हेटौंडामा विश्व शान्ति पूजा तथा बुद्ध बचन प्रज्ञापारमित (बुम पाठ) सम्पन्न

प्रदेश न. ३ को राजधानी मकवानपुर जिल्ला हेटौंडा १३ पदमपोखरी स्थित टाशी छ्योईलिङ बौद्ध गुम्बा नयाँ भवन निर्माणार्थ ५ दिवसीय विश्व शान्ती पूजा बुद्ध बचन प्रज्ञापारमिता ( बुम पाठ ) सान्ती पुर्ण र्याली र उदघाटन कार्यक्रम तामाङ बौद्ध महासंघ नेपालका बरिस्ठ उपाध्यक्ष बौद्ध धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङको बाहुलीबाट सम्पन्न गरिएको छ |
बैशाख ३० र ३१ गते दुई दिने धर्म प्रबचन, गुम्बा सिल्यान्यास , दिर्घायू अभिषेक (छे वाङ) साथै तामाङ बौद्ध महासंघ नेपाल द्वारा आयोजित तीन महिने नि:शुल्क बौद्ध धर्म शिक्षा म्हानी मोलम तथा लिपि प्रशिक्षण सिबिरमा सहभागी हुनु हुने सम्पुर्ण प्रशिक्षार्थीहरु र प्रशिक्षकलाई तामाङ बौद्ध महासंघ नेपालको सस्थापक अध्यक्ष श्रदेय धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङको बाहुलीबाट प्रमाण-पत्र प्रदान गरिएको थियो |
उक्त महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि तीन नम्बर प्रदेशको संसदीय दलका नेता माननीय ईन्द्र बहादुर बानियाँ हुनुहुन्थ्यो भने प्रमुख धर्मगुरुको रुपमा तामाङ खेन रिन्पोक्षे,बिशेष अतिथि धर्म गुरु आचार्य सर्बजित तामाङ र अतिथिहरुमा विभिन्न राजनीति दलका प्रतिनिधि साथै सामाजिक संघ सस्थाको प्रतिनिधि र समाज सेवी लगायत स्थानीय बासीहरुको बाख्लो उपस्थिति रहेको थियो |
तीन महिने नि:सुल्क प्रशिक्षण कार्यक्रमको प्रशिक्षक आनि छेरिङ डोल्मा तामाङ हुनु हुन्थ्यो भने २७ जाना प्रशिक्षार्थीले सहभागी जनाएको थियो ! अन्तमा तामाङ बौद्ध महासंघ नेपालले गरेको एस महान कार्यलाई धन्यवाद दिदै कार्यक्रमको समापन सभापति लक्ष्मी थिङ तामाङले गर्नु भएको थियो |