हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

इजरायलले गर्‍यो इरानी रकेट आक्रमणको जवाफी आक्रमण

इजरेलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ।

इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला भएका थिए।

एकजना इजरेली प्रवक्ताका अनुसार उनको देशले “हालैका वर्षहरूमा गरिएकामध्ये सबैभन्दा विस्तृत प्रकृतिको हवाई कारबाही” गरेर प्रतिक्रिया जनाएको छ।

इजरेली लडाकु विमानहरूले “दर्जनौँ इरानी लक्ष्यहरू”मा आक्रमण गरेको इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।

इजरेली लडाकु जेटहरूले यिनलाई निशाना बनाए:

* इरान र ‘र्‍याडिकल एक्सिस’सँग सम्बन्धित गुप्तचरी केन्द्रहरू । इजरेली पक्षले इरान, सिरिया, लेबनानको हेजबुल्ला आन्दोलन र हमासजस्ता प्यालेस्टाइनी लडाकु समूहहरूलाई ‘र्‍याडिकल एक्सिस’ भन्ने गरेको छ।
* कड्स फोर्सको सम्भार मुख्यालय
* दमास्कसबाट दक्षिणतिर रहेको किस्वाह नगरमा रहेको सैन्य सामग्री राखिएको हाता
* दमास्कसको उत्तरतिर रहेको इरानी सैन्य हाता
* दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका कड्स फोर्सका हातहतियार गोदामहरू
* कड्स फोर्ससँग आबद्ध गुप्तचरी संयन्त्र र पोस्टहरू
* गोलानको डिमिलिटिराइज्ड क्षेत्रमा भएका निगरानी एवम् सैन्य पोस्टहरू र हतियार भण्डार
* रकेट प्रहार गर्ने प्रयोग भएको इजरेली लन्चर

इरानबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

चेतावनी

आईडीएफका अनुसार चेतावनी दिँदादिँदै पनि सिरियाली पक्षले इजरेली लडाकु जेटहरूमा आक्रमण गरेपछि सिरियाका विभिन्न हवाई सुरक्षा प्रणालीलाई पनि निशाना बनाइएको थियो।


इजरेली रक्षा मन्त्री अभिग्दोर लीबर्मानले आईडीएफले “सिरियामा रहेका लगभग सबै इरानी संरचनाहरू’मा आक्रमण गरिएको बताएका छन्।

“यहाँ (इजरेलमा) वर्षा हुन्छ भने त्यहाँ ठूलो वर्षा हुन्छ भन्ने उनीहरूले बुझ्नुपर्छ,” उनले भने, “मलाई लाग्छ हामीले यो अध्याय यहीँ सकेका छौँ र सबैले सन्देश पाएका पनि छन्।”

इजरेलले तनाब बढाउन नचाहेको तर जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेकोमा टिप्पणी गर्दै लीबर्मानले भने, “इरानले प्रत्यक्ष रूपमा इजरेलमाथि आक्रमण गरेको छ एवम् इजरेली सार्वभौमसत्ता र अधीनस्थ भूभागमाथि आघात गर्ने प्रयास गरेको छ।”

इजरेलले किस्वाहमा आक्रमण गरेको एक दिनपछि यो सङ्घर्ष भएको हो। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरेलले एउटा इरानी हतियार भण्डारलाई निशाना बनाउँदा रिभ्युल्युश्नरी गार्ड्सका आठसहित सिरियाली सरकारलाई समर्थन गर्ने १५ सैनिकहरू मारिएका थिए।

गोलानमा के भयो?

सन् १९६७ मा भएको मध्यपूर्व युद्धमा गोलान हाइट्सको अधिकांश भाग इजरेलले सिरियाबाट आफ्नो अधीनमा पार्‍यो र पछि आफूमा गाभ्यो।

तर त्यो कदमले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन।
इजरेल डिफेन्स फोर्सेसका अनुसार बिहीवार बिहान उसका चौकीहरूमा इरानको रिभ्युल्युश्नरी गार्डसको कड्स फोर्सले २० वटा रकेट प्रहार गर्‍यो।

आईडीएफका एक जना प्रवक्ताका अनुसार चार वटा रकेटहरूलाई इजरेली प्रतिरक्षा प्रणालीले छेकिदिएको थियो। अरू रकेटहरू भने निशानामा पुगेनन्।

आक्रमणमा कोही हताहत भएको विवरण प्राप्त भएको छैन।
यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ‘दर्जनौँ रकेटहरू’ दक्षिणपश्चिमी दमास्कसको कुनेइत्रा प्रान्तबाट इजरेल अधीनस्थ गोलानतिर प्रहार गरिएका थिए।

को जिम्मेवार हुन् भन्ने नखुलाई उसले इजरेली फौजले सिरियाली नियन्त्रणमा रहेको गोलोनस्थित बाथ नगरमा बम आक्रमण गरेपछि रकेटहरू प्रहार गरिएको बताएको छ।

किन इजरेलले इरानी स्वार्थमा आक्रमण गर्छ?

इरान इजरेलको शत्रुराष्ट्र हो। इरानले बारम्बार यहुदी राज्य इजरेलको अस्तित्व मेटाउन आग्रह गर्ने गरेको छ।

इरानले सिरियाका राष्ट्रपति बशार अल असदलाई सहयोग गर्न सयौँ सैनिक पठाएको छ। इरानका अनुसार उनीहरू सिरियाली सेनाका लागि सल्लाहकारका रूपमा गएका हुन्।

इरानले हतियार, तालिम र आर्थिक सहयोग दिएका हजारौँ लडाकुहरू सिरियाको गृहयुद्धमा सरकारी सेनासँग मिलेर लडिरहेका छन्।

असदलाई सहयोग गर्दा इरानले सिरियामा आफ्नो सैन्य उपस्थित बढाएको छ। त्यसलाई इजरेलले खतरा मानेको छ।

केही अघि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानलाई आक्रमण रोक्न नभए युद्ध हुन सक्ने भनेर चेतावनी दिएका थिए।
इरानसँग पश्चिमा देशहरूले गरेको परमाणु सम्झौताबाट अमेरिकालाई बाहिरिन नेतन्याहुले उल्लेख्य भूमिका खेलेको मानिन्छ।

इजरेल-इरान तनाव: संयम अपनाउन आह्वान

मध्यपूर्वका दुई कट्टर प्रतिद्वन्द्वी इजरेल र इरानबीच सैन्य तनाव बढ्दै गएपछि अमेरिकाले इरानलाई उक्साहटपूर्ण गतिविधि गरेको आरोप लगाएको छ।

युरोपेली देशहरूले भने दुवै देशलाई संयम अपनाउन आह्वान गरेका छन्।

बुधवार राति इजरेलले सिरियामा रहेका इरानी सैन्य संरचनाहरूमा हवाई आक्रमण गरेको जनाएको छ।

इरानले गोलान हाइट्समा क्षेप्यास्त्र प्रहार गरेको उसको आरोप छ।

जिम्मेवार

इजरेल र इरानबीच तनाव चर्कँदै गएर दुवै देशले एकअर्काका सैन्य निशानामा प्रत्यक्ष आक्रमण थालेपछि ह्वाइट हाउसले त्यसका लागि इरानको रेभ्युल्युश्नरी गार्डलाई जिम्मेवार ठहर्‍याएको छ।

अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट बाहिरिने घोषणा गरेलगत्तै इजरेल र इरानबीच सैन्य तनाब चर्किएको छ।

दुई देशले एकअर्काका सैन्य निशानामा प्रत्यक्ष आक्रमण थालेपछि ब्रिटेन, फ्रान्स, जर्मनी र रुसले संयम अपनाउन आह्वान गरेका छन्।

इजरेलले बुधवार राति उसले गरेका हवाई आक्रमणमा सिरियामा रहेका सबै इरानी सैन्य पूर्वाधार निशानामा पारिएको बताएको छ।

गोलान हाइट्समा रहेको उसको सैन्य अखडामा इरानी रेभ्युल्युश्नरी गार्डले २० वटा क्षेप्यास्त्र प्रहार गरेपछि ती हवाई आक्रमण गरिएको इजरेलको भनाइ छ।

विश्लेषकहरू भन्छन् मध्यपूर्वका यी दुई कट्टर क्षेत्रीय दुश्मनबीच प्रत्यक्ष सैन्य लडाइँ चर्कने डरले विश्वव्यापी चिन्ता बढेको छ।

सिरियाली अभियानकर्मीहरूका अनुसार इजरेलले गरेका आक्रमणमा कम्तीमा २३ जना मानिस मारिएका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution