हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

आफैलाई गोली हान्न लाउने आचार्य श्रीनिवासको अर्को नाटक: हिरासतमै अनशन

मोरङ — हिन्दुराज्य स्थापनाका लागि आफैलाई गोली हान्न लगाएर आन्दोलन गराउन असफल भएका आचार्य श्रीनिवासले हिरासतमा अर्को नाटक सुरु गरेका छन् । आचार्यले हिरासतमा निराहार रहेर अनसनको नाटक सुरु गरेका हुन् ।

निराहार रहेको सन्देश फैलाएर अझ पनि उनले आफ्ना अनुयायीहरुलाई आन्दोलन चर्काउन खोजेका छन्। सोमबारदेखि आचार्य निराहार बसेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुणकुमार बिसीले आचार्यलाई पक्राउ गरेर ल्याएदेखि केही नखाएर निराहार बसेको बताए। ‘उनलाई जिल्ला प्रहरी कार्यालयमा नै सलाईन पानी चढाएर राखेका छौँ,’ उनले भने, ‘उनको गोली लागेको घाउ पनि पूर्ण रुपमा निको नभइसकेको अवस्था छ। ’

समाजसेवी तथा समालोचक दधिराज सुवेदीले धार्मिक सदभाव बिथोलेर आफ्ना स्वार्थपूर्ति गर्नेहरुको यो खेल र षडयन्त्रले मुलुक ठूलो दुर्घटना हुनबाट जोगिएको बताए। ‘आचार्य श्रीनिवासले आफ्नो स्वार्थपूर्तिका लागि धमिलो पानीमा माछा मार्न खोजेका थिऐ,’ उनले भने, ‘अब आचार्यले निराहारलगायत जस्तोसुकै नाटक गरे पनि नेपाली समाजमा कुनै असर पर्दैन।’

आचार्यप्रति आदर भाव राख्दै आएका विराटनगरका कविराज न्यौपानेले उनले गरेको कुकृत्यबाट सम्पूर्ण हिन्द धर्मावलम्बीहरुको शीर निहुरिएको बताए। ‘आचार्यले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि गोली प्रहार गर्न लगाएर जुन हिंसा भडकाउन खोजेका थिए ,’ उनले भने, ‘आचार्यको अनशनबाट मृत्यु भएपनि अब नेपाली समाजमा त्यसको कुनै असर पर्दैन। ’

सनातन हिन्दु राष्ट्र जागरण अभियान मोरङका अध्यक्ष तिलक रिजालले आचार्यलाई गोली लागेपछि विभिन्न माग राखेर र्‍याली प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको तर घटनाले अर्कै मोड लिदा अत्यन्तै असहज महशुस भइरहेको बताए। ‘यस्ता घटनाहरु सिनेमामा हेर्ने गरेका थियौ तर आचार्यले हामीलाई सामाजिक जीवनमा नै देखाई दिए,’ उनले भने, ‘यो अत्यन्तै संवेदनशील विषय हो र यो मुर्खतापूर्ण कार्य हो।’

राप्रपाका अध्यक्ष कमल थापाले पनि ट्वीटरमा आचार्य श्रीनिवासले गरेको कार्य अत्यन्तै निन्दनीय र भत्र्सना योग्य भएको बताएका छन्। कान्तिपुरबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution