हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

३३ किलो सुन काण्डका ८ प्रहरी सहित ३० जना अभियुक्तले फेरे बयान

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका अभियुक्तले अदालतमा बयान फेरेका छन्। प्रहरीले पक्राउ गरी अदालत पुर्‍याएका ३० अभियुक्तको थुनछेक बयान मंगलबार साँझ सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए।

अदालतमा ८ प्रहरीसहित ३० जना अभियुक्तले यसअघि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएका छन्। मोरङका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकका अनुसार उनीहरूले प्रहरी र छानबिन समितिलाई दिएको बयानभन्दा न्यायाधीश समक्ष दिएको बयान फरक छ।

‘बयान सबैले फेरेका छन्। उनीहरुसबैले अनुसन्धान अधिकारीलाई दिएको र समितिलाई दिएको बयान भन्दा न्यायाधीशसमक्ष दिएको बयान फरक छ। हामीले सुन तस्करी गरेको हैन, त्यसबारे थाहा छैन, जान्दैनौं, घटनाबारे जानकारी छैन जस्ता कुराहरु भनेका छन्,’ उनले भने।

एक हप्ताअघि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनीहरुको बयान सुरू भएको थियो।जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ६३ मध्ये प्रहरीले पक्राउ गरेका ३० अभियुक्तको बयान सकिएको हो।

थुनछेक बयान सकिएको स्रेस्तेदार नवराज दुलालले  जानकारी दिए।उनीहरुलाई थुनामै राखेर सुनुवाई गर्ने कि धरौटी वा तारेखमा राखेर गर्ने भन्ने बहस भोलिदेखि सुरु हुनेछ।३० अभियुक्तका तर्फबाट बहस गर्न भन्दै ४३ जना वकिलले अहिलेसम्म वकाल नामा बुझाएको स्रेस्तेदार दुलालले जानकारी दिए।उनीहरुविरुद्ध ८ सरकारी वकिलले बहस गर्नेछन्।

मोरङ सरकारी वकिल कार्यालयका प्रमुख पुण् प्रसाद पाठकका अनुसार सुनकाण्डमा बहस गर्न २ सहन्यायाधीवक्ता २ उपन्यायाधीवक्ता, २ जिल्ला न्यायाधीवक्ता र २ जना सहायक जिल्ला न्यायाधीवक्ताको टिम बनेको छ।

सहन्यायाधीवक्ता गोपाल रिजाल, चिरन्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधिवकेता पुण्य प्रसाद सापकोटा,पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्तीले सरकारको तर्फबाट बहस गर्ने छ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।

यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरी सहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो। उनीहरुसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दाको अभियोगपत्रमा चुडामणि उप्रेती ‘गोरे’ को समूहले मात्र यो झण्डै ३८ क्विण्टल सुन तस्करी गरेको उल्लेख छ।

पक्राउ परेकाबाट बरामद् भएका कागजात र फरार अभियुक्तहरूबीच भएको आर्थिक कारोबारका आधारमा समितिले यो परिमाणको सुन तस्करी भएको निष्कर्ष निकालेको हो।

समितिको अनुसन्धानलाई आधार बनाएर सरकारी वकिलको कार्यालयले १५३ पृष्ठ लामो अभियोगपत्र अदालतमा दर्ता गरेको हो।

अभियोगपत्रमा प्रतिवादी ‘गोरे’ भन्ने चुडामणि उप्रेतीले आफैं र आपराधिक समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई सुन चोरी पैठारी गरेको उल्लेख छ।

यी प्रहरी अधिकृतले आफ्ना सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र फोर्सको लजिष्टिक्स लगायत ड्राइभर र व्यक्तिगत सुरक्षा गार्डलाई आपराधिक समूहको गतिविधिमा उपयोग गर्न दिएको अभियोगपत्रमा छ।

सुरक्षा शक्तिको आडमा नागरिक उड्डयन कार्यालयबाट पास झिकी आपराधिक समूहलाई उपलब्ध गराउने र उल्लिखित आपराधिक समूहभित्र समावेश भई गतिविधि सञ्चालन गरेको अभियोगपत्रमा भनिएको छ। सुरक्षा अधिकृतहरुले सुन चोरी पैठारीबाट आर्थिक लाभ प्राप्त गरेको बरामद रजिष्टरबाट खुलेको छ।

सुरक्षा अधिकृत र आपराधिक समूहका नाइके चुडामणि उप्रेती एवं निजका सदस्यबीचको कल डिटेल समेतका प्रमाणबाट उनीहरुको संलग्नता पुष्टि हुने अभियोगपत्रमा छ।

कार्यालयले ६३ जनाविरुद्ध संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ। प्रतिवादीमध्ये ९ जना प्रहरी अधिकारी छन्।

मुद्दामा प्रहरीले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल र प्रहरी जवान विष्णु खड्कासहित २९ जनालाई पक्राउ गरी अदालत पेस गरेको छ।

त्यस्तै राप्रपा नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, न्युरोडको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारुलाई मुद्दा चलाइएको छ। त्यस्तै सुन तस्करी गिरोहमा संलग्न मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमारलाई पनि प्रहरीले बुधबार अदालत बुझाएको हो।

त्यसैगरी प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, प्रयास पराजुली, सुरेन्द्र गौतम लगायतलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ।

गत माघ ९ मा दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो। उक्त सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो।

हत्याबारे छानबन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिको अनुसन्धानपछि ८ प्रहरी अधिकारीसहित ३० जनालाई पक्राउ गरिएको थियो। सेतोपाटीबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution