हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अब श्रम इजाजत रि-इन्ट्री सम्बन्धित देशकै दूतावासबाट

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका कामदाहरुले विदेशमै श्रम स्वीकृति नवीकरण (रि-इन्ट्री) गर्न सकिने व्यवस्थाका लागि तयारी थालेको छ । यसका लागि प्रारम्भिक रुपमा वैदेशिक रोजगार नियमावली संशोधन तगारी सुरु भइसकेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका एक उच्च अधिकारकाअनुसार कम्तिमा एकपटक विदेशमा नै श्रम रि-इन्ट्री गर्न सकिने व्यवस्थाका लागि छलफल थालिएको जानकारी दिए । उनकाअनुसार वैधानिक रुपमा विदेश पुगेकाको हकमा एकपटक सम्बन्धित देशको दूतावासबाट श्रम रि-इन्ट्री गर्न सकिने व्वस्थाका लागि छलफल भइरहेको छ ।

नियमावली संशोधनपछि आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि-इन्ट्रीको व्यवस्था गर्नेछ ।
‘एकपटक भन्दा बढी रि-इन्ट्री दिँदा कामदार स्वेदेश नै फर्किन नचाहाने पनि  हुन सक्छ । त्यसैले सबै पक्षलाई हेरेर यस्तो प्स्ताव गरिएको हो,’ ती अधिकारीले भने ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले पनि नियमावली संशोधनमा गृहकार्य सुरु गरिएको पुष्टी गरे । उनले नियमावली संशोधन गर्दा तत्कालै वैदेशिक रोजगारीमा रहेका समस्या समाधान गर्ने र विकृति हटाउने विषयसँग सम्बन्धित नियमहरू लागू गर्ने कुरामा बढी जोड दिइने बताए ।

श्रम समझौता नवीकरणलाई पनि सहज गर्ने विषयमा छलफल अघि बढाइए पनि टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

यो व्यवस्था पछि घरेलु कामदारका रुपमा विदशेमा अवैधानिक रुपमा बसिरहनु परेकाहरुलाई पनि सहज हुनेछ । सरकारले विदेशमा नै श्रम रि-इन्ट्रीको व्यवस्थाका लागि २ वर्ष अघि नै गृहकार्य गरेको थियो ।

तर, सफल हुन सकेका थिएन । यो पटक भने श्रम मन्त्री गोकर्ण बिष्टले यो विषयलाई एकपटक गम्भीर रुपमा छलफल र अन्तरक्रिया गरेर टुंगोमा पुर्‍याउने गरी तयारी अघि बढाएका छन् । अनलाइन खबरबाट |

यो पनि पढ्नु होला ….

नयाँ शक्ति इजरायलले नेपाली दुतावास समक्ष ज्ञापन पत्र हस्तान्तरण

२०७५ वैशाख २६ गते






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution