कोकोम्हेन्दो साहित्य समाज पोखराको नियमित रचना वाचन कार्यक्रम सम्पन्न

बैशाख २९ गते , पोखरा ।कोकोम्हेन्दो साहित्य समाज पोखराको आयोजना र नेपाल तामाङ घेदुङ कास्कीको व्यवस्थापनमा नियमित रचना वाचनको चौथो श्रृंखला कार्यक्रम एक समारोह विच सम्पन्न भएको छ । स्रष्टाहरुले कार्यक्रममा आ-आफ्नो सिर्जना कविता , मुक्तक र चुट्किला वाचन गरेको थिए । संरक्षक धनप्रसाद तामाङले ‘बौद्ध साहित्यमा तामाङ बुद्धिज्मका विषयमा परिचर्चा गर्नुभएको थियो ।अर्का संरक्षक कुम बहादुर तामाङले कोकोम्हन्दो साहित्य समाजका कार्यक्रमले समाज र समुदायमा पार्न सक्ने प्रभावका विषयमा विचार पोख्नुभएको थियो ।
कार्यक्रममा आठ बर्षीय सानो नानी सोहेन योन्जन सहित साहित्य समाजका कमल नेगी तामाङ्् , मनसुवा स्याङ्बो , अन्जना डुम्जन , पवित्र थोकर , केश बहादुर तामाङ , मिनमाया डुम्जन र दिपक वाईबा लगायतका सर्जकहरुले नेपाली र तामाङ भाषामा आ-आफ्ना रचना वाचन गरेको थिए । व्यवस्थापन सहयोगी नेताघे कास्की का अध्यक्ष कृष्ण बहादुर तामाङ द्वारा शुभकामना , संयोजक दिपक वाईबाको अध्यक्षता , अन्जना डुम्जनको स्वागत र मिनमाया डुम्जनको सन्चालनमा प्रत्येक महिनाको अन्तिम शनिवार कार्यक्रम आयोजना गरिने निर्णय सहित विसर्जन भएको थियो ।