हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

गाई काट्दै गरेका तीन नेपाली पक्राउ

गाई काटेको आरोपमा चापाकोट नगरपालिका वडा नं. २ चिर्केथुङगा निवासीका तीनजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपाली रहेको सई नवराज केसीले जानकारी दिए।

लालबहादुर नेपालीको गोठमा पालिराखेको गाई नेपालीसहित मंगलबहादुर नेपाली र अनिलकुमार नेपाली मिलेर केही पर लगेर काटिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

गाई काट्न सहभागी ३ जना र गाईको मासु सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक चिनकपुर गुरुङ्ले बताए।गोठबाट झण्डै ७० मिटर परलगी काटिरहेको अवस्थामा स्थानीयबासीले दिएको खबरपछि पक्राउ गरिएको  प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरु वडा प्रहरी कार्यालय वालिङ्को नियन्त्रणमा छन्। उनीहरुलाई मुलुकी ऐन २०२० को गौ बध महल अनुसार अदालतमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। 

मुलुकी ऐनको महल ७ को ११ नम्बर अनुसार गाई काट्नेलाई १२व वर्ष कैद र काट् भनेर बचन दिनेलाई ६ वर्ष कैद व्यवस्था छ|अन्नपूर्णा  पोस्टबाट 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution