हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सन्दीप लामिछाने : आईसीसीको ‘विश्व ११’ टोलीमा छानिए

भारतको व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलमा छानिएसँगै अन्तर्राष्ट्रिय चर्चा बटुलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा छानिएका छन्।

टी-२० शैलीमा हुने उक्त खेल इङ्ग्ल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा आगामी मे ३१ तारिखमा हुनेछ।

वेस्ट इन्डिजमा गतवर्ष गएको आँधीका कारण भत्किन पुगेका पाँच वटा रङ्गशालाको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न उक्त खेल हुन लागेको हो।

नेपालका सत्र वर्षीय लामिछानेसँगै विश्व ११ टोलीमा इङ्ग्ल्यान्डका इओन मोर्गन, पाकिस्तानका शाहिद अफ्रिदी र शोएव मलिक, बाङ्ग्लादेशका तमिम इकवाल, भारतका दिनेश कार्तिक र हार्दिक पाण्ड्या, अफगानिस्तानका रशिद खान, न्यूजिल्यान्डका मिचेल म्याक्लिनगन र लुक रोन्ची एवम् श्रीलङ्काका तिसरा परेरा छन्।

मोर्गनले टोलीको कप्तानी गर्ने आईसीसीले जनाएको छ।

आईपीएलमा छानिएपछि चर्चाको शिखरमा पुगेका लामिछानेले आईपीएलपछि क्यारेबियन लिगमा पनि खेल्ने पक्का भइसकेको छ।

तर त्यसअघि नै उनले २० ओभरको विश्व च्याम्पियन वेस्ट इन्डिज टोलीसँग लर्ड्समा खेल्ने अवसर पाएका हुन्।

वेस्ट इन्डिज टोलीमा क्रिस गेल, सामुएल बद्री, कार्लोस ब्राथ्वेइट, एभिन लुइस, मार्लोन सामुएल्स र आन्द्रे रसेल जस्ता खेलाडीहरु छन्।

सम्मान

विश्व ११ टोलीमा परेपछि लामिछानेले भने, ” यो सिंगो देश र नेपाली क्रिकेटका प्रशंसकहरुका लागि ठूलो सम्मानको विषय हो।”

सन् २०१६ मा लर्ड्समा खेलिसकेका लामिछानेले त्यहाँ खेल्नु कुनै पनि क्रिकेटरको सपना हुने भन्दै उनले थपे, “मलाई विश्वास छ भविष्यमा पनि मैले यस्ता अवसरहरू पाउनेछु। जसले मेरो क्षमता अभिवृद्धि गर्न र मेरो देशको नक्सा अन्तर्राष्ट्रिय क्रिकेटमा चिनाउन सहयोग गर्नेछ।”

आईसीसीका अनुसार विश्व ११ टोलीमा परेका शकिब अल हसनले निजी कारण देखाउँदै खेल्न असमर्थता जनाएका छन्।

उनको विकल्पमा अर्को खेलाडीको नाम छिट्टै घोषणा हुनेछ।

के भएको थियो वेस्ट इन्डिजमा?

गतवर्ष वेस्ट इन्डिजमा इर्मा र मारिया नामका आँधीले ठूलो क्षति पुर्‍याएका थिए।

आँधीले अङ्गोलास्थित रोनाल्ड वेबस्टर पार्क, एन्टिगुवास्थित सर भिभ रिचार्ड स्टेडिअम, डोमिनिकास्थित विन्डसोर पार्क स्टेडिअम, ब्रिटिश भर्जिन आइसल्यान्डसस्थित एओ सिर्ले रिक्रिएशन ग्राउन्ड र सेन्ट मार्टिनस्थित क्यारिब लुम्बर बल पार्कमा क्षति पुगेको थियो।

यिनै रङ्गशालाहरूको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न आईसीसीले विश्व ११ र वेस्ट इन्डिजको टोलीबीच खेल आयोजना गर्न लागको हो। बिबिसि






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution