भिम रावललाई नवगठित पार्टीको ‘हाईकमाण्डमा’ नराखेकोमा युवानेताद्धारा असन्तुष्टि व्यक्त

काठमाडौं – दुई बाम पार्टी मिलेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टीको हाईकमाण्डमा बिघठित नेकपा एमालेका उपाध्यक्ष भिम रावल लाई नराख्नु सिंगो सुदुरपश्चिमका जनता माथि अन्याय भएको बताएका छन् । नवगठित नेपाल कम्युनिष्ट पार्टीका युवा नेता शंकर भण्डारीले यस्तो आरोप लगाउनु भएको हो |
भण्डारीले “भन्नुभयो नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एक हुनु ऐतिहासिक छ, राष्टको पक्षमा छ ,सम्पुर्ण नेपाली जनताको पक्षमा छ । पार्टी एकताले गाँउघर सम्मका जनतामा खुशीको लहर छाए पनि शिर्ष नेताहरुको व्यवस्थापन सही तरिकाले नहुनु दुःखद भएको उनको भनाई थियो ।
देशको बिकाश गर्नका लागी स्पष्ट बहुमतको सरकार निमार्ण भएको छ ,अस्थिरताको राजनिती अन्त्य भएको छ । यी सबै कुराहरु स्वागत योग्य रहेकाछन । ” युवा नेता भण्डारीले भर्खरै एकतामा परिणत भएको नेपाल कम्युनिष्ट पार्टीको शिर्ष नेताले पार्टीका अगुवा नेता, कार्यकर्ता, स्थानीय नेता, कार्यकर्ता र पार्टीले मुलभुत रुपमा अंगिकार गरेको एजेण्डालाई सही तरिकाले व्यवस्थापन गर्न नेतृत्व पंक्तिमा सँग जोडदार आग्रह गर्नुभयो ।
पार्टीमा मात्र नभई देशका लागि नै राष्ट्यि ,अन्तराष्ट्यि प्रभाव भएका नेताहरुलाई पाखा लगाई टिके प्रथाको नाममा सिंगो सुदुरपश्चिम र सुदुरपश्चिमका जनताहरुको अपमान भएको दुखेसो उहाँले पोख्नुभयो । मन्त्रि मण्डल बिस्तार गर्दा र पार्टीको उच्च तहको जिममेवारी बाँडफाँड गर्दा सुदुरपश्चिमलाई हेर्ने दृष्टकोणमा नेतृत्वको विशेष ध्यान जानु पर्ने जिकिर गर्नुभयो ।