हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

चाइनिज स्याउ यात्रु बसबाट हुदै भारतमा तस्करी

सिरहा – करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ । लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ। जीप, ट्रयाक्टरबाट स्याउको भारत तस्करीबारे सामाचार सावर्जनिक भएपछि तस्करहरूले साधन र रुट परिवर्तन गरेका हुन।

लहान–भगवानपुर–ठाढी र लहान–सुखिपुर–बरियारपट्टी चल्ने यात्रु बसमा लोड गरी ठाढी र बरियारपट्टी नाका मार्फत भारततर्फ स्याउ तस्करी भैरहेको छ । चाइनिज स्याउ नेपालको बाटोबाट भारत निकासीमा प्रतिबन्ध छ । लहानबाट दैनिक जाने स्याउ सीमावर्ती बजारमा भण्डारण गरेर भारततर्फ तस्करी हुने गरेको स्थानीयहरू बताउँछन्।

सिरहाको सीमावर्ती सहर ठाढी र बरियारपट्टीमा दैनिक १० किलो स्याउको पनि बिक्री खपत छैन । तर, दैनिक त्यहाँ बस मार्फत १ सयदेखि ५ सय कार्टुनसम्म स्याउ भण्डारण हुने गरेको स्थानीय बताउँछन्।

सिरहाको बरियारपट्टी र ठाढी नाकाबाट पछिल्लो एक सातादेखि बसमा स्याउ भारत तस्करी हुँदै आएको स्थानीय बासिन्दाहरुले बताए। विभिन्न स्थानबाट चाइनिज स्याउ लहानमा स्टोर गरी उक्त सीमावर्ती भूभागसम्म पुर्‍याउने र त्यसपछि सुरक्षाकर्मीबाट सुरक्षित संकेत पाएको समयमा उक्त स्याउ भारततर्फ तस्करी गर्ने गरिएको छ । लहानमा भण्डारण गरिने चाइनिज स्याउ ठेलामा लोड भई ठाढी र बरियारपट्टी बस स्टेण्डबाट पटक–पटक गरी सीमा क्षेत्रको नेपाली बजारमा पुर्याउने गरिएको सीमाक्षेत्रका स्थानीयको भनाइ छ ।

स्याउ तस्करी गर्दा सीमामा रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीसमेतले नदेखेको जस्तो गर्ने गरेकाले उनीहरूको मिलेमतो हुन सक्ने स्थानीयको दाबी छ । लहान–महेशवारी–भगवानपुर हुँदै दिउँसै सीमा क्षेत्र ठाढी पुर्याइन्छ। यहाँबाट दिउँसै उक्त स्याउ सीमा पार गरी भारतीय सहर लौकाहा, खुटौना पुर्याइने गरेको स्थानीयले बताए । सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मी र भन्सारका कर्मचारी समेत मिलेमतो गरेकाले चाइनिज स्याउको तस्करीका लागि सीमानाका खुलेको सीमावर्ती ठाढीका एक जेष्ठ नागरिकले भने।

ठाढी नाकाबाट चाइनिज स्याउ र मदिरा सीमाका सुरक्षा अधिकारीलाई लाइन मिलाएर भारततर्फ तस्करी हुँदै आएको स्थानीयहरूको कथन छ। बिहारमा मदिरा प्रतिबन्धितभएपछि नेपालबाट मदिराको तस्करी बढेको हो।

सिरहामा सबभन्दा बढी ठाढी र बरियारपट्टी नाकाबाट स्याउ र मदिराको आरपार हुने गरेको छ। विभिन्न वस्तुको गैरकानुनी निकासी गर्नेहरुले स्थानीय सुरक्षा प्रमुख वा सीमा क्षेत्रका सुरक्षा कमान्डरसित लाइन मिलाएरै गर्ने गरेकाले सुरक्षाकर्मीको ध्यान तस्करभन्दा दैनिक उपभोग्य सामग्री ल्याउनेमाथि मात्र पर्ने गरेको छ। ‘हामी त आदेशपालक हौं,’ बरियारपट्टी क्षेत्रमा कार्यरत एक प्रहरी जवानले भने,‘हाकिमकै आदेशमा लाइन मिलाएर स्याउ, मदिरा र पेट्रोल पारि पार हुँदा हामी रोक्ने अवस्था हुन्न।’

पछिल्लो समय ठाढी र बरियारपट्टी नाकामा चल्ने प्रत्येक यात्रु बसमा स्याउ कोचेर सीमापार गर्नेहरूको जगजगी छ। पछिल्लो समय सिरहा नाकामा तस्करको रजाँइ छ। सेटिङ मिलेपछि तस्करका सामान स्थानीय सुरक्षाकर्मीबाट पक्राउ पर्ने भय हुँदैन, एक स्याउ व्यपारीले भने,‘प्रहरी मिलेपछि माल पक्राउपर्ने जोखिम हुँदैन।’ माल पक्राउ पर्ने जोखिम प्रहरीबाटै हुन्छ ती व्यपारीले भने,‘प्रहरीलाई मिलाएपछि लाइन क्लियर।’ पछिल्लो समय तेस्रो मुलुकको स्याउ तस्करीको प्रमुख नाका ठाढी र बरियारपट्टी बन्नुमा सहज सुरक्षा सेटिङलाई प्रमुख ठान्छन् यहाँका व्यपारीहरु । वारीबाट स्याउ, पेट्रोल र मदिरा पारी त्यसैगरी पारीबाट प्रतिबन्धित कुखुरा, प्रतिबन्धित साना साईजका ग्यास सिलिण्डर वारी भित्रिने क्रम बढेको छ।

सिरहाको ठाढी नाकामा भन्सार कर्मचारी, सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट र प्रहरी चौकी छ । बरियारपट्टी नाकामा पनि भन्सार कर्मचारी, सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट र प्रहरी चौकी छ।

सन १९५० को नेपाल–भारत वाणिज्य सन्धिमा तेस्रो देशबाट आयातित कुनै पनि वस्तु तथा सामान आफ्नै मुलुकमा खपत गर्नुपर्ने उल्लेख छ । नेपालका लागि भित्रिने तेस्रो मुलुकको चाइनिज स्याउ भारत लग्दा अवैध ठहरिन्छ।नागरिक बाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution