कानूनमन्त्री शेरबहादुर तामाङको सम्पति कति ?

याम्बु – कानूनमन्त्री शेरबहादुर तामाङले बुझाएको सम्पति बिबरणमा श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर छ ।
उनीसँग ३० तोला सुन, एक लाख २८ हजार बैंक मौज्दात र श्रीमतीको एउटा कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।
उनको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा पनि छ ।