हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

जापानी प्रधानमन्त्रीलाई इजरायली नेतान्याहुले जुत्तामा डेजर्ट सर्भ गरे पछि ….

काठमाडौं । खाना खाने टेवलमा जुत्ता ! त्यो पनि जापानी प्रधानमन्त्री सिन्जो अबेको डाइनिङ टेबलमा ।

 

हो, जापानी प्रधानमन्त्री आबे र उनको पत्नी अकेइको अघिल्लो साता भएको इजरायल भ्रमणमा यस्तै भयो । अबेलाई इजरायली बेन्जामिन नेतान्याहुले जुत्तामा डेजर्ट सर्भ गरेका हुन् ।

इजरायल भ्रमणको क्रममा मे २ मा उच्चस्तरीय वार्तापछि इजरायली प्रधानमन्त्री नेतान्याहुको सरकारी निवासमा जापानी प्रधानमन्त्रीलाई रात्रीभोज दिइएको थियो । भ्रमणमा आएका जापानी प्रधानमन्त्रीको जोडीलाई इजरायली सेलिब्रेटी सेफ सेगेव मोसेले तयार गरेको खाना खुवाइएको थियो ।

तर, खानापछि जब डेजर्टको पालो आयो, विभिन्न चकलेटहरु आकर्षक चम्किलो लेदरको जुुत्तामा सजाएर राखिएको थियो ।
इजरायलको लोकप्रिय दैनिक अखबार येडियोत अहारोनोतले सोमबार लेखेको छ, ‘जापानी कूटनीतिज्ञहरु, इजरायलका विदेश मन्त्रालयका अधिकारीहरु र जापानमा सेवा गरेका उच्चपदस्थ इजरायली कूटनीतिज्ञहरु यो देखेर आश्चर्यमा परे ।’

‘यो धेरै नै असंवेदनशील निर्णय थियो’ अखबारले एक वरिष्ठ इजरायली अधिकारीलाई उधृत गर्दै लेखेको छ । ‘जापानी संस्कृतिमा जुत्तालाई धेरै न तल्लो मानिन्छ । उनीहरुले घर भित्र कहिल्यै जुत्ता लगाउँदैनन् । उनीहरुको कार्यलयमा पनि जुत्ता भेट्नुहुन्न । यो त सरासर अपमान हो’ उनले भनेका छन् ।

अखबारमा अर्का जापानी कूटनीतिज्ञलाई उद्धृत गर्दैै भनिएको छ, कहीँ पनि यस्तो संस्कृति छैन, जहाँ तपाईले आफ्नो टेवलमा जुत्ता राख्नुहुन्छ । त्यस्ता विशेष सेफले के सोचे होला ? यदि यो रमाइलोको लागि मात्रै थियो भने पनि हामी यसबाट खुसी छैनौं ।’
इजरायलको विदेश मन्त्रालयले भने खानाको मेनु चयन गर्ने कार्यमा आफ्नो संलग्नता नभएको भन्दै बचाउ गरेको छ । ‘हामी सेफलाई सम्मान गर्छौं, उनी धेरै नै सिर्जनात्मक छन्’ मन्त्रालयलेले विज्ञप्ति जारी गर्दै भनेको छ ।

तर, अखबारमा रिपोर्ट प्रकाशित भएपछि मन्त्रालयले आफ्नो विज्ञप्ति सच्याउँदै थपेको छ, ‘जापानी प्रधानमन्त्रीलाई हामी उच्च सम्मान गछौं ।’

सेगेवको सिर्जनात्मक पाटो अघिल्लो वर्ष डोनाल्ड ट्रम्पको इजरायल भ्रमणको क्रममा पनि देखिएको थियो । त्यसबेला ट्रम्प र नेतान्याहुको जोडिएको टाउकोको आकारमा डेजर्ट सर्भ गरेका थिए ।
आइतबार सेगेवले गर्वका साथ उक्त विवादित खाना दुई देशका प्रधानमन्त्रीलाई सर्भ गरेको फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेका थिए ।

‘यो डेजर्ट अन्तराष्ट्रिय कलाकार टम डिक्सनले बनाएको कलाकृतिमा सर्भ गरिएको थियो, जसको कलाहरु विश्वभरिका मुख्य म्युजियमहरुमा प्रदर्शन गरिन्छ र पहिलोपटक खानाको लागि उनको कला प्रयोग भएको थियो । यो धेरै नै उच्चस्तरीय कलाको नमुना हो, जसमा धातुलाई जुत्ता बनाइएको थियो यो साँच्चै जुत्ता होइन’ सेगेवको पब्लिसिस्टले एक विज्ञप्तिमा भनेका छन् ।

इन्स्टाग्राममा फलोअरहरुले विभिन्न प्रतिक्रियाहरु दिएका छन् । कसैले यस्तो कूटनीतिक व्यक्तिको लागि खाना बनाउँदा संस्कृतिको बारेमा ख्याल गर्नुपर्ने लेखेका छन् । कसैले भने जुत्तामा खाना पस्किने काम नराम्रो हो भन्ने थाहा हुनको लागि कुनै पनि संस्कृतिका बारेमा थाहा हुननपर्ने लेखेका छन् ।

जुत्तामा डेजर्ट सर्भ गरेको घटना मात्रै जापानी प्रधानमन्त्रीको भ्रमणले निम्त्याएको विवाद होइन । शुक्रबार नेतान्याहुले आफ्नो फेसबुक एकाउन्टमा एक छोटो भिडियो पोस्ट गर्दै भ्रमणको मिडिया कभरेज कम भएको गुनासो गरेका थिए ।

अनलाइनखबर / वासिङ्टनपोष्टको सहयोगमा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution