हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सचिवालयमा नपरेका भिम रावल असन्तुष्ट

काठमाण्डौ । तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भिम रावलले व्यक्तिगत रुपमा पूर्ण सन्तुष्ट हुन नसके पनि दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेकोमा खुशी भएको बताएका छन् ।


आफू सुरुदेखि नै एमाले र माओवादीबीच एकता हुनुपर्छ भन्ने पक्षमा रहेकाले पार्टी एकताले खुशी बनाएको उनले बताए ।

तर नेताहरुको व्यवस्थापन कसरी हुन्छ भन्नेमा आफू चिन्तित रहेको रावलले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले नेताहरुको व्यवस्थापन राष्ट्रहित हुने गरी गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए |

“पार्टीभित्र नेताहरुको व्यवस्थापन कसरी हुन्छ, निर्णय कसरी हुन्छ, त्यसमा मेरो छलफल हुन बाँकी छ ।” रावलले भने । आफ्नो असन्तुष्टी र दाबीका विषयमा पार्टीभित्र कुरा राख्ने उनले स्पष्ट पारे ।

आफ्नो भूमिकाका बारेमा रावलले कार्यकर्ताले मूल्याङ्कन गर्ने बताए । विगतमा पार्टीभित्रको विवाद मिलाउने काममा आफ्नो ठूलो भूमिका रहेको स्मरण गराउँदै उनले अहिले पनि सोहीअनुसार कार्यकर्ता र पार्टी पंक्तिले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।

नौ सदस्यीय सचिवालयमा अहिले आफूलाई नराखिए पनि पछि राखिनेमा उनी आशावादी देखिए । “अहिले नौ सदस्यीय सचिवालय बनेको छ । यो नै अन्तिम सत्य त होइन होला ।” रावलले भने ।

धेरै विषयमा पार्टीभित्र छलफल हुन बाँकी रहेको भन्दै रावलले स्थायी समिति बैठकमा कुरा उठ्ने बताए । पार्टीभित्र आफ्नो असन्तुष्टी र विचार राख्ने रावलको भनाई छ ।

आफू सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ भनेर लामो समयदेखि माथिल्लो तहमा भएका मतभेदहरुलाई मिलाउँदै आएको व्यक्ति भएको दाबी गर्दै रावलले भने, “मैले राष्ट्रको स्वार्थको अधिनमा रहेर आफ्नो स्वार्थ राख्नुपर्छ भन्ने मान्यता राख्दै आएको छु । पार्टीलाई अगाडि बढाउँदा हामीले सामाजिक न्याय, समावेशिता लगायतका सम्पूर्ण कुरालाई ध्यानमा राख्नुपर्छ । यसलाई पार्टीको विधान र कार्यक्रमले अंगिकार गरेको छ । यससम्बन्धमा म छलफल गर्छु ।” उनले भने ।

नयाँ पार्टी नेकपाले तल्लो तहसम्मको संगठन निर्माणका लागि ठूलो चुनौतिको सामना गर्नुपर्ने रावलले औँल्याए । “केन्द्रमा घोषणा त गर्यौँ, तर पार्टीका तल्लो तहका कमिटि, जनवर्गीय संगठनमा अन्याय नहोस् । सक्रियता र भूमिकाका आधारमा सबैलाई न्याय गर्नुपर्छ ।”

राष्ट्रिय स्वार्थका लागि दुई दल मिलेर एउटै पार्टी बनाएको रावलले दाबी गरे ।

रावल पार्टी एकता घोषणा कार्यक्रममा सहभागि थिएनन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution