हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाह – डा. हीराकाजी मानन्धर

म स्कूले विद्यार्थी हुँदा राजाको जन्मोत्सव, प्रजातन्त्र दिवस आदिका दिन स्कूलले टुँडिखेलमा लाम लगाएर लग्थ्यो । त्यसबेला रमाइलै हुन्थ्यो ।

राजा महेन्द्र छत नभएको खुला रसियन जिपमा उठेर नजिकैबाट उपस्थित सबैको अभिवादन लिँदै र हात हल्लाएर सबैलाई अभिवादन गर्दै टुँडिखेलको चारैतिर घुम्थे । राजा वीरेन्द्रको पालादेखि त्यो हट्यो । वीरेन्द्रको कतै सवारी हुँदा पनि बाटोमा सुरक्षा कडा हुन्थ्यो, झ्यालबाट हेर्न पनि मनाही थियो ।

कुनै औपचारिक शिक्षा प्राप्त नगरेका, विदेशमा बसेर राजकाजसम्बन्धी अनुभव नलिएका र राणाशासनको घेरामा हुर्केका महेन्द्रले त्यतिबेला मुलुकलाई एउटा दिशा दिएकै हो । उनको पालामा कोरेका विकासका गोरेटाहरु दूरगामी थिए भन्नुमा कञ्जुस्याईं गर्नु पर्दैन । हुन त, ती सबै उनको दिमागका मात्र उपज होइनन् ।

उनले धेरै त्यस्ता दिमागहरुलाई एकत्रित गरे, विदेशबाट ल्याएर होस् कि स्वदेशमै खोजेर । कतिपय राम्रालाई आफ्नो बनाए । उनमा सोच र दृढता नभएको भए त्यो संभव थिएन । सबै राम्रा उनका आफ्ना भएनन् वा बनाउन सकेनन्, त्यो बेग्लै पाटो हो । मविवि शाहका नाममा रचित ‘म मरे पनि मेरो देश बाँचिरहोस् …’ उनका कट्टर विरोधीलाई पनि पक्कै राम्रो लाग्छ । तथापि, उनी जनप्रतिनिधिसँग किन मिल्न सकेनन् ? एकथरी भन्छन्, महेन्द्र शासक बन्न चाहन्थे, निरंकुश थिए ।

त्यसैले जनप्रतिनिधिलाई निषेध गर्नुबाहेक तिनलाई अधिकार दिने कुरै भएन । अर्कोथरी भन्छन्, उनी राष्ट्रपे्रमी थिए र राष्ट्र बचाउन चाहन्थे । त्यसैले विरोधी (त्यतिखेर ‘अत’ अर्थात अराष्ट्रिय तत्व नाम दिइएका) लाई पाखा लगाएर शासनभार आफ्नै हातमा लिए । अधिकांश शासकको प्रवृत्ति र अभिलाषा शासक नै बन्ने हुन्छ । महेन्द्र पनि त्यस प्रवृत्तिबाट अलग थिएन ।

अशोकले सम्रात बनेपछि म शासक होइन जनताको सेवक बन्न चाहन्छु भनेका थिए । पछि निरंकुश र क्रुर बन्न पुगे, जस्को कारण उनी सबैबाट रित्तिए र अन्ततः बुद्धको शान्ति पथमा लागे । महेन्द्र कति निरंकुश थिए भन्नेचाहिँ समर्थक र विरोधीको आ–आफ्नै ठम्याइ होला ।

दुर्गानन्द झाले जनकपुरमा महेन्द्र चढेको गाडीमा बम हानेवापत मृत्युदण्ड पाए । कैयन विरोधीलाई निर्मम यातना दिएको र हत्या गरेको आरोप उनीमाथि छ । धेरैले भन्थे, महेन्द्रसँग उनका नजिकका पनि डराउँथे रे । यो शासकमा हुनुपर्ने गुण हो ।

जनप्रतिनिधिको कुरा गर्दा त्यतिखेर नेतृत्व गर्नेहरु धेरैजसो भारतमै जन्मेर, हुर्केर, दीक्षित भएर र त्यहीँकै स्वतन्त्र संग्राममा सहभागी भएका नेपाली थिए । नेपालमै बसेर संघर्ष गर्ने प्रमुख व्यक्तित्वहरु त राणाकालमै शहीद बने । यसको अर्थ भारतमा हुर्केका सबै भारतपरस्त थिए भन्न खोजेको होइन ।

राष्ट्रहित र राष्ट्रघातका कुरा गर्दा सन् १९५० को सन्धिलगायत कोशी र गण्डकी सम्झौताहरु प्रमुख विषयवस्तुका रुपमा अगाडि आउने गर्छन् । भलै, १९५० को सन्धि र कोशी सम्झौता महेन्द्रकालअघि भएका थिए । गण्डक सम्झौता पहिलो जननिर्वाचित विपि कोइरालाको सरकारको पाला (विसं २०१६ मंसिर १९) मा भएको थियो ।

त्यतिखेर कोशी र गण्डक सम्झौता भारतको हितमा बढी थियो । सन् १९६४ र १९६६ मा क्रमशः गण्डक र कोशी सम्झौतामा पुनरावलोकन गराई नेपालको पक्षमा केही हदसम्म ल्याएको श्रेय महेन्द्रलाई नै जान्छ । तर सुरुको ९९ वर्षको कोशी सम्झौतालाई १९९ वर्ष बनाएकोमा भने महेन्द्रको आलोचना हुने गरेको छ । यसबारे सत्यतथ्यसहितको विश्लेषण सम्बन्धित विज्ञहरुबाट बाहिर आउनुपर्छ ।

त्यतिखेरै पुनरावलोक हुनसक्ने र भएको विषय अहिले पनि बेमेल हटाउन पुनरावलोक हुनसक्छ, हुनुपर्छ । किन हो कुन्नी, नदिसम्बन्धी असमान सन्धि बहुदलकालमै हुने गरेको पाइन्छ । पछिल्लो पटक भएको बहुचर्चित महाकाली सन्धि त्यसको उदाहरण हो । हुनत, उक्त सन्धि नेपालको हित र अहितमा कति छ, मलाई थाहा छैन । ज्यादै विवादास्पद भएकोले मात्र कुरा उठाएको हुँ ।

महेन्द्रले सधैँको लागि पञ्चायती व्यवस्था ल्याएको थिएन र उनी आपैm चाँडै नै बहुदलीय व्यवस्थालाई पुनस्र्थापित गर्न चाहन्थे भन्ने पनि प्रचारमा आएको छ । त्यसको लागि कानुनविद् शम्भुप्रसाद ज्ञवालीलाई संविधानको मस्यौदासमेत बनाउन लगाएका थिए रे । त्यसैबीच महेन्द्रको देहान्त भयो । बहुदल फर्काउने योजना र देहान्त संयोगमात्र थियो वा अरु केही, त्यसको अब अर्थ नरहला । तर, महेन्द्रको त्यस्तो योजना थियो त उनका उत्तराधिकारी वीरेन्द्रलाई यसको जानकारी पक्कै थियो होला अर्थात उनी त्यसबारे अनभिज्ञ नहुनु पर्ने ।

किन वीरेन्द्रले बाबुको योजनालाई अघि बढाएनन् ? बेलायत, जापान लगायत अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट शिक्षाप्राप्त वीरेन्द्र निरंकुश प्रवृत्तिका थिएन भन्ने पनि धेरैले भन्छन् । वीरेन्द्र राजा भएको केही वर्षपछि नै विपि कोइराला राष्ट्रिय मेलमिलापको एजेण्डा लिएर प्रवासबाट फर्के । 

त्यसपछि विद्यार्थी आन्दोलन चक्र्यो । सुधारिएको पञ्चायती व्यवस्था वा वहुदलीय व्यवस्थाको लागि जनमत संग्रह गराए ।

सुधारिएको पञ्चायतले बहुमत पायो । पुनः २०४६ सालमा आन्दोलन भयो र बहुदलको पुनस्र्थापना भयो । वीरेन्द्रले संवैधानिक राजतन्त्र स्वीकारे । त्यसअघि बाह्यशक्तिसँग झुक्नुभन्दा नेपाली जनतासँगै झुक्ने उनले निर्णय लिएका थिए रे । त्यसपछि संवैधानिक राजतन्त्रलाई कहीँकतै उल्लंघन हुने काम उनबाट भएन ।

त्यसबाट पनि उनको प्रजातान्त्रिक छबीलाई पुष्टि गर्दछ । तथापि उनको पालामा पनि भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापाले मृत्युदण्ड पाएका थिए । महेन्द्रको शासनकालमा झैँ वीरेन्द्रको पालामा पनि धेरै विरोधीले यातना भोगेका र ज्यान गुमाएका थिए ।

वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव किन ल्याए ? के त्यो प्रस्ताव राजतन्त्रलाई सुरक्षित राख्न र पञ्चायती व्यवस्था लम्ब्याउनमात्रै थियो ? किन विश्वका धेरै मुलुकहरुले समर्थन गरेको उक्त प्रस्ताव भारतले मानेन ? यी कुराहरु अब छर्लङ्गिएको छ कि छैन ? यसमा बहस हुनुपर्छ कि पर्दैन ? 

शान्ति क्षेत्रको बदला मुलुक द्वन्द्वमा फसेपछि वा फसाइएपछि वीरेन्द्रले के बुझे वा बुझ्न सकेनन् ? त्यसको लेखाजोखा खासै भएको पाइन्न । आखिर छोरीपट्टिको दुइटी नातिनीहरु (गिर्वाणी र सुरंगना राणा) बाहेक सपरिवारको हत्या भयो ।

जेजसरी हत्या भए पनि औपचारिकरुपमा जेजति बाहिर आएका छन् ती धेरैलाई अपत्यारिलो लाग्छ, भलै सत्य त्यही होला । सत्यलाई यथार्थपरक ढंगले बाहिर किन ल्याइएन ? वीरेन्द्रको हत्यापछि हत्यारा नै घोषित दिपेन्द्र (जो सबैले त्यतिबेलै मरिसकेका मान्छन् र म स्वय पनिं त्यसमा विश्वास गर्छु) लाई केही दिनको लागि राजा घोषणा गरे ।

तिनलाई राजा घोषणा गर्नुमा केही रणनीतिक कारण होलान् । उनी साँचिक्कै हत्यारा भएको भए र बाँचेका भए पनि उनलाई राजा मान्न सक्ने त थिएन । अर्थात, संवैधानिक राजतन्त्रमा हत्यारा कसरी राजा बन्न सक्छ ? बाँचेको भए बरु सत्यतथ्य निस्कन्थ्यो ।

यी कुराहरु कोट्याउनुको अर्थ त्यसपछि राजा भएका ज्ञानेन्द्रले केही गल्ती गरे । घट्नाको निस्पक्ष छानवीन अन्तराष्ट्रिय विशेषज्ञ सम्मिलित टोलीबाट गराउनु पथ्र्यो । उल्टै घट्ना भएको त्रिभुवन सदन भत्काए, सबै भौतिक प्रमाणहरु नष्ट भए । होला, त्यसो गर्नुको पछाडि पारिवारीक प्रेम र भावना जोडिएको थियो, जसको कारण घटनालाई भौतिक स्मरणबाट मेटाउन सकियोस् । त्यो पनि एउटा प्रक्रिया पुरा भएपछि गर्न सकिन्थ्यो । त्यसो नहुँदा शंकाको घेरा कहिल्यै नमेटिने भयो ।

अर्को, ज्ञानेन्द्र राजा भएपछि उनले केही कुरा भुले भने केही बढी नै महत्वाकांक्षा राखे । भुलेको कुरा, आफु कुन पृष्ठभूमिमा राजा भएका थिए । आफ्नै बलबुटाले र जनताको चाहनामा राजा भएका भए महत्वाकांक्षा राख्नु स्वभाविकै हुन्थ्यो । तर, विषम परिस्थितिमा राजा भएकाले त्यति धेरै महत्वाकांक्षा राख्नु हुन्थेन । हुनत, जुनबेला ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो कब्जामा लिए त्यतिखेर मुलुक एकातिर दलीयभन्दा पनि गुटिए र घोर फोहरी राजनीतिबाट आक्रान्त थियो भने अर्कोतिर मुलुक सशस्त्र द्वन्द्वको आहतमा थियो ।

त्यसैको निहुँमा यी दुबैलाई चुनौती दिँदै देख्न, सुन्न र बोल्न चाहने राजाले सत्ता आफ्नो हातमा लिए । भन्नै पर्दा, त्यतिखेर सामान्य जनताहरु खुशी भएका थिए, मुलुकले केही निकास पाउने आशामा । राजावादीहरु त खुशी नहुने कुरै भएन । 

त्यसबेला राजनीतिमा शत्रुका शत्रुलाई मित्र बनाउनु पर्छ वा कोही पनि सधैँको लागि शत्रु र मित्र हुन्न भन्ने सिद्धान्तविपरित ज्ञानेन्द्र लागे । त्यतिबेला नेपालका लागि अमेरिकी राजदुत जेम्स मोरियार्तीलगायतले राजनीतिक दलहरुलाई साथ लेउ भनेर दिएका सुझाव पनि उनले नमाने कै हुन् । साथै त्यसबखत जस–जसलाई प्रमुख सहयोगीका रुपमा लिए तीमध्ये धेरै म्याद नाघेका र राम्रा छबी नभएका व्यक्ति थिए ।

२०६२/६३ को आन्दोलन नियन्त्रणभन्दा बाहिर गएपछि आन्दोलनकारीको मागबमोजिम विघटित संसद पुनस्र्थापना गरि दिए । त्यहाँसम्म राजासँग निहित संवैधानिक अधिकार प्रयोग भयो । त्यही संसदमा तत्कालिन माओवादीले मनोनयनको आधारमा प्रवेश पाएपछि तीन तिहाइ मतले राजतन्त्र निलम्बित भयो । जे होस्, परिस्थिति अनुकूल नभएपछि ज्ञानेन्द्रले सहजरुपमा दरबार छोडे र त्योभन्दा पनि महत्वपूर्ण र दुरगामी कदम मुलुकभित्रै बस्ने निर्णय लिए । यो कदमले उनीमाथिको शंका उपशंका हटाउन मद्दत मिल्दै गयो ।

२०६४ साल चैत्र २८ गते सम्पन्न भएको संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई खारेज गरी गणतन्त्र घोषणा ग¥यो । त्यसपछि मुलुकले साढे सात वर्ष लामो संक्रमणकाल बेहोर्‍यो ।

बल्ल दोस्रो संविधानसभाले २०७२ भाद्र ३० गते संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पारित गर्‍यो र २०७२ असोज ३ गते प्रथम राष्ट्रपति रामवरण यादवबाट नेपालको संविधान जारी भयो । यसबीचमा राजतन्त्रले कतै न कतै केही न केही ठाउँ (स्पेस) पाउन सक्ने झिनो आशासहित केही प्रत्यक्ष अप्रत्यक्ष कसरत पनि भए । तर त्यो सफल हुन सकेन ।

अहिले संविधानबमोजिमको राज्य व्यवस्था कार्यान्वयन भइसकेको छ । सत्याच्यूत भएदेखि पूर्व राजा ज्ञानेन्द्रले बेलाबेला आफ्ना असन्तुष्टिहरु र सोहीअनुरुपका सन्देशहरु दिँदै आएका छन्, जुन अहिले पनि जारी छ । आगे के हुने हो समयले देखाउला ।

-डा. हीराकाजी मानन्धर

जेष्ठ ५, २०७५ मा प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution