बाम एकतापछि नेपाल कम्युनिष्ट पार्टीको शक्तिशाली सचिवालयमा ९ जना नेता

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ बन्ने नेपाल कम्युनिस्ट पार्टीमा ९ जनाको सचिवालय हुने तय भएको छ।पार्टीको हाइ कमाण्डका रुपमा लिइएको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल (महासचिव) रहने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन्।
उनका अनुसार नयाँ पार्टीको स्थायी कमिटीमा ४५ सदस्य रहनेछन्। पार्टी प्रवक्तामा नारायणकाजी श्रेष्ठ रहने छन्।