किमको जुत्तामा बिश्वको चासो , आखिर के छ उनको जुत्तामा ?

बीबीसी–गएको साता उत्तर कोरियाली शासक किम जोङ ऊनले उत्तर कोरियाली सीमा पार गरेर दक्षिण कोरियाली जमिनमा पाइला टेकेर इतिहास रचे ।
संघर्ष, दुष्प्रचार, प्रतिबन्ध, धम्की, सैन्य अभ्यास मुद्दा, परमाणु खतराबाट वितेका ७० बर्षमा यो पहिलो मौका थियो, जब उत्तर कोरियाका कोही नेता आफ्नो सबैभन्दा कट्टर दुष्मनका गएको होस् ।
किम जोङ उनको पाइला जब दक्षिण कोरियाली समकक्षी मून जे इनको स्वागतका लागि अगाडि बढे, डिडियादेखि विशेषज्ञसम्मको नजर नेताहरुका सबैपक्ष र पाटामाथि थिए । यतिसम्मको किमको जुत्तामाथि पनि मिडिया र विषेशज्ञको नजर थियो ।
अहिलेसम्म किमको जे तस्बीर बाहिर आएका थिए, ती सबै उत्तर कोरियाली मिडियाबाट आउथे । विशेषज्ञको यो बुझाई छ कि यी तस्वीरमाथि काम गरिएको हुन्थ्यो ।
सायह यही कारण थियो कि किमको जुत्तालाई लिएर पनि बहस भयो । विभिन्न किसिमका टिकाटिप्पणी हुन लागे । यसको अनुमान यो बाट पनि लगाउन सकिन्छ कि दक्षिण कोरियाका एक राम्रो पत्रिकाले किमको जुत्तामाथि अध्ययन गर्न सात सदस्यीय विशेषज्ञको टीम नै बनायो ।
केही दक्षिण कोरियाली र अमेरिकाका जानकारको बुझाई छ कि यी कुराले कुनै नेताको स्वास्थ्य र उसको मानसिक अबस्थाबारे झल्को दिन्छ । किमका बारे विश्वका धेरै मानिसलाई यो कुरा थाहा छैन, जुन उत्तर कोरियाको प्रपोगण्डा सिस्टमलाई पार गरेर आएको होस् ।
अमेरिकाको पत्रिका वाशिंगटन पोस्टले यीनै नीतिका आधारमा कुनै देशलाई हेर्ने नीति बनाइन्छ । उदारणका लागि यदि किम गंभीर बीमारीबाट पीडित छन् भने उनको नेतृत्व र उत्तर कोरियाको सत्ताको उत्तराधिकारीलाई लिएर प्रश्न उठ्छन् ।
तर कुरा यही आएर रोकिन्छ अब कुन नयाँ चिज आयो जसले किमको जुत्ताको चर्चा पायो ?
यद्यपी उत्तर कोरियामा किमका बारेमा धेरै कुरा सात पर्दाभित्र राखिएको छ । तर, यसको बावजूद जारी तस्बीर हेरेर किमको स्वास्थ्यबारे विशेषज्ञले अडकल लगाउने गरेका छन् ।
विशेषज्ञ जुन आधारभूत विषयमा सहमत छन् कि किमको तौल धेरै छ, उनलाई हिड्डुलमा कठिन हुन्छ । बर्ष २०१४ मा एउटा भिडियो बाहिर आएको थियो, जहाँ किमलाई हिँड्दा आउने समस्या सुल्झाउने विषयमा परामर्श गरिएको थियो |
किमको आधिकारीक तस्बीर हेरेर विशेषज्ञले उनको बायाँ कानको नजिकै रहेको एशट्रेबाट यो अनुमान गरिएको थियो कि किम निकै चुरोट पिउँछन् । यद्यपी उत्तर कोरियाली सरकार धुम्रपानबाट बच्नका लागि आफ्ना नागरिकलाई अपिल गर्छ ।
दक्षिण कोरियाका राष्ट्रपति मून जे इनसँग किमको वार्ताका तस्वीर आए, यसबाट विषेशज्ञले अनुमान गरे कि उनलाई हिँड्नमा आएको समस्या बल्झिएको छ । यस्तो पनि लाग्छ, उनलाई स्वासप्रश्वासमा पनि केही समस्या छ ।
यद्यपी विशेषज्ञले यसबारे विस्तारमा केही भनेका छैनन् । यो पनि भन्ने गरिन्छ कि मून जे इनसँग वार्तालाई लिएर पैदा भएको तनावले किमको ‘छाती फुलेको’ छ । यसैकाबीच किमको जुत्ताको प्रचार गरिएको छ ।
राष्ट्रपति मून जे इनसँग किमको वार्तामा शुरुदेखि नै विशेषज्ञको नजर उत्तर कोरियाली नेता किमको जुत्तामा थियो । किम सामान्य त ढिला पैन्ट लगाउँछन्, जसले जुत्ता छोप्छ । कतिपय मानिसको यो मान्यता छ किम केही लुकाउनका लागि यस्तो पेन्ट लगाउँछन् ।
दक्षिण कोरियाको पत्रिका चोसुन इल्बो ले विशेषज्ञको हवालाबाट भनेको छ कि किमको जुत्ताका हिल केही अग्लो छ । सामान्यत पुरुष यति अग्लो हिल लगाउदैनन् । केही विशेषज्ञले यसलाई निकै नजिकबाट हेरेका छन् ।
कतिपय विशेषज्ञले यसको अर्थ यो लगाएका छन कि किम आफुलाई एक उचाईको नेताका रुपमा पेश गर्न चाहन्छन् । किमको द्धितीयको उचाई १५७ सेन्टीमिटिर थियो, जवकि किम जोङ उनको उचाई १७० सेन्टीमिटर छ ।
तर, दक्षिण कोरियाली राष्ट्रपतिसँगको कुराकानीमा यो अनुमान भन्दा फरक विषय बाहिर आयो । उचाईवाला हिल भएका जुत्ता लगाएर पनि १६७ सेन्टीमिटर उचाईका मुन भन्दा किम केही होचो देखिएका छन् ।
तर, उत्तर कोरियाली नेताका लागि अग्लो हुनु किन महत्वपूर्ण छ ?
केही विशेषज्ञको भनाई छ कि, सत्तासँग जोडिएको छविलाई लिएर बनेको धारणाका विषयमा उत्तर कोरिया कुनै अनौठो देश होइन । त्यहाँ पनि उचाईको सत्तालाई आदरको प्रतिक मानिन्छ ।
किमलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले कहिलेकाही ‘लिटिल राकेट म्यान’ भनेर व्यङ्ग गरेका थिए । नोभेम्वर २०१७ मा राष्ट्रपति ट्रम्पले ट्वीट गरेका थिए, ‘किम जोङ उनले मलाई बुढा भनेर मेरो अपमान गरे । मैले उनलाई कहिल्यै पुड्का र मोटो भनेको छैन ।