मकालु एयरको हराएको जहाज खोज्न दुई हेलिकप्टर परिचालन, भेडा चराउनेले गरे खबर

सुर्खेत – सुर्खेतबाट हुम्लाका लागि उडेको विमान हराएपछि खोजी कार्य तीव्र पारिएको छ । बुधबार बिहान ६ः१२ बजे छुटेको विमान सम्पर्क बिहीन भएको हो ।
विमान खोजीका लागि माउन्टेन एयरको हेलिकप्टर र मकालु एयरको केलिकप्टर परिचालन गरिएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।
उनका अनुसार सिमिकोटमा भेडा चराउने मान्छेले खबर गरेकाले विमान र प्रहरी परिचालन गरिएको छ ।
जेष्ठ २, २०७५ मा प्रकाशित