अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् ।
ललितपुरमा आज भएको १६ औं साधारणसभाले शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रत्यासी मणि कुँवरलाई ५१ मतले हराउँदै शेर्पा अध्यक्ष चुनिएका हुन् ।
शेर्पाले ६३ र कुँवरले १२ मत पाए । विधिसम्मत नभएको भन्दै निर्वाचन प्रक्रियामा सहभागी नहुने घोषणा गरे पनि प्रक्रियागत रुपमा कुँबरको उम्मेदवारी कायमै थियो । यस्तै, उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह कृष्णबहादुर थापा र बीरबहादुर खड्का निर्वाचित भएका छन् ।
४ उपाध्यक्षका लागि ९ जना प्रतिस्पर्धामा थिए । ११ सदस्यीय कार्यसमितिमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, र प्रदेशसिंह राठौर निर्वाचित भएका छन् ।
यस्तै, दीनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ पनि सदस्य चुनिएका छन् । सदस्यमा २९ जनाबीच प्रतिस्पर्धा भएको हो । महिला सदस्यमा पेमा लामा निर्विरोध भएकी थिइन् । ७७ मध्ये ७६ मत खसेको थियो ।