हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायल तामाङ घेदुङद्वारा ५ लाखको शैक्षिक कोष स्थापना

याम्बु – नेपाल तामाङ घेदुङ इजरायलले तामाङ विद्यार्थीहरुको लागि तामाङ शैक्षिक अक्षय कोष खडा गरेको छ । संस्थाले नेपाल तामाङ घेदुङद्वारा सञ्चालित घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा ५ लाखको अक्षय कोष आज खडा गरेको हो ।

तामाङ विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा थप अभिप्रेरित गर्ने उद्देश्यले सहयोग पु¥याउन शैक्षिक अक्षय कोष खडा गरिएको इजरायल घेदुङका अध्यक्ष माया तामाङ (दिप्मा) ले बताउनु भयो । उहाँका अनुसार संस्थाले शैक्षिक अक्षय कोष सञ्चालन सम्बन्धि कार्यविधि पारित गरेको र सो कार्यविधि बमोजिम शैक्षिक सहयोग हस्तान्तरण गरिने जनाउनु भएको छ । उहाँले यो कोषलाई बढाउँदै लगिने पनि प्रतिवद्धता जनाउनु भयो ।

कोषले आर्थिक रुपमा विपन्न, जेहेन्दार, द्वन्द्व पीडित, टुहुरा, रोजगारीको सिलसिलामा प्रवासमा ज्यान गुमाएका ब्यक्तिको छोराछोरी तथा दैवी प्रकोपबाट पीडित बालबालिकाहरुलाई सहयोग पु¥याउने कार्यविधिमा उल्लेख छ ।

स्थापना कालदेखि नै घेदुङ केन्द्रसँग निकट रहेर तामाङको हरेक समस्यासँग सहकार्य, सहयोग गर्दै आइरहेको इजरायल घेदुङले शैक्षिक सहयोग अक्षय कोष खडा गरेकोमा नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले तामाङले संस्थालाई हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

शिक्षा क्षेत्रमा तामाङ समुदायलाई अघि बढाउन लामो समयदेखि प्रयत्न गर्दै आएपनि ठोस काम गर्न सकिरहेका थिएनौ, अध्यक्ष गोलेले भने– इजरायल घेदुङले पहिलोपटक यो शैक्षिक कोष खडा गरेर उदाहरणीय काम गरेको छ । उहाँले यस खालको काममा स्वदेश, विदेशका सबै ब्यक्ति, संस्थाहरु एकजुट भएर लाग्ने हो भने तामाङ समुदायमा परिवर्तन ल्याउन हामी आफै सक्षम हुने पनि बताउनु भयो ।

घेदुङ केन्द्रले गत बर्ष नै तामाङ भाषा, लिपि तथा साहित्य प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले रु. ७ लाख रकमको भाषा तथा साहित्य विकास अक्षयकोष खडा गरिसकेको छ । यस कोषबाट ५, ५ बर्षमा भाषा, साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउने सर्जकहरुलाई पुरस्कृत गरिनेछन् ।

यसैगरी घेदुङले विभिन्न विपतीमा परेका तामाङ समुदायलाई सहयोग पु¥याउन तामाङ विपद ब्यवस्थापन कोष पनि खडा गरेको छ । दुःखमा परेका तामाङहरुलाई तत्काल राहत दिन विपद कोष खडा गरिएको घेदुङका विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङले बताउनु भयो । उनले भने–यो कोषमा हाल ६० हजार रकम जम्मा गरेर सुरुवात गरेका छौ ।

अब प्रवास स्थित विभिन्न समितिहरुबाट प्राप्त हुने सहयोग समेत एकद्वार प्रणालीबाट यही कोषमा जम्मा गरेर मात्र हस्तान्तरण गरिने घेदुङका उपाध्यक्ष कुमार घिसिङ तामाङले बताउनुभयो । उहाँका अनुसार विदेशबाट विभिन्न समयमा हस्तान्तरण हुने सहयोगहरुलाई फेसबुकमा मात्र प्रचार नगरी ब्यवस्थित ढंगबाट अफिसियल रेकर्ड राख्न एकद्वार प्रणाली अपनाइएको हो ।

यस्तै घेदुङको आजीवन सदस्यहरुलाई विभिन्न आपत्, विपदमा सहयोग पु¥याउनको लागि आजिवन सदस्यता कोष समेत खडा गरिएको छ । आजिवन सदस्यता वितरणबाट संकलित रकममा केन्द्रमा जम्मा भएको रकममध्ये ५० प्रतिशत रकम कोषमा जम्मा गरिन थालेको घेदुङका महासचिव बाबु घिसिङले बताउनु भयो ।

नेपाल तामाङ घेदुङ डट ओआरजी

२४ बैशाख २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution