यातायात क्षेत्रमा रहेको सिन्डिकेट पूर्ण रुपमा अन्त ,अब के हुन्छ ?

काठमाडौँ । यातायात क्षेत्रमा रहेको सिन्डिकेट पूर्ण रुपमा अन्त्य भएको छ । सरकारको धरपकडसँगै आम जनताको साथ पाएपछि सरकारले विभिन्न यातायातसँग सम्बन्धित समितिहरु खारेजमात्रै गरिदिएन, अब सबै सार्वजनिक सवारीसाधनहरु कम्पनीमार्फत् सञ्चालन हुनुपर्ने निर्देशन पनि जारी गर्यो ।
सरकारी निर्णयका बिरोधमा आन्दोलनमा होमिएका यातायात व्यवसायीहरुलाई पनि पक्राउ गरी मुद्दा लगाउने तयारी गरेपछि व्यवसायीहरु पछाडी हड्न बाध्य भए ।
र, आइतबार साँझ सरकारी र यातायात व्यवसायीबीच ५ बुँदे सहमति भयो । सहमतिसँगै सरकारले चालेको सिन्डिकेट विरुद्धको काममा सहयोग गर्ने र आन्दोलनका पूर्वघोषित सबै कार्यक्रम फिर्ता लिइएको छ |