हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

जेरुसेलम :संसारको सबैभन्दा विवादित शहर

तेलअविव – सोमबार अमेरिकी दूतावास तेलअविवबाट जेरुसेलममा सार्न  उद्घाटन गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले  उद्घाटन गरेको हुन् |   डोनाल्ड ट्रम्प आफै भने यसमा सहभागी भएनन् ।

इजरायल जेरुसेलमलाई आफ्नो अविभाजित राजधानी मान्छ । जबकी प्यालेस्टाइन पूर्वी जेरुसेलमलाई आफ्नो भावी राष्ट्र मान्दै आएको छ । सन् १९६७ मा भएको अरब–इजरायल युद्धदेखि इजरायलले यो भूभागमाथि कब्जा जमाइरहेको छ ।

इजरायल र प्यालेस्टाइनीबीच पवित्र शहर जेरुसेलमलाई लिएर रहेको विवाद निक्कै पुरानो र गहिरो हो ।

जेरुसेलम इजरायल–अरबबीच रहको तनावको सबैभन्दा विवादित मुद्दा पनि हो । यो शहरले मुस्लिम, यहुदी र क्रिस्चियन धर्ममा निक्कै महत्वपूर्ण स्थान राख्छ ।

तीनै धर्मले जेरुसेलमलाई आफ्नो पवित्र धार्मिक स्थल मान्छन् ।

यही कारण शताब्दीऔँदेखि मुसलमान, यहुदी र क्रिस्चियन धर्मावलम्बीहरुको मनमा यो शहर बसेको छ ।

हिब्रु भाषामा जेरुसेलायीम र अरबीमा अल–कुद्सको नामले चिनिने यो शहर संसारको सबैभन्दा पुरानो मध्येको सहर हो ।

यो सहर कयैन पटक कब्जा गरिएको छ, ध्वस्त गरिएको छ तर फेरि ब्युँतेको छ । यही कारण यहाँको माटोको हरेक पत्रमा इतिहासको एक पत्र सुरक्षित बसेको छ ।

चार क्षेत्रमा विभाजित शहर

आज जेरुसेलम अलग–अलग धर्मका मानिसहरुबीचमा विभाजित छ । यो सहर ती धर्महरुबीचमा हुने संघर्षको कारणले समाचारमा आइरहन्छ । तर, यो शहरको इतिहासले यी धर्मावलम्बिहरुलाई एक अर्कासँग जोड्छ पनि ।

शहरको केन्द्रबिन्दूमा एक प्राचिन शहर छ, जसलाई यसको प्रकृति अनुसारनै ओल्डसिटी भनिन्छ । यसका गल्ली र ऐतिहासिक वास्तुकलाको भूलभुलैयाले यसको चार क्षेत्रलाई परिभाषित गर्छ । यी चार क्षेत्रहरु क्रिश्चियन, मुस्लिम, यहुदी र आर्मेनियाली रहेका छन् ।

यसको चारै तर्फ एक सुरक्षा पर्खाल छ जसको वरपर संसारको सबैभन्दा पवित्र स्थल रहेको छ । हरेक क्षेत्र आफैमा घना बस्ती बसेको छ ।

क्रिश्चियनहरुका दुई क्षेत्र छन् किनकी आर्मेनियालीहरु पनि क्रिश्चियननै हुन्छन् । चारै क्षेत्रमा सबैभन्दा पुरानो क्षेत्र आर्मेनियालीहरु कै हो ।
यो क्षेत्र संसारमा आर्मेनियालीहरुको पनि सबैभन्दा प्राचिन केन्द्र हो । सेन्ट जेम्स चर्च र मोनेस्ट्र्रीमा आर्मेनियाली समुदायले आफ्नो इतिहास र संस्कृति सुरक्षित राखेको छ ।

पहिलो चर्चको कथा

क्रिश्चियन क्षेत्रमा ‘द चर्च अफ द होली सेपल्कर’ छ । यो संसारभरका क्रिश्चियनहरुको आस्थाको केन्द्र हो । यो जुन स्थानमा रहेको छ त्यो क्षेत्र जेसस क्राइस्टको कथाको केन्द्रबिन्दु हो ।

यहीं क्राइस्टको मृत्यु भएको थियो । उनलाई सुलीमा चढाएर मारिएको थियो । यहीं उनी अवतरित भएका थिए । क्रिश्चियन किम्बदन्ती अनुसार क्राइस्टलाई यही सूलीमा चढाइएको थियो ।

यसैलाई हिल अफ द केलवेरी भनिन्छ । क्राइस्टको समाधी पनि सेपल्कर भित्र रहेको छ र यहीँ उनी अवतरित भएको विश्वास गरिन्छ ।

यो चर्चको व्यवस्थापन क्रिश्चियन समूदायको विभिन्न सम्प्रदाय, विशेष गरेर ग्रीक अर्थोडक्स प्याट्रियार्केट, रोमन क्याथोलिक चर्चको फ्रान्सिस्कन फ्रायर्स र अर्मेनियाली प्याट्रियार्केटको अतिरिक्त इथियोपियाली, कप्टिक र सिरियाली अर्थोडक्स चर्चसँग जोडिएको पादरीले सम्हालेका छन् ।

यो स्थान संसारभरका करोडौँ क्रिश्चियनको लागि धार्मिक आस्थाको मुख्य केन्द्र हो । हरेक वर्ष लाखौँ किश्चियन धर्मावलम्बीहरु जिसस क्राइस्टको समाधिमा आएर प्रार्थना र प्रायश्चित गर्छन् ।

मस्जिदको कथा

मुसलमानहरुको क्षेत्र चार क्षेत्रमध्य सबैभन्दा ठूलो छ । यहाँ डोम अफ रक र मस्जिद अफ अक्सा रहेका छन् ।मस्जिद अफ अक्सा मुसलमानहरुको तेस्रो ठूलो पवित्र स्थल हो र यसको प्रबन्ध एक इस्लामिक ट्रस्टले गर्छ जसलाई वक्फ भनिन्छ ।

मुसलमानहरुको विश्वास अनुसार पैगम्बर मोहम्मदले मक्काबाट यहाँसम्म एक रातमा यात्रा गरेका थिए । यहाँ मोहम्मदले आफू अघिका पैगम्बरहरुको आत्माहरुसँग वार्तालाप गरेको किम्बदन्ती रहेको छ ।

यहाँबाट केही पाइला अघि मात्र डोम अफ द रक्सको पवित्र स्थल छ । यहाँ पवित्र ढुङ्गा पनि रहेको छ । जनसुत्री अनुसार पैगम्बर मोहम्मदले यहीँबाट स्वर्गको यात्रा गरेका थिए ।

हरेक दिन हजारौंको सङ्ख्यामा मुसलमानहरु यो पवित्र स्थलमा आउछन् र प्रार्थना गर्छन् । रमजान महिनाको बिहिबारको दिन तिर्थालुहरुको सङ्ख्या अझ बढी हुन्छ ।

पवित्र पर्खाल

यहूदी क्षैत्रमा कोटेल या पश्चिमी पर्खाल छ । यसलाई वाल अफ द माउन्टको बचेको हिस्सा मानिन्छ ।कुनै समय यो स्थानमा यहूदीहरुको पवित्र मन्दिर रहेको विश्वास गरिन्छ ।

यही पवित्र स्थलभित्र नै होली अफ द होलीज् अर्थात यहूदीहरुको सबैभन्दा पवित्र स्थान थियो ।यहूदी धर्मावलम्बीहरुको विश्वास अनुसार यही स्थानबाट विश्वको निर्माण भयो र यही पैगम्बर अब्राहम (जसलाई मुसलमानहरु ‘इब्राहिम’ उच्चारण गर्छन्) ले इश्वरप्रति आफ्नो विश्वास प्रमाणित गर्नको लागि आफ्नो छोरा आइजकलाई बलि दिन तयार भएका थिए ।

कयैन यहूदीहरुमा डोम अफ द रकनै वास्तविक होली अफ द होलीज् हो भन्ने विश्वास गर्छन् ।आज पश्चिमी पर्खाल नै उनीहरुको होली अफ द होलीजको पूजा गर्ने सबैभन्दा नजिकको स्थान हो ।

पश्चिमी पर्खाललाई रब्बी भनिन्छ । यहाँ हरेक वर्ष संसरभरीबाट दशौं लाख यहूदीहरु पुग्छन् र आफ्नो इतिहासँग जोडिएको महसुस गर्छन् ।

तनावको कारण

प्यालेस्टाइन र इजरायलको विवादको केन्द्रमा प्राचिन शहर जेरुसेलम रहेको छ । यस सहरको स्थीतिमा हुने निक्कै सानो बदलावले पनि कयैन हिंस्रक तनाव र ठूलो विवादको रुप निम्त्याउँछ । यही कारण जेरुसेलममा हुने हरेक घटना महत्वपूर्ण हुन्छन् ।

यो प्राचिन शहरमा यहूदी, क्रिश्चियन र मुस्लिम धर्मका सबैभन्दा पवित्र स्थल छन् । यो सहर धार्मिक रुपले मात्र महत्वपूर्ण नभएर कुटनीतिक र राजनैतिक रुपमा पनि निक्कै महत्वपूर्ण छ ।

अधित्तम इजरायली जेरुसेलमलाई आफ्नो अविभाजित राजधानी मान्दछन् । इजरायल राष्ट्रको स्थापना १९४८ मा भएको थियो । त्यो बेला इजरायली संसदलाई शहरको पश्चिमी भागमा स्थापित गरियो ।

१९६७ को युद्धमा इजरायलले पूर्वी जेरुसेलममाथि पनि कब्जा ग¥यो । यसपछि प्राचीन शहर पनि इजरायलको नियन्त्रणमा आएको थियो । तर इजरायलको यो कब्जालाई अन्तराष्ट्रिय मान्यता प्राप्त भएन ।

अन्तराष्ट्रिय रुपमा जेरुसेलममाथि इजरायलको सम्प्रभुतालाई कहिल्यै पनि मान्यता दिइएन जुन कुराले इजरायली नेताहरुमा चीडचीड गराउछ ।

जेरुसेलमको जनसङ्ख्या

प्यालेस्टाइनीहरुमा यस परिस्थितीबारे बिलकुल फरक दृष्टिकोण छ । उनीहरु पूर्वी जेरुसेलमलाई आफ्नो राजधानीको रुपमा मागिरहेका छन् ।इजराइल–प्यालेस्टाइन विवाद समाधान गर्नको लागि अन्तराष्ट्रिय क्षेत्रले अघि सारेको प्रस्ताव पनि यही हो ।

यही प्रस्तावलाई ‘दुई राष्ट्र समाधान’को रुपमा चिनिन्छ । यसमा इजरायलसँगै १९६७ अघिको सीमामा एक स्वतन्त्र प्यालेस्टाइनी राष्ट्रको निर्माण गर्ने विचार छ । संयुक्त राष्ट्रको प्रस्तावमा पनि यही लेखिएको छ ।

जेरुसेलमको एक तिहाई जनसङ्ख्या प्यालेस्टाइनी मूलका मानिसहरुको छ जसको परिवार शताब्दीऔं देखि यहाँ बस्दै आएका छन् |सहरको पूर्वी भागमा यहूदी बस्तीहरुको विस्तार पनि विवादको प्रमुख कारण हो । अन्तराष्ट्रिय कानून अनुसार भौतिक निर्माण अबैधानिक हो । तर इजरायलले यसलाई अस्वीकार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायले दशकौंदेखि जेरुसेलमको अवस्थामा हुने कुनै पनि परिवर्तन शान्ति प्रस्तावबाट मात्र आउनसक्ने बताउदै आएका छन् ।

यही कारणले इजरायलमा दुताबास राख्ने सबै देशहरुको दूताबास तेल अवीवमा छ । जेरुसेलममा वाणिज्यदूतावास मात्र छ ।

तर ट्रम्पले अमेरिकी दुताबास तेल अवीवबाट जेरुसेलम सार्ने निर्णय इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापनाको अन्तिम सम्झौताको हिसाबमा गरिएको बताइरहेका छन् ।

ट्रम्प दुई राष्ट्र अवधारणलाई अस्वीकार गर्छन् । ट्रम्पले आफू दुवै पक्ष सहमत हुने एउटै देश निर्माणको पक्षमा रहेको बताइरहेका छन् ।

एजेन्सीको सहयोगमा 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution