रातिमा कुकुर रोएमा के हुन्छ ? त्यसका संकेतहरु
नेपाली धर्म र परम्परालाई मान्ने हो भने हाम्रा समाजमा रहेका कयौँ बस्तुहरु छन् जसले जीवन र मृत्युका संकेतहरु दिइनै रहेका हुन्छन् ।परापूर्वक कालदेखि पुर्खाहरुले अनुभव गर्दै आएका कति घटनाहरुले ति मान्यताहरुलाई प्रमाणित समेत गरिदिएको छ |
हाम्रो टोल छिमेकमा सजिलै भेटिने र घरमा पालिने कुकुर तथा बिरालो हामीमध्ये कतिपयलाई असाध्यै मन पर्छ भने कतिपयलाई देख्दैमा रिस उठ्छ । अझ बिरालोले बाटो काट्दा अनि कुकुर रुदाँ हामीमध्यै धेरैले तिनिहरुलाई लखेट्ने गर्दछौ ।
यिनिहरु रोएमा तथा कराएमा आउदो दिनमा अशुभ घट्ना घट्ने भन्नेमा हामी विश्वास गर्ने गर्दछौँ ।तर के तपाइलाई थाहा छ आखिर कुकुरहरु किन ठूला स्वरले भुक्ने तथा रुने गर्दछन् ?
वास्तवमा कुकुर भुक्नु वा रुनु उनीहरु एक अर्कामा सन्देश आदानप्रदान गर्नु हो । आफ्नो पीडाको र दुखका कारण कुकुर प्राय रुने गर्दछन् ।कुकुरहरु आउदो दिनको आपतविपत् तथा कष्टको सङ्केत मानिसलाई दिन रुने गर्दछन् ।
एक्लै रहन मन नगरेर कुकुरलाई मानिसको साथमा बस्न मनपर्छ । चाहे त्यो घरको होस वा भुस्याहा उसलाई घरमा होस् या बाटोमा एक्लै छोडिदिएमा ऊ एक्लै बसेको पीरले रुने कराउने गर्दछ ।
जब कुनै कुकुर आफ्नो साथीलाई आफू बसेको स्थानको सङ्केत दिन तथा खोज्न चाहेमा त्यो ठूलो स्वरले रुने तथा कराएर सन्देश छोड्ने गर्दछ र उसको साथीले पनि भुकेर तथा रोएर जवाफ दिने गर्दछ ।
इलाकामा हक जमाउन जुनसुकै कुकुरको पनि आफ्नो निश्चित क्षेत्र तथा इलाका हुने गर्दछ । यि कुकुरहरु आफ्नो इलाकाको रक्षा गरिरहेका हुन्छन् ।
तसर्थ कुकुरहरु पनि एउटा इलाकाको कुकुरलाई अर्को इलाकामा आउन नदिन तथा उसलाई चेतावनी दिन कुकुर ठुलो स्वरले रोएर तथा भुकेर आफ्नो साथीहरुलाई सन्देश प्रदान गर्ने गर्दछ ।
रिसको झोकमा कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रिसालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् ।
आउँदो दिनमा हुने विपतिको सङ्केत दिन कुकुर, बिरालो एवम् जुनसुकै जनावर होस् यिनिहरुलाई ईश्वरले एक खास शक्ति दिएका हुन्छन् ।
जसले यि जनावरहरु आउने आपतविपत तथा सङ्कटको सङ्केत यिनिहरुले दिने गर्दछन् । यदि कुनै न कुनै जनावर चाहे त्यो कुकुर होस् या विरालो तिनिहरु विनाकारण कराएमा तथा रोएमा कुनै न कुनै सङ्कट आउन सक्छ ।