका कुनै नेपाली मन्त्रीज्यूलाई सहयोग संकलन गरेर नपठाउलान् भन्न सकिदैन !

बीनाको सम्पत्ति प्रकाशको स्कुटरः खाता खाली

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी रहेकी बीनाको आफ्नो सम्पत्ति नै छैन । सम्पत्ति विवरण हेर्दा लाग्छ, बीना साँच्चै सुकुम्बासी हुन् । स्वर्गीय श्रीमान् प्रकाश दाहालको नाममा भरतपुर महानगरपालिका–१४ मा दुई कट्ठा जग्गा छ । जुन मावली हजुरआमाबाट प्राप्त भएको हो । अर्थात्, सासू सीता दाहालकी आमाले दिएकी हुन् ।

बीनाले सम्पत्ति विवरणमा सासु सीताको भरतपुर–१२ मा रहेको एक कट्ठा जग्गासमेत उल्लेख गरेकी छिन् । जुन सम्पत्ति पनि पैतृक हो । सुन पाँच र चाँदी १६ तोला छ । त्यो सबै पैतृक हो, उनको बैंकको खातामा पैसा नै छैन । बैंक खाता भने एभरेष्ट बैंक सिंहदबारमा रहेको छ । सवारी साधनका नाममा प्रकाशकै नामको एउटा स्कुटर छ । उनको सेयर छैन । ऋण लिएको र दिएको पनि छैन ।

धनी महिला मन्त्री पद्मा

तीन महिला मन्त्रीमध्ये स्वास्थ्य मन्त्री पद्या अर्याल धनी देखिइन् । पद्याको अरु सम्पत्ति मात्र छैन । कृषि फार्म छ । जुन केरा र सुन्तलाको बगैँचा हो । वासिङ मेसिन, टिभी, फ्रिज कम्युटर, ल्यापटप एकएक थान छन् । मोबाइल सेट भने दुई थान र केही फर्निचर छन् । विभिन्न बैंकमा करिब आठ लाख रुपैयाँ बचत छ । सुन १५ र चाँदी २० तोला छ । जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको हो । उनको र श्रीमानको नाममा रुपन्देही, बर्दिया, काठमाडौं र स्याङ्जामा जग्गा पनि । अर्यालले मेगा बैंक, जनता टेलिभिजन र विभिन्न सहकारीमा सेयर लगानी गरेकी छिन् ।

लालबाबुको पुरानो साइकल

अन्य मन्त्री भन्दा फरक सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एउटा पुरानो साइकल छ । सम्पत्ति साइकल देखाएका मन्त्री पण्डितको एभरेष्ट बैंकमा भने २५ लाख छ । श्रीमती बिमला पण्डितका नाममा एभरेष्ट र कृषि विकास बैंकमा ३० लाख जम्मा छ ।

लालबाबुको आफ्नो सुनचाँदी छैन । श्रीमतीको नाममा भने १० तोला सुन र १५ तोला चाँदी छ । लालबाबुको नाममा मोरङमा रहेको एक कट्ठा जग्गामा एउटा पुरानो घर छ । सर्लाहीमा चार विघा पैतृक सम्पत्ति छ भने श्रीमतीका नाममा ललितपुरको भैँसेपाटीमा चाराना जग्गा छ ।

भन्नै पर्ने: सबैभन्दा धनी यातायात मन्त्री रघुवीर महासेठ । सबैभन्दा गरिब मन्त्री थममाया थापा । पुस्तकका धनी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली । कुकुरका धनी गृहमन्त्री बादल । स्कुटरवाली खानेपानी मन्त्री बीना । डलरवाला अर्थमन्त्री डा. युवराज खतिवडा । सबैभन्दा बढी ६० तोला सुन भएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी । छोरीको नाममा सम्पत्ति देखाउने वन तथा वातावरण मन्त्री शक्ति बस्नेत । अन्नपुर्ण पोस्ट बाट |

९ जेठ २०७५ मा प्रकाशित

मन्त्रीहरुको सम्पति विवरण हेर्न यहाँ क्लिक गर्नुहोला |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution