सन्दीपले पहिलो ओभरमै लिए विकेट, सूर्यकुमार आउट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीपले पहिलो ओभरमा १३ रन दिएर १ विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमा नै सूर्यकुमार यादवलाई आउट गरेका हुन् ।
निकै आक्रामक देखिएका सूर्यकुमारलाई सन्दीपले १२ रनमा आउट गराए । सन्दीपको पहिलो बलमा नै चौका र दोस्रो बलमा छक्का प्रहार गरेका सूर्यकुमार तेस्रो बलमा पनि आउट हुने अवस्थामा थिए । तर फिल्डर नभएकाले बचे । चौथो बलमा भने सन्दीपले उनलाई आउट गराए ।
सन्दीपले ओपनिङ बलिङ गरेका हुन् ।