हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेता र पार्टी एकताका सूत्रधार बिष्णु पौडेललाई ‘सरप्राइज गिफ्ट’ !

४ जेठ, काठमाडौं । पार्टी एकता संयोजन समितिको बैठक सकिएपछि अर्को कोठातिर आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई भने, ‘ल बधाइ छ’ ।

पौडेलसँगै अरु केही नेता कार्यकर्ता पनि थिए । के को लागि बधाई ? ओलीले जवाफ दिए-नेपाल कम्युनिस्ट पार्टीको महासचिव बनेकोमा ।पाैडेल केही बोलेनन्, एकप्रकारको आश्चर्यमिश्रति भावमात्र देखाए । एमालेकै बरिष्ठ नेताहरुका लागि पनि त्यो एकप्रकारको सरप्राइज थियो ।


यद्यपि पार्टी एकताका सूत्रधार पौडेल ९ सदस्यीय हाइकमाण्डमा पर्ने कुरा चाहिँ अघिल्लै दिन शीर्ष नेताहरुबीच सहमति भइसकेको थियो ।

संयोजन समितिले नेकपाको हाइकमाण्डका रुपमा ९ सदस्यीय केन्द्रीय सचिवालय बन्ने निर्णय गरेपछि सबैले नवौं सदस्य को होला भनेर सोध्न थाले । कतैबाट पनि जवाफ आएन ।

संयोजन समितिमा तत्कालीन एमालेका ५ र तत्कालीन माओवादी केन्द्रका ३ सदस्य रहेकाले थपिएका एकजना माओवादीको हुनुपर्छ भन्ने धेरैको अनुमान थियो ।   सबैभन्दा   बिष्णु पौडेल महासचिव बन्ने खुलासा गर्दा कतिपयले पत्याउन समेत चाहेनन् ।

तर, वाम गठबन्धनदेखि पार्टी एकीकरणसम्मका प्रमुख सूत्रधार पौडेल शक्तिसाली कम्युनिस्ट पार्टीको सचिवालयमा प्रवेशसँगै महासचिव समेत बनिसकेका थिए ।

बिधानमा दुई अध्यक्षमात्र रहने र अरु पदाधिकारी नहुने भनिएका बेला महासचिवमा बिष्णु पौडेलको इन्ट्री आफैंमा महत्वपूर्ण परिघटना थियो ।यसबारे तत्कालीन एमालेका केही नेताले ओलीलाई सोधे पनि । घनश्याम भुसालका अनुसार ‘स्ट्रक्चरल ग्यारेन्टी’ भनेर नेताहरुले जवाफ दिए ।

तत्कालीन एमालेभित्र नवौं वरियतामा रहेका पौडेल एकीकृत पार्टीको पनि नवौं वरियतामै पर्न सफल भए । तर, उनले बरियतामा मात्र होइन, महासचिव पदमै छलाङ मारेर नेपाल कम्युनिस्ट पार्टीको दोस्रो पुस्ताको पहिलो नेताको स्थान सुरक्षित गरेका छन् ।

शीर्ष बरियताका नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बामदेव गौतमको चाहनामा पौडेल शक्तिशाली महासचिव बनेको अब लुकाइरहनु परेन । पौडेल पार्टी एकताका सूत्रधार मात्र थिएनन्, पार्टीभित्रै ओली, नेपाल र गौतमबीच एकता गराउने सूत्रधार पनि बने र सरप्राइज गिफ्टका रुपमा महासचिव पद पाए ।

पौडेल पार्टी एकताका सूत्रधार मात्र होइनन्, नेताहरु मिलाउने सूत्रधार पनि हुन् । नवौं महाधिवेशनअघि नै ओली र बामदेवलाई मिलाएर ओली युगको सारथी बनेका पौडेल पछिल्लो समय ओली र माधव नेपालबीच विश्वासको वातावरण बनाउन खटिएका थिए ।

यसक्रममा उनले माधव नेपालसँग आफ्नै निवासमा ‘लन्च मिटिङ’ समेत गरेका थिए । ओली अर्को महाधिवेशनमा अध्यक्ष पनि नउठ्ने र अर्को कार्यकाल प्रधानमन्त्री पनि नदोहोरिने भएकाले दूरी बढाएर होइन, विश्वासमा रहेर काम गर्न उनले नेपाललाई प्रेरित गरे ।

यसबीचमा ओली र प्रचण्डबीच पटक पटक विश्वासको संकट हुँदा पौडेल दूत बनेर खुमलटार र बालुवाटार ओहोरदोहोर गरिरहे । दुवैतर्फका निर्णायक नेताहरुको विश्वास जित्न सक्नु पौडेलको खुबी रहृयो, जसले गर्दा नेपाल कम्युनिस्ट पार्टीको शीर्ष ९ मा उनको प्रवेश भयो ।

पौडेलको छलाङ उनका समकालीन र कतिपय सिनियर नेताहरुलाई पनि पचेको छैन । भीम रावलले नेताहरुसँग खुलेरै असन्तुष्टि जनाएका छन् । दुईपटक एमालेको महासचिव भइसकेका र ओलीको उत्तराधिकारी बन्न खोजेका ईश्वर पोखरेल केही बोल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

ओलीले नै पौडेललाई अघि बढाउन चाहेपछि उनको समूहका नेताहरुको बोलि बन्द भएको छ । माधव नेपाल र बामदेवले समेत पौडेलको उदयमा साथ दिएपछि उनी निर्विवाद नेता बन्न पुगेका छन् । नेताको मन मिलाउने र कार्यकर्ताको काम मिलाउने खुबीले पौडेल नेपाल कम्युनिस्ट पार्टीको भावी नेतृत्वको लियरमा उभिन सफल भएका छन् ।

कम्युनिस्ट पार्टीमा को कतिबेला पाखा लाग्छ भन्ने अनुमान गर्न कठिन हुन्छ, तर बिष्णु पौडेल नेकपाका पहिलो लियरका बरिष्ठ नेताहरुपछिको नेताका रुपमा स्थापित भएका छन् ।

नेता र पार्टी मिलाउने कौशल देखाएका पौडेलले अब विशाल कम्युनिस्ट पार्टी हाँक्न कौशल कसरी देखाउँछन्, त्यसमा उनको राजनीतिक भविष्य निर्भर हुनेछ । नेताको मन जितेर भावी नेतृत्वको दाबेदार बनेका पौडेललाई दुई फरक स्कूलिङबाट दीक्षित लाखौं कार्यकर्ताको मत जित्ने चुनौति तेर्सिएको छ ।

को हुन् पौडेल ?

०१६ सालमा स्यांजामा जन्मिएका पौडेल स्कूल पढ्दा पढ्दै भूमिगत राजनीतिमा होमिए । ०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए ।

पाैडेल ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए । नेतृत्वको विश्वासमा रहेर काम गर्ने र मिडिया जगतबाट टाढा रहने स्वभावका कारण उनी लामो समय लो प्रोफाइल नेताका रुपमा रहे ।

संसदीय राजनीतिमा उनी ०५१ सालबाट प्रवेश गरेका हुन् । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । ०५६ मा उनी रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा ६ सय मतले पराजित भए ।

०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएपछि पौडेलको भेट पराजयसँग भएको छैन । यसबीचमा उनी ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बने । ओली प्रधामन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएपछि पार्टी र बाहिर पनि उनको व्यक्तित्व माथि उठ्यो ।

प्रदेश ५ को सिमांकन हेरेफेर गर्ने तत्कालीन कांग्रेस र माओवादी सरकारको प्रयास विरुद्ध उनले बुटवललाई केन्द्र बनाएर आन्दोलनको अगुवाई गरे । जसका कारण पौडेल सो क्षेत्रका सर्वस्वीकार्य नेता भए ।

एकताका सूत्रधार

गत वर्ष यहिबेला स्थानीय तहको निर्वाचन परिणामले एमालेलाई पहिलो पार्टी बनाए पनि धेरै ठाउँमा माओवादी निर्णायक बन्दा कांग्रेसले फाइदा लिएको थियो ।

त्यसपछि बामदेव गौतमले  लेख लेखेर एमाले र माओवादी एउटै चुनाव चिन्हबाट आउने निर्वाचनमा जानुपर्ने बहस अघि बढाए ।

बामदेवको प्रस्ताव त्यो बेला असम्भव जस्तो मानिन्थ्यो । उनको कुरा ओलीले गम्भिर रुपमा लिने सम्भवना पनि थिएन, किनकी त्यहिबेला भरतपुर काण्डले एमाले माओवादी सम्बन्ध झनै तिक्ततापूर्ण थियो । तर, त्यहि बेलादेखि बामदेवकै सल्लाहमा बिष्णु पौडेल एमाले माओवादी एकताका लागि खटिएका थिए ।

माओवादी पक्षबाट नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘असम्भव मानिएको’ वाम एकतामा सूत्रधारका रुपमा खटिए । एक अर्कामा भेट्न समेत नमान्ने ओली र प्रचण्डलाई बिष्णु पौडेल र जनार्दन शर्माले कयौं राउण्ड भेटाए । एमाले माओवादी चुनाव तालमेलको लागि भएको प्रयास पार्टी एकतै गर्ने सहमतिमा पुग्दा पनि दुवै पार्टीका कतिपय बरिष्ठ नेतालाई थाहा थिएन ।

एकताको क्लाइमेक्स बन्यो ०७४ सालको दशैं । दशैंको दिन माइतीघरस्थित नविन कँडेलको घरमा ओली र प्रचण्डको भेटघाटको चाँजोपाँचो मिलाइयो । जनार्दन शर्माले बिष्णु पौडेललाई फोन गरेर भने-‘बुढाहरुले बिगार्न सक्छन्, तपाईं र म पनि जाउँ दाइ ।’

त्यसदिन ओली र प्रचण्डबीच चुनावमा गठबन्धन बनाउने र पार्टी एकतै गर्ने मौखिक सहमति पनि भयो । दुवै नेताको शैली बुझेका जनार्दनले भने-तपाइहरु आजै लिखित सहमति गर्नुस्, भोलि के हुन्छ भन्न सकिन्न ।’ पौडेलले पनि लिखित सहमतिको मस्यौदा गर्ने र दुवै नेताले मस्यौदा आफैं राखेर आ आफ्नो पार्टीमा अनुमोदन गराउने विकल्प दिए ।

मस्यौदा बिष्णु पौडेल र जनार्दन शर्माले त्यहिँ तयार पारे । प्रिन्ट गरेर दुवै अध्यक्षलाई दिएपछि प्रचण्डले भने-अहिल्यै हस्ताक्षर गर्ने र ? त्यो मस्यौदामा एमाले ६० र माओवादी ४० प्रतिशत सिट सहित गठबन्धन गर्ने र सूर्य चिन्हबाट चुनाव लड्ने भनिएको थियो ।

प्रचण्डले आनाकानी गरेपनि दुवै नेताको दबावमा हस्ताक्षर गरेर एक एक प्रति मस्यौदा ओली र प्रचण्डले बोकेका थिए । त्यसको भोलिपल्टै ओलीले एमालेको स्थायी कमिटी बैठकबाट मस्यौदा हुबहु पारित गराए । तर, प्रचण्ड भने साथीहरु मानेन् भन्दै सूर्य चिन्हबाट पछि हटेका थिए । अनलाइन खबरबाट |

२०७५ जेठ ४ गते   प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution