अग्नी पिडित लालध्वज तामाङलाई काभ्रे सेवा समाज मलेसियाको आर्थिक सहयोग

दावा घिसिङ तामाङ
काभ्रे बेथानचोक गाँउपालिका ५ च्यासिङखर्कका अग्नी पिडित लालध्वज वाईबा तामाङलाई काभ्रे सेवा समाज मलेसियाले गाँउपालिका प्रमुख प्रेम बहादुर तिमिल्सिनाको उपस्थितिमा सानो कार्यक्रम राखि संस्थाका सदस्य शुकराम लामा र राजमान स्याङ्तानले पिडितको हातमा नेपाली रू. ४४०९८ ( चौवालिस हजार अन्ठनब्बे रुपैयाँ ) हस्तान्तरण गरिएको छन् |
गत चैत्र ४ गते घरको ग्याँस लिक भई अचानक आगोलागी हुदा तामाङको घर पुर्ण रुपले जलेर नष्ट भई ठुलो क्षति भएको हो ।। घर जलेर बिस्थापित भएका लालध्वज परिवारलाई सहयोग गर्न सल्लाह अम्बर बहादुर तामाङले काभ्रे सेवा समाज मलेसिया संस्थामा जनकारी दिदै आर्थिक सहयोगको पहल गरिएको थियो ।
आर्थिक हस्तान्तरण कार्यक्रममा गाँउपालिका प्रमुख प्रेम बहादुर तिमिल्सिना, वडा अध्यक्ष खजेन्सी लामा, नेपाल रेडक्रस सोसाइटी चलाल गणेश स्थानका सभापति प्रेम बहादुर लामा लागयत अन्य ब्यक्तिहरु उपस्थित भई पिडितको क्षति भएको घरको अवलोकन गर्नुभएको थियो ।
क्षति भएको घर अवलोकन पछि सदस्य शुकराम तामाङले काभ्रे सेवा समाज मलेसिया स्थापनाकाल देखि नै विभिन्न मृगौला,क्यान्सर जस्ता प्राण घातक पिडित,मलेसिया बिचलित भएको पिडितहरुलाई सहयोग गर्दै आइरहेको र यस अग्नी पिडिताई पनि संस्थाको तर्फबाट केही आर्थिक सहयोग गरिएको बताएको थियो भने पालिका प्रमुख प्रेम बहादुर तिमिल्सिना लागत उपस्थित सबै महानुभवहरुले काभ्रे सेवा समाज मलेसियाले राम्रो प्रशंसानीय काम गरिएकोमा आफुहरु धेरै खुसी भए बताउदै काभ्रे सेवा समाज परिवारलाई शुभकामना सहित हार्दिक धन्यवाद ब्यक्त गरिएको थियो ।