हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा

काठमाडौं । हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो ।
मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।
तर, उनीहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका छन् । एसपी बीसीले भने, ‘अनुसन्धानका लागि उनलाई हिरासतमा लिइएको हो ।’ अनलाइन खबरबाट |
२०७५ वैशाख २४ गते