चर्चित फुटबलर मणि शाह ‘नेपाली म्याराडोना’को निधन

काठमाडौँ – चर्चित फुटबल खेलाडी मणि शाहको सोमबार साँझ निधन भएको छ ।
सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो।
मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ।
शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ १७:४२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए |
उनलाई ‘नेपाली म्याराडोना’को नामले पनि चिनिन्छ ।