हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

३३ किलो सुन लुट्ने योजना भुजुङको,प्रेमिका भेट्न सुटुक्क काठमाडौं आउँदा सनमको ज्यान गयो

फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुन लुटने योजना राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङले बनाएको खुलेको छ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पोडैल नेतृत्वको छानविन समितिले गरेको अनुसन्धानबाट सुन लुट्न भुजुङले युवा परिचालन गरेको खुलेको हो।‘सुन भुजुङकै समूहले लुटेको अनुसन्धानबाट देखिएको छ,’ समिति स्रोतले भन्यो।

सनम शाक्यको हत्यापछि पक्राउ परेका पुण्यप्रसाद लामाले बयानमा सुन भुजुङको समूहले नै लुटेको बताएका छन्।‘सुन बोकेर म र सानु वन अनामनगरतिर जाँदै थियौं, भुजुङका केटाहरू आएर सुन लुटे,’ लामाले बयानमा भनेका छन्।

स्रोतका अनुसार विमानस्थलमा लोडरको काम गर्ने सानु वन भुजुङका विश्वास पात्र थिए। सानुले कहिले, कति सुन आयो सबै भुजुङलाई रिर्पोट गर्थे। सो सुन आउनपूर्व नै भुजुुङलाई सानुले खबर गरिसकेका थिए। सानुको सूचनाका आधारमै भुजुङले सुन लुट्ने योजना बनाए।

गुरुङले सुन लुट्न पठाएका युवा ठमेलका डान्सबारमा बाउन्सरको काम गर्थे।५जनाले अनामनगरमा सानुलाई रोके। ‘हामी गौशालाको प्रहरी हो, सुन कहाँ छ,’ भन्दै उनीहरूले वनसँग भएको सुन लुटे।‘तँ गौशाला प्रहरी चौकीमा आउनू’ भनेर उनीहरू हिँडे।

सुन लुटेको केही दिनपछि ती युवा थाइल्यान्ड घुम्न गएको स्रोतको दाबी छ।डान्सबारमा सँगै काम गरेका एक युवाका अनुसार सुन लुटेपछि उनीहरू काममा आउन छोडे।

‘कति बाउन्सर बन्नु, फ्रेस हुन थाइल्यान्ड जानुपर्छ भन्थे,’ ती युवाले भने, ‘थाइल्यान्डबाट फर्किएपछि पहिलाका बाउन्सर केटाहरू बारमा गएर टिप्स दिएर फर्कन्छन्।

सुन लुटिनु केही दिनअघि ती युवाहरू अब काम होइन, गेम खेल्नुपर्छ। पैसा त कति हो कति भन्दै गफ गर्ने गरेको ती युवाले सुनाए।पुण्यप्रसादको बयानअनुसार सुन लुटिए पछि गोरेसँग भुजुङ टाढिए। गोरेले भेट्न खोजे पनि भुजुङले आनाकानी गरे।

‘गोरेले भुजुङलाई पनि फोन गरेर भेट्न बोलाएका थिए तर भुजुङ गुरुङ भन्ने मान्छेले आउन आलटाल गथ्र्यो र आउँदैन थियो’, अनुसन्धान समितिमा लामाले दिएको बयानमा भनेका छन्,‘त्यस्तैमा एक दिन सोध्ने क्रममा भुजुङ गुरुङको सालो डेबिटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेलाई सुनको बारेमा चुडामणि उप्रेतीका मानिसहरूले सोधपुछ गर्दा निजले योसम्बन्धी मेरो भेना भुजुङ गुरुङलाई नै थाहा हुनुपर्छ भन्ने जवाफ दिएको थियो।’

भरियाहरूले आफ्नो नाम पोलेको थाहा पाइपछि ‘गोरे’सँग भुजुङ टाढिएका थिए ।गोरेले यातना दिने क्रममा अधिकांश भरियाले ‘सुन भुजुङ गुरुङको मान्छेले लुटेकोे’ बताएका थिए।

गोरेले त्यसको भिडियो बनाएका थिए। गोरेले बनाएको त्यो भिडियो बाहिरिएको छ।विमानस्थलको ट्यांकरमा ठोकिएर रहस्यमय मृत्यु भएका सानु वनले पनि आफूलाई गुरुङका मान्छेले सुन लुटेको बताएको पुण्यप्रसादको बयान छ।

स्रोतका अनुसार सुन लुटिएको दिन विराटनगरमा रहेका सनम प्रेमिका भेट्न सुटुक्क काठमाडौं आए। यो कुरा उनले गोरेलाई भनेनन् र गोरेले सुन लुट्नै आएको भन्ने ठाने र उनलाई यातना दिए।

गोरेले कुरा बाहिर लिक हुन सक्ने भएकाले सनमलाई ती युवतीसँग सम्पर्क नराख्न चेतावनी दिएका थिए। सनम गोरेलाई नभनिकनै प्रेमिकासँग भेट्थे।

सुन लुट्न सनमको हात रहेको भन्दै गोरे समूहले शाक्यलाई मोरङको जंगलमा लगेर करेन्ट लगाएर यातना दिएको थिए।

यातनाकै क्रममा शाक्यको मृत्यु भएको थियो।समितिको अनुसन्धानबाट लुटिएको ३३ किलो सुन भारतीय नागरिक ‘एमके’ भन्ने मोहनकुमार अग्रवाल भएको पनि खुलेको छ।सेतोपाटीबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution