के मोदीले अमेरिका जाँदा पनि आफ्नो सेना लिएर जान सक्छ : राई

वैशाख २६ काठमाण्डौ – यतिवेला भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण को यो पुर्व सन्ध्यामा सामाजिक संजालमा ब्यापक बिरोध संगै समर्थन को केहि आवाज पढ्न पाइने गरेको छ |
संगै मोदीको स्वागत सत्कारको लागि सरसफाई देखि स्वागत गेट भित्ता पेंटिंग सडक निर्माण हुदा हुदा जंगल समेत सरसफाईमा सुरक्षा कर्मी खटाइएको समाचार बाहिर आएको छ l यहि वैशाख २८ गते मोदी नेपाल आउने मिति तयार भएको छ |
केहि राजनीतिका दलका जिम्मेवार नेताहरु ले मोदीलाई कालो मोसो दल्ने कुरा सार्वजानिक रुपमै बोल्ने गरेको छ भने त्यो संगै सरकारले सुरक्षा ब्याबस्था मजवुत गर्दै लगेको छ l मोदीको भ्रमणमा १२ हजार नेपालि सुरक्षा कर्मी खटिने सरकारको तयारि छ l तर मोदी आफैले आफ्नो सुरक्षाचुनौती भएको भन्दै नेपालमा सेना ल्याउने तयारि गरेको खबर बाहिरिएको मा नेपालमा अहिले चर्को बिरोध सुरु भएको छ |
यसै क्रममा राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय सचिव बलदीप राईले फेसबुक स्टाटस लेख्दै भनेका छन् ” मोदी अमेरिका जादा पनि सेना लिएर जान सक्छ” |