बौद्धधर्म गुरु साङ्पा रिम्पोछेको आत्मवृतान्त विमोचन

काठमाडौं । बौद्धधर्मका गुरु साङ्पा रिम्पोछेको आत्मवृतान्त विमोचन गरिएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच कानुनमन्त्री शेरबहादुर तामाङले ‘अवतारको रुपमा मेरो जीवन यात्रा’ नामक पुस्तकको विमोचन गरेका हुन् ।
आत्मवृतान्तमा रिम्पोछेले जीवनमा भोगेका सफलता र असफलताका विषयहरु समेटिएका छन् ।
रिम्पोछेले विश्वभर नै बौद्धधर्मको प्रसारका लागि विभिन्न स्थानहरुमा बौद्ध गुम्बाहरुसमेत स्थापना गरेका छन् ।
२०७५ जेठ ७