हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

डोल्पामा ‘लामा र धामी’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

डोल्पा। जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन्। संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन्। गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत देशभरका ७७ वटै जिल्लामा कार्यान्वयन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन्।

डोल्पामा धामी र लामाले सहजैरुपमा मदिरा नियन्त्रण गरेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए। उनले भने “सरसफाइ, जातीय छुवाछूत तथा विभेद र मदिरा नियन्त्रणमा लामा र धामीले जनस्तरमा निकै प्रभावकारी काम गरेका छन्, धामी र लामाको कुरा सहजै स्वीकार गर्छन् नागरिकले।”

हिन्दू धर्मकाले धामी र बौद्ध धर्मकाले लामालाई विश्वास गर्ने भएकाले धामी र लामाले भनेका सबै कुरा मान्ने गरेको धामी हरिबहादुर शाहीले जानकारी दिए। उनले भने, मदिरामात्रै होइन गलत काम गर्नेलाई सजग गराउन धर्मले काम गरेको छ, किनकी धामी र लामाका कुरा कसैले काट्न सक्दैन।

डोल्पा जिल्लामा लागूऔषधका घटना शून्य रहेको तर मदिरा भने रोजीरोटी र संस्कारका रुपमा फस्टाउँदो अवस्थामा रहेको महिला सशक्तीकरण डोल्पाकी अगुवा उर्मिला विकले दाबी गरिन्। उनले भनिन्, मदिराकै कारण डोल्पामा महिला हिंसा बढिराखेकाले सुरक्षा तथा नियमनमा विशेष ध्यान पुग्नुुपर्छ।

डोल्पा जिल्लामा धर्म, संस्कार र रोजीरोटीका रुपमा मदिरा बिक्री वितरण हुने गरेको पाइएको छ। सबै क्षेत्रमा जोडेर घरेलु मदिराको उत्पादन र बिक्री वितरण हुने गरेको प्रहरीले दाबी गरेको छ।

भ्रमात्मक, उत्तेजनात्मक र शिथिलात्मक गरी तीन प्रकारले मदिराको सेवन गरिने भएका कारण यसलाई सबै मिलेर रोक्न प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले सबैलाई अनुरोध गरेका छन्। गलत तरिकाबाट रोजीरोटी गर्ने कसैलाई छुट नभएकाले मदिरा ऐनअनुसार कारबाही गरेरै छोड्ने प्रहरी नायब उपरीक्षक शर्माको दाबी रहेको छ।

घरेलु मदिरालाई जनस्तरसम्म सूचना प्रदान गरी विभिन्न चरणबाट नियन्त्रणमा जाने हिसाबले जिल्लामा लागूऔषध अपराध र मदिरा नियन्त्रणमा प्रशासनले कुनै पनि कसर बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

उनले भने, नागरिक समाज, महिला सञ्जाललगायत सबै नागरिकले सहयोग गर्नुस् गलत गर्नेलाई कारबाही गर्न प्रशासन डग्मगाउँदैन।

सबै क्षेत्रबाट डोल्पा जिल्लामा मदिरा बढ्दो क्रममा रहेको भन्ने कुरालाई गलत सावित गर्ने भन्दै मदिरामुक्त जिल्ला बनाउने जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढाले प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार धर्म, संस्कार र रोजीरोटीका रुपमा मदिराको व्यवसाय गर्न नपाइने र मदिरामुक्त जिल्ला बनाउन सबैको भूमिका रहने भएकाले हरेक नागरिकको विशेष सहयोग रहने बताए।

हरेक स्थानीय तह र जिल्ला सदरमुकाममा लागूऔषध र मदिराका कुनै पनि क्रियाकलाप हुन नदिने र नागरिकलाई मदिराको अनुभूति पनि गर्न नदिने समन्वय प्रमुख बुढाले दाबी गरे। उनले भने, “असम्भव भन्ने मुर्खको डायरीमा मात्र हुन्छ, हामी सज्जन नागरिकमा छैन, सबै मिलेर मदिरामुक्त जिल्ला बनाउँ।”

मदिराले घरेलु हिंसा बढ्दो रहेपनि सुरक्षाकर्मी, महिला अधिकारकर्मी र नागरिकले विशेष भूमिका खेल्नुपर्ने नागरिक समाजका अगुवाको सुझाव छ। रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution