हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

अचम्म : चिन्दै नचिनेको व्यक्तिले गृहमन्त्रीलाई सुरक्षा अवस्थाबारे ब्रिफिङ, गृहमन्त्रीको फितलो सुरक्षा !

जनकपुरधाम, २३ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणको सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ १८ बैशाखमा जनकपुर आएका थिए । सुरक्षा निकायका चारवटै अंगका प्रमुख तथा गृह सचिब समेतको टोली लिएर मन्त्री थापा हेलिकप्टरबाट जनकपुर आएका थिए ।

जनकपुरको बाह्रबिघा मैदानमा मन्त्री थापाको हेलिकप्टर अवतरण भएसंगै एक जना व्यक्तिको सक्रियता बढ्यो ।

धनुषाका सुरक्षा अधिकारीहरूले सुरक्षा अवस्थाबारे ब्रिफ गर्नुपर्नेमा ती अनधिकृत व्यक्तिले मन्त्री थापासहितको टोलीलाई सुरक्षाअवस्थाबारे बिफ्रिङ थाले । त्यो दिन बाह्रबिघा मैदानमा सुरक्षाकर्मी, पत्रकार र वीरगंजस्थित भारतीय बाणिज्य दूतावास र राजदूतावासबाट खटिएकालाई मात्र प्रवेश गर्न दिइएको थियो ।

अचम्म त के थियो भने ति संदिग्ध व्यक्ति मन्त्री थापाको टोलीका सदस्य जस्तै देखिन्थे । पहिरन हेर्दा भने उनी भारतीय सुरक्षा टोलीका सदस्य हुन् भन्ने अनुमान गर्न सकिन्थ्याे । तर, उनले मन्त्री थापालाई नेपाली भाषामै ब्रिफ गरिरहेका थिए । यतिसम्म भयो कि बाह्रबिघा मैदानबाट जानकी मन्दिरसम्म जाँदा ती व्यक्ति मन्त्री थापाकै गाडीमा चढे । जानकी मन्दिर पुग्ने बित्तिकै फेरि त्यहाँ पनि उनले ब्रिफिङ गर्न थाले ।

जानकी मन्दिरबाट जिल्ला प्रहरी कार्यालय धनुषा पुग्दा पनि ति संदिग्ध व्यक्ति मन्त्री थापाकै गाडीमा चढे । जिल्ला प्रहरी कार्यालय पुग्दा सुरक्षा रणनीति तय गर्न बोलाईएको बैठक कक्षमा समेत उनी प्रवेश गर्न खोजेका थिए तर, धनुषा प्रहरी प्रमुख चक्रबहादुर सिंहले उनलाई बाहिर आफ्नो कक्षमा बस्न लगाए । त्यहाँ पत्रकार सम्मेलनलाई मन्त्री थापाले सम्बोधन गरिसकेपछि मन्त्री थापाको टोली हेलिकप्टर भएको ठाउँ बाह्रबिघा जान लाग्दा पनि ति संदिग्ध व्यक्ति मन्त्री थापाकै गाडीमा चढे । यी सबै गतिविधिलाई धनुषाका एसपी सिंहले नोटिस भने गरिरहेका थिए ।

सुरुमा माथि (केन्द्र)बाटै टोलीमा आएको हुन सक्ने बुझेर उनले केही पनि गरेनन् । गृहमन्त्रीको सुरक्षामा खटिएको टोलीले पनि उनलाई मन्त्रीको गाडीमा चढ्न नरोकेपछि उनलाई धनुषा प्रहरीले रोक्ने कुरै भएन । त्यसपछि एसपी सिंहले गृहमन्त्रीसँग अघिपछि गर्दै कुदीरहेका व्यक्ति बारे निश्चित गर्न मन्त्री थापाको सुरक्षामा खटिएको टोलीसँग बुझे । एसपी सिंहले उनी मन्त्रीसँग आएको सदस्य नभएको धेरैपछि मात्र थाहा पाए ।

त्यसपछि उनी भारतीय सुरक्षा टोलीका सदस्य हुनसक्ने आकलन गरियो । त्यो आकलन पनि त्यतिबेला फिक्का बन्यो जतिबेला एसपी सिंहलाई भारतीय महावाणिज्य दूत बिसी प्रधानले संदिग्ध व्यक्ति भारतीय टोलीका सदस्य नरहेको स्पष्ट पारे ।

जब गृहमन्त्री थापाको टोली हेलिकप्टर चढ्ने शुरु गरे ती संदिग्ध व्यक्ति पनि हेलिकप्टर चढ्न खोज्दै थिए । उनी हेलिकप्टर चढ्न लागेको बेलामा एसपी सिंहले उनलाई आफूभएको स्थानमा बोलाए र उनलाई नियन्त्रणमा लिए ।

पहिचान खुल्यो

पक्राउ परे पछि उनको पहिचान खुल्यो । ती संदिग्ध व्यक्ति सिरहाको मिर्चैया नगरपालिका १० का ४० वर्षीय जीवन साह तेली रहेछन् । उनी जनकपुरकै किशोरी नगरमा डेरा लिएर बसिरहेको खुलेपछि प्रहरीले उनको कोठाको खानतलासी गर्‍यो । खानतलासीका क्रममा उनको कोठाबाट बिभिन्न कागजपत्र र फाईलहरू प्रहरीले बरामद गर्यो ।

तेलीले बिभिन्न जिल्लाका करिब २५ जनाको नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, लगायतका प्रतिलिपि संकलन गरेर राखेको खानतलासीको क्रममा फेला परेको प्रहरीले जनाएको छ ।

विश्व हिन्दू समाजको नामका चन्दाका ठेलीहरू बरामद भयो । ‘तेलीले आफूलाई लोकतान्त्रिक पार्टी नेपालको अध्यक्ष भनेर बिभिन्न व्यक्तिलाई पत्राचार गरेको देखिन्छ, तर त्यो पार्टी पनि नक्कली पार्टी रहेको देखिन्छ,’ एसपी सिंहले भने,‘अहिलेसम्म गरिएको प्रारम्भिक अनुसन्धानबाट भीआईपी व्यक्तिहरूसँग बसेको फोटो खिचाउने, आफ्नो प्रभाव देखाएर अरुलाई सजिलै ठग्ने गरेकोे देखिन्छ ।’

प्रहरीका अनुसार तेलीको नाउँमा बिटमिन ट्रेड एन्ड सप्लायर्स कम्पनीसमेत दर्ता रहेको प्रमाणपत्र फेला परेको छ, दर्जनौं म्यानपावर कम्पनीमा आबद्ध भएको देखिन्छ ।

२०७० सालको संविधानसभाको चुनावमा लोकतान्त्रिक पार्टीको अध्यक्षको हैसियतले देशभर बिभिन्न व्यक्तिहरूलाई भाग लिन लगाएको, बिभिन्न व्यक्तिहरू सँग रकम लिएर ठगी गरि भुमिगत भएको भन्दै पर्चासमेत फेला परेकोले उनले धेरैलाई ठगेको हुनसक्ने प्रहरी अनुमान छ । एसपी सिंहले   भने,‘हामी अब सिरहाकाे प्रहरीसंग समेत समन्वय गरेर उनको बिगतका अपराधबारे अनुसन्धान गर्ने छौं ।’

गृहमन्त्रीको फितलो सुरक्षा !

गृहमन्त्रीको स्कर्टिङ गाडीमा पुग्न उनी सफल भए भन्ने विषय निकै गम्भीर छ । सुरक्षा अधिकारीजस्तै भएर जिल्लाको अवस्था उनले बिफ्रिङ गरे, गृहमन्त्रीसँगै हेलिकप्टरमा चढेर काठमाडौं जाने प्रयास गरे, जुन समान्य विषय होइन । कडा सुरक्षा अवस्थाको प्रबन्ध गरिएको भनिए पनि जीबन साह तेलीले सुरक्षा घेरा पार गरेर यतिसम्म गर्न सफल हुनुले सुरक्षा ब्यबस्था माथि प्रश्न चिह्न उठेको छ ।

यस प्रकरणमा गृह मन्त्रीको पीएसओ समेतको लापरबाही प्रष्ट देखिन्छ । धनुषाका एसपीले सुरुदेखि नै उनीमाथि निगरानी राख्दै आएका कारण उनी पक्राउ पर्न सफल भए तर । कुनै अपराधी वा शार्प शूटर वा कन्ट्रयाक्ट किलर भएको भए के हुने थियो ? जिल्लाबासीले प्रश्न गरेको लोकान्तरमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution