हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

भारतीय राजनीतिका रहस्यमयी तरिकाले सत्ता पल्टिएका ५ घटना

जेठ ५ – भारतको सर्वोच्च अदालतले कर्नाटकमा सरकार बनाउनका लागि शनिबार बेलुका ४ बजेसम्म बहुमत सिद्ध गर्न आदेश दिएको छ ।

कर्नाटक विधानसभा चुनावको नतिजा आएसँगै सबैभन्दा ठूलो पार्टी भारतीय जनता पार्टी(बीजेपी) का नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिइसकेका छन् । 

राज्यपाल वजूभाई वालाले सबैभन्दा ठूलो पार्टीलाई सरकार बनाउने निम्ता दिएका थिए । तर कांग्रेस र जनता दल सेक्युलर(जेडीएस) आफूहरुसँग सरकार बनाउनका लागि बहुमत सदस्य भएको भन्दै सर्वोच्चको ढोकामा पुगेको थियो ।

भारतीय राजनीतिमा यसभन्दा पहिले पनि सदनमा बहुमत सिद्ध गर्न नसकेर धेरै सत्ता पल्टेका छन् ।

सपथ लिएकै १५ दिनमा ढल्यो चरण सिंह सरकार

देशमा संकटकाल लगाएको दुई वर्षपछि पनि विरो बढ्दै गएको देखेर प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७९ मा लोकसभा भंग गर्दै फेरि चुनाव गर्न सिफारिस गरेकी थिइन् । संकटकाल घोषणा गरेको परिणाम चुनावमा कांग्रेसले भोग्नुपर्ये । ३० वर्षपछि केन्द्रमा गैर कांग्रेसी सरकार बन्यो । जनता पार्टी प्रचण्ड बहुमतसहित सत्तामा आयो । मोरारजी देसाई प्रधानमन्त्री बने । चरण सिंह उपप्रधानमन्त्री तथा गृहमन्त्री बने ।

पार्टीभित्रको आन्तरिक कलहका कारया मोरारजी देसाईको सरकार ढल्यो । त्यसपछि कांग्रेस तथा सीपाईको समर्थनमा चरण सिंहले जुलाई २८, १९७९ मा प्रधानमन्त्रीको सपथ लिए ।

तत्कालीन राष्ट्रपति नीलम संजीव रेड्डीले उनलाई बहुमत सावित गर्न २० अगस्टसम्मको समय दिए । तर एक दिन पहिले अर्थात १९ अगस्टमै इन्दिरा गान्धीले आफ्नो समर्थन फिर्ता लिइन् । त्यसैले फ्लोर टेस्टबिना नै सिंहले राजीनामा दिए ।

बिहारमा रथ यात्रा रोकियो, दिल्लीमा सरकार ढल्यो

सन् १९८९ पनि भारतीय राजनीतिमा खास रह्यो । सन् १९८८ मा जयप्रकाश नारायणको जन्मदिन पारेर अक्टोबर ११ मा जनमोर्चा, जनता पार्टी, लोकदल तथा कांग्रेस(एस) विलय हुँदै नयाँ पार्टी जनता दल गठन भयो । वीपी सिंहलाई जनता दलको अध्यक्ष चयन गरियो । उनको नेतृत्वमा थुप्रै क्षेत्रीय दलहरु एकै ठाउँमा आए । त्यसपछि नेसनल फ्रन्टको गठन भयो । सन् १९८९ मा चुनाव भयो ।

 

नेसनल फ्रन्टलाई सफलता त प्राप्त भयो तर त्यो सफलता सरकार बनाउन भने प्राप्त भएन । फ्रन्टले बीजेपी तथा वाम दलहरुको बाहिरबाट समर्थन लिएरै भए पनि सरकार बनायो । वीपी सिंह प्रधानमन्त्री बने ।

एक वर्ष मात्रै भएको बीजेपीले रथयात्रा सुरु गरेको । कैयौँ राज्य हुँदै रथ बिहार पुग्यो । बिहारमा जनता दलको सरकार थियो । मुख्यमन्त्री थिए लालुप्रसाद यादव ।

उनले लालकृष्ण आडवाणीको रथको गतिमा ब्रेक लगाइदिए । उनलाई गिरफ्तार पनि गरियो । त्यसपछि के ? बीजेपीले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लियो । सरकार ढल्यो ।

राजीव गान्धीको जासूसीका कारण ढल्यो सरकार

भारतीय राजनीतिको इतिहासमा सन् १९९० पनि महत्वपूर्ण छ । वीपी सिंहको राजीनामापछि जनता दलका नेता चन्द्रशेखरले समर्थकसहित पार्टी छोडे । उनले नयाँ पार्टी समाजवादी जनता पार्टी गठन गरे ।

चुनावमा उनको पार्टीले ६४ सिटमा जित हात पार्यो । संसदको फ्लोर टेस्टमा कांग्रेसले उनलाई समर्थन गर्यो । उनी प्रधानमन्त्री बने । सात महिनापछि यस्तो परिस्थिति आयो कि चन्द्रशेखरले राजीनामा दिनुपर्यो । २ मार्च, १९९१ मा हरियाणा पुलिसका दुई जवान प्रेम सिंह र राज सिंह राजीव गान्धी निवास बाहिरबाट जासूसी गरेको आरोपमा पक्राउ परे ।

दुवै प्रहरी सादा पोशाकमा थिए । पक्राउ परेपछि उनीहरुले आफूहरुलाई सूचना संकलनका लागि पठाइएको स्वीकार गरे । यो विषयले भारतीय राजनीतिमा भुइँचालो नै आयो । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो । संसदमा फ्लोर टेस्ट हुने निश्चित भयो । तर त्योभन्दा पहिले नै प्रधानमन्त्री पदबाट चन्द्रशेखरले राजीनामा दिए ।

जब मायावती आफैले फ्लोर टेस्ट गर्न चाहिन्

यो राजनीतिक घटना हो उत्तर प्रदेशको सन् १९९२ मा मुलायम सिंह यादवले समाजवादी जनता पार्टीबाट अलग भै समाजवादी पार्टी गठन गरे । एक वर्षपछि उत्तर प्रदेशमा विवादित ढाँचा ध्यवस्त गराइयो । राज्यको सत्तारुढ दल कल्याण सिंहको सरकारलाई यो घटनापछि बर्खास्त गरियो ।  त्यसपछि चुनावको घोषणा भयो ।

समाजवादी पाटी तथा मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीको गठबन्धन भयो । दुजै दल मिलेर सरकार बनाउने जनमत पनि प्राप्त गरे । तर यो गठबन्धनले ५ वर्षको कार्यकाल पूरा गरेन ।

बहुजन समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो । उत्तर प्रदेश विधानसभामा फ्लोर टेस्ट भयो । बीजेपीको समर्थनामन मायावती मुख्यमन्त्री बनिन् । समाजवादी पार्टी सत्ताबाट बाहिरिन बाध्य भयो ।

जब एक भोटले बाजपेयी सरकार ढल्यो

सन् १९९८ मा भारतमा लोकसभा चुनाव भएको थियो । चुनावमा कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । अन्नाद्रमुक पार्टीको सहयोगमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनले केन्द्रमा सरकार बनायो ।

१३ महिनापछि अन्नाद्रमुकले सरकारलाई दिएकाे समर्थन फिर्ता लियो । सरकार अल्पमतमा पर्यो । विपक्षीको मागअनुसार राष्ट्रपतिले सरकारलाई सदनमा बहुमत सावित गर्न निर्देशन दिए । संसदमा फ्लोर टेस्ट भयो । अटल बिहारी बाजपेयीको सरकार एक भोटले ढल्यो । कसैले पनि कल्पना गरेको थिएन कि अटलको सरकार ढल्नेछ ।

अटललाई हराउने त्यो खास एक भोट थियो । ओडिशाका तत्कालीन मुख्यमन्त्री गिरधर गमांगको । गमांग त्यसबेला ओडिशाका मुख्यमन्त्री पनि थिए, अनि सांसद पनि । उनी फ्लोर टेस्टमा भोट हाल्नकै लागि दिल्ली आएका थिए ।

-बीबीसी हिन्दीकाे सहयाेगमा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution