भिक्षु सङ्घराजा थाईल्यान्डबाटप्राप्त भगवान बुद्धको मुर्ती हस्तान्तरण

ललितपुर जिल्ला ,महाँकाल गाउँपालिका वर्डा न.२ मानिखेलस्थित बुद्ध भगवान माबिलाई पुर्ब बिज्ञान तथा प्रबिधी मन्त्री डा.केशबमान शाक्यले भिक्षु सङ्घराजा थाईल्याण्डबाट प्राप्त भगवान बुद्धको मुर्ती हस्तान्तरण गर्नु भएको छ ।
भगवान बुद्धको मुर्ती हस्तान्तरण गर्नुहुदै पुर्ब मन्त्री डा.शाक्यले समाजमा शान्ती स्थापना गर्न थप टेवा मिल्ने बताउनु भयो । भिक्षु डा.चन्द्रकिर्तिले मुर्ती हस्तान्तरणले थाईल्यान्ड र नेपालको दक्षिण ललितपुरबिच पुलको काम भएको बताउनु भएको छ ।
समारोहमा श्री बुद्ध भगवान माबिका प्र.अ.दिलिपकुमार स्याङतान तामाङ ,राजा शाक्य ,सानुराजा शाक्य ,ईप्रका टुङगुन ईनिष्पेक्टर किसन खनाल ,सामाजिक अभियन्ता श्याम तामाङ लगायतका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।