अनलाइन मिडियामा आएको समाचारप्रति तामाङ घेदुङ कुवेतको प्रेस विज्ञाप्ति

कुवेत । नेपाल तामाङ घेदुङ कुवेतले २० मे २०१८ दिन देखि बिभिन्न अनलाइन मेडिया र सामाजिक संजालमा आएको समाचार प्रति प्रेस बिज्ञप्ति जारी गर्दै खन्डन गरेका छ। इन्टरपोलको सहयोगमा कुवेतमा समातिए मोस्ट वान्टेड दाम्पति” भन्ने शिर्सकमा आएको समाचार प्रति गम्भीर ध्यानकर्सन भएको जनाएको छ । उक्त शिर्सकको समाचारमा नेपाल तामाङ घेदुङ कुवेतको नाम जोडिएको प्रति नेपाल तामाङ घेदुङ कुवेत परिवार अत्यन्त दुखित छौ । बिभिन्न समाचार अनलाइन मेडियामा उक्त समाचार छापिए पछि सामाजिक संजाल फेसबुक मार्फत फेसबुक प्रयोगकर्ताहरुले सत्यतथ्य नबुझिकन नेपाल तामाङ घेदुङ कुवेत जस्तो बिशुद्ध जातिय सस्थालाई संस्थाको गरिमा प्रति आँच आउने किसिमको अभिव्यक्तिहरु प्रति दु:ख ब्यक्त गर्दछौ | घेदुङका महासचिब कृष्ण बहादुर सिङ्तान तामाङद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाएको छ ।
सामाजिक संजालमा आएको अभिव्यक्ति जस्तो नेपाल तामाङ घेदुङ कुवेतको कुनै संलग्नता नभएको जानकारी गराउदै सो आरोप झुटो, निराधार, कपोकल्पित र प्रतिशोधको भाबनाले मात्र प्रेशित गरेको स्पस्ट परेका छन् । सस्थामा जातिय पहिचानको आधारमा जो कोही पनि सद्स्य बन्न सक्छन तर ब्यक्तिगत पेशा संघसस्थाले सरोकार नराख्ने कुराको सबैमा जानकारी गराउदै अब उप्रान्त सबै सामाजिक संजाल प्रयोगकर्ता र अनलाइन मीडियाहरुले नेपाल तामाङ घेदुङको कुवेतको नाम मुछेर सस्थालाई आँच आउने किसिमको कार्य नगरि दिनहुन सम्बन्धित सबैमा बिनम्र अनुरोध समेत गरेका छ्न् ।