तामाङ घेदुङ कास्कीको भवन निर्माणको लागि अमर तितुङ तामाङ द्वारा एक लाख एक हजार रुपैयाँ सहयोग
याम्बु – नेपाल तामाङ घेदुङ कास्कीको भवन निर्माणको लागि तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व महासचिव अमर तितुङ तामाङले नगद रुपियाँ १,०१,००० ( एक लाख एक हजार रुपैयाँ ) जिल्ला अध्यक्ष कृष्ण बहादुर तितुङलाई प्रदान गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै अमर तितुङ तामाङले नेपाल तामाङ घेदुङ कास्कीले तामाङ भाषा संस्कार संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोले हामी संसारभर छरिएर रहेका तामाङले गर्व गर्ने वातावरण बनाएको कुरा अवगत गर्नु भयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरामा तामाङ घेदुङले जग्गा खरिद गरि अस्थायी भवन स्थापना गरेर पक्की भवन निर्माणाधीन अवस्था रहेको प्रति उहाँले खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुम बहादुर तामाङ, नेपाल तामाङ घेदुङका सचिवालय सदस्य एवम् प्रदेश नं.-४ का अध्यक्ष दिपक वाईबा , नेपाल तामाङ घेदुङ , केन्द्रीय सदस्य हरिमान तामाङ नेताघेका पूर्व केन्द्रीय सल्लाहकार प्रताप बहादुर वाईबाको विशेष उपस्थिति रहेको थियो । सहयोग दाता अमर तितुङलाई संस्थागत रुपमा स्वागत सहित विशेष धन्यवाद प्रदान गरेको थियो ।