हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रधानमन्त्री ओली महालम्पसारवादी,’मोदीका अगाडि लम्पसार पर्दा घुँडामा भ्वाङ पर्‍यो कि परेन ?

काठमाडौं-नेपाली कांग्रेसका चर्चित युवा नेता एवं सांसद गगन थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महालम्पसारवादी’ भन्दै कटाक्ष गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले भने- ‘भारतका तत्कालीन राष्ट्रपति नेपाल आउँदा एमालेका सम्माननीय अध्यक्षले भन्नुभएको थियो- भ्रमण त ठीक छ, तर यो तामझाम हेर्दा लम्पसारवादी भन्न मन लाग्यो। मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दै गर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’

थापाले अघि थपे, ‘आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’

साथै थापाले ओलीको चुनावअघिको अभिव्यक्ति सम्झँदै अहिले भारतसँग कुरा गर्दा तपाईंको घुँडामा भ्वाङ पर्‍यो कि परेन भन्ने प्रश्न समेत गर्न भ्याए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो रोस्टमबाट जिम्मा लिएर भन्नुभएको छ, अब भारतले कहिले पनि नाकाबन्दी गर्दैन भनेर । हिजो भारतसँग कुराकानी मात्र गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरूले घुँडा टेक्दा घुँडामा घाउ भयो भनेर भन्नुभएको थियो,’ थापाले प्रश्न गरे, ‘हिजो भारतले नाकाबन्दी गर्दैन भनी जिम्मा लिएर रोस्टममा बोल्ने प्रधानमन्त्रीलाई मैले सोध्न पाउने कि नपाउने, तपाईंको घुँडामा भ्वाङ पर्‍यो कि परेन ?

हिजो नाकाबन्दीको विरुद्ध आफ्ना भातृ संगठनलाई भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पठाउने एमाले नेतृत्वको सरकारले अहिले नाकाबन्दी बिर्सेको छैन भन्नेहरूमाथि दमन गरेको उनको आरोप छ । लोकान्तर बाट |

बैशाख ३१, २०७५ मा प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution