हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

अत्यन्त प्रिय छ मलाई यो देशको माटो -डा. उपेन्द्र देवकोटा

डा. देवकोटाका विविध अनुभव र मान्यताको श्रृंखला

पाँच महिनाअघि निको भएर फर्किने आसका साथ लन्डन गएँ। तर फर्केर त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेपछि महसुस गरें- पाँच महिनाअघि जाँदाको उद्देश्य रोगमुक्त भई स्वस्थ भएर फर्किने थियो भने फर्केर आउँदाको उद्देश्य नितान्त फरक थियो। मुलुकमै प्राण बिसाउँ, यही निर्णायक चाहना बन्यो। मातृभूमिको हावा, पानी, माटो र आफन्तहरुको अनुहार मात्र अगाडि थियो।

अप्रिल २८ प्लेनबाट उत्रँदा (वैशाख १५) एयरपोर्टमा एम्बुलेन्स गएको थियो मलाई लिन। हल्का पानी परिरहेको थियो। एयरपोर्टको भूमिमै माटोको चन्दन लगाएँ। यो देशको माटो मलाई अत्यन्तै प्रिय छ। र, त्यसैले प्रेरित भएर फर्किन पाएकोमा म अत्यन्त खुशी पनि छु।

एम्बुलेन्सबाट बाँसबारीस्थित आफ्नै न्यूरो अस्पताल ल्याइयो, साथीहरुको आत्मीयता माझ। उहाँहरु मप्रति अत्यन्त समर्पित हुनुहुन्छ, सबै सुविधा दिइरहनु भएको छ। कमिटी मिटिङहरु, अनि मेरो ट्रिटमेन्टमा उहाँहरु जुट्नुभएको छ। म अत्यन्त सन्तुष्ट छु। ममा अहिले केही शक्ति सञ्चय भएको लागिरहेको छ। हेरौं कति रहन्छ।

फर्किएको थाहा पाएपछि थुप्रै शुभचिन्तकहरु भेटघाटका लागि आउनुभयो। कतिलाई भेट्न सकें, कतिलाई सकिनँ। उहाँहरुको सद्भावप्रति म अत्यन्त अनुग्रहित छु। उहाँहरुको माया पाएकोमा म खुशी छु। आखिर म फर्किएको पनि त त्यसैका लागि हो।

परिवारबाट अपेक्षित व्यवहार पाइरहेको छु। विभिन्न क्षेत्र र आफ्नै प्रोफेसनका मित्रहरुको माया पाउँदा जिन्दगीमा केही गर्न सकेछुजस्तो लागेको छ। अझ बिरामीहरुको सद्भाव र उहाँहरुबाट आएको टेलिफोनका लागि म कृतज्ञ छु।

म गाउँबाट आएको सामान्य व्यक्ति हुँ। तर अहिले पाएको सद्भावबाट सिंगो नेपाल मेरो र म सबैको भएको रहेछु जस्तो पनि लाग्न थालेको छ। अस्पतालबाटै आफ्नो बाल्यकाल, स्कुले जीवन र त्यसबेलाका विभिन्न गतिविधि नियाल्न थालेको छु।

फर्किएको थाहा पाएपछि थुप्रै शुभचिन्तकहरु भेटघाटका लागि आउनुभयो। कतिलाई भेट्न सकें, कतिलाई सकिनँ। उहाँहरुको सद्भावप्रति म अत्यन्त अनुग्रहित छु।

म पहाड गोर्खाको पण्डित गाउँमा जन्मेँ, हुर्केँ। मेरा पिताजी सरकारी सेवामा हुनुहुन्थ्यो, कविराज। कमै मान्छे सरकारी सेवामा हुने गर्थे त्यसबेला। म उहाँको तेस्रो छोरा। पिताजीको जगजगी थियो। दुई दाजुहरु मभन्दा ८ र १० वर्ष जेठो हुनुहुन्थ्यो। पिताजीले आफ्ना भानिज भाइलाई गुरु बनाएर राख्नु भएको थियो। वास्तवमा हाम्रो घर नै पाठशाला बनेको थियो। त्यही पाठशालामा गाउँ वरिपरिका आउने गर्थे। अनौठो, आफ्नै खालको गुरुकुल जस्तो थियो त्यो। घरबाट विद्यार्थीहरु चामलघीउ लिएर आउँथे। अनि बिहानै डेराबाट खाना खाएर हाम्रो घर आउँथे। एउटै गुरुले सबै विषय पढाउनुपर्थ्यो। पूर्वमध्यमासम्म पढेर विद्यार्थीहरु जाँच दिन काठमाडौँ जान्थे। त्यहाँ पढेका धेरैमध्ये डा. वासुदेव त्रिपाठी एक जना हुनुहुन्छ। अरु पनि थुप्रै छन् त्यस्ता। त्यो परिस्थिति र माहोलमा जन्मेको थिएँ म।

मेरो पढ्ने उमेर भएपछि अंग्रेजी पढ्ने कि संस्कृत, विवाद देखा पर्‍यो। फर्केर हेर्दा लाग्छ, मेरो पिताजी संस्कृत नै पढाउनेमा हुनुहुन्थ्यो।

२०१५ तिर म पढ्ने उमेरको हुँदा अंग्रेजी स्कुल पनि खुल्यो गाउँमा। अब गाउँका समकालीन साथीहरु ‘मिसन स्कुल’ गएर अंग्रेजी पढ्न थाले। म गाउँमै अमरकोष घोक्न थालेँ। पिताजी मलाई शास्त्री, आचार्य बनाउन चाहनुहुन्थ्यो। दाइहरुले पनि संस्कृत नै पढ्नुभयो।

म पनि थाहै नपाई त्यत्तै जाँदै थिए। दुई वर्षपछि मेरो आमाले अंग्रेजी स्कुलमा लैजानुभयो भर्ना गर्न मलाई। नपढेकी आमाले। एकैपल्ट कक्षा दुईमा। २०१७ तिरको कुरा हो यो।

६ महिनामै दुईबाट तीनमा गएँ र अर्को ६ महिनामा ४ मा। फर्स्ट हुनेलाई डबल प्रमोसन दिइन्थ्यो। चारमा पनि फर्स्ट भएपछि पाँच कक्षाका लागि ‘लुँइटेल’ जानुपर्ने हुन्थ्यो। जंगलको बाटो, टाढा, म गाउँमै चार कक्षामै रहेँ। तीन महिना रोकिँदा एक वर्षको फरक पर्थ्यो। अहिले सोच्छु, त्यसैबेला माथिल्लो क्लासमा ‘लुँइटेल’ पुगेको भए?

युनाइटेड मिसन टु नेपालको हेडक्वार्टर आँपपिपलमा थियो। मिसनले २२ प्राइमरी, दुई मिडल र एउटा हाइस्कुल खोल्यो। यसरी सुरु र विस्तार भयो अंग्रेजी पढाइ। हाइस्कुल भवन बनाउने अभियान पनि सुरु भयो। त्यो स्कुलले शिक्षामा पुर्‍याएको योगदान हामी स्वयमले देख्यौँ, महसुस गर्‍यौँ। सात कक्षापछि स्कुल भवन बन्यो।

त्यसमा हामी पनि लाग्यौँ। हामी हुर्केको बेला शिक्षा र चेतनाको विस्तारको बेला पनि थियो त्यो। गोर्खाको माहोल अलिक फरक थियो।

२०१० मा नै हाम्रा दाजुहरुले पुस्तकालय खोल्नुभएको थियो, आफ्नै किताबहरु दिएर। राजधानी उपत्यका बाहिरका २/४ पुस्तकालयभित्रै पर्थ्यो त्यो। चेतनाको चौतर्फी विस्तार भइरहेको थियो। कक्षा ६ देखि १० सम्म पढ्दा नै विविध सामाजिक क्रियाकलापमा लाग्यौँ हामी। पुस्तकालय सञ्चालनका लागि समितिको चुनाव र पालैपालो नेतृत्व एउटा पक्ष थियो। आर्थिक संकलनबाट ‘द राइजिङ नेपाल’ र ‘गोरखापत्र’सहित तीनवटा पत्रिका मगाउने गर्थ्यौँ हामी। गोरखापत्र संस्थानमा ४८ रुपियाँ बुझाएपछि एक वर्षका लागि एउटा पत्रिका आउँथ्यो। ५ दिन लाग्थ्यो हुलाकबाट गोर्खा पुग्न। हुलाकबाट बटुलेर पालैपालो गाउँ लाने गर्थ्यौ ती पत्रिका हामी।

त्यही पढेर लेखरचना, भाषा शुद्धाशुद्धि सिक्यौँ। पाठ्यक्रममा सीमित रहेनौँ। म एकपल्ट महासचिव बनेँ पुस्तकालयको। नेपालस्थित सबै दूतावासलाई चिठ्ठी लेख्यौँ किताब सहयोगका लागि। गोरखा पत्र, साझालगायतका प्रकाशन, कवि, लेखक सबैलाई लेख्यौँ। अन्तमा दुई ठाउँबाट सहयोग पायौं। अमेरिकी दूतावासबाट नियमित रुपमा आउन थाले उनीहरुका केही प्रकाशनहरु। तर ब्रिटिश दूतावास बढी नै उदार देखियो। उसले ब्रिटेनिका इन्साइक्लोपेडिया लगायतका थुप्रै पुस्तक पठायो। पुस्तकालय समितिको महासचिव भएकाले भरिया लिएर पालुङटार पुगेको याद छ मलाई।

त्यो पुस्तकालयको योगदान साँच्चै अतुलनीय छ, हामी र हाम्रा पुस्ताहरुमा। ज्ञानलाई दिमागमा हैन, समाजसँग जोड्न सिक्यौँ हामीले। चेतनासँगै दायित्व बोधभयो हामीमा।

हामी ५ देखि १० कक्षाका विद्यार्थीहरुले गाउँ सुधार समिति पनि बनायौं, त्यसको विधान बनायौ। जसले ६ कक्षामा पढ्दा गाउँ सुधार समितिको विधान लेख्न सक्छ, त्यसले ६० वर्षको हुँदा देशको संविधान अवश्य लेख्न सक्छ। ठूलो एक्सपोजर दियो, आत्मविश्वास दियो र दायित्वबोध गरायो त्यो अनुभवले।

म गाउँबाट आएको सामान्य व्यक्ति हुँ। तर अहिले पाएको सद्भावबाट सिंगो नेपाल मेरो र म सबैको भएको रहेछु जस्तो पनि लाग्न थालेको छ। अस्पतालबाटै आफ्नो बाल्यकाल, स्कुले जीवन र त्यसबेलाका विभिन्न गतिविधि नियाल्न थालेको छु।

गाउँमा हुने नराम्रा क्रियाकलाप रोक्न हरेक शनिबार गाउँका गल्ली र पानीपँधेरोको सरसफाइ र आइतबार आफ्नै नुहाइधुवाइको लागि छुट्याएका थियौँ। रक्सी र जुवा बन्द गर्ने अभियानमा पनि लाग्यौँ। म सम्झन्छु, एकपल्ट पुलिस स्टेसन पनि गयौं र पुलिसलाई लिएर जुवा खेल्ने ठाउँमा पनि पुग्यौं। कानुनले जुवा रोक्न भनेको ज्ञान थियो हामीलाई।

गाउँ सुधार समितिले नाटक मञ्चन पनि गर्ने गर्थ्यो। वर्षको २/३ ओटा नाटक लगाउँथ्यो। केटीहरु नाटक खेल्ने अवस्था या बेला थिएन। महिलाको अभिनय पनि केटाहरुले नै गर्थ्यौँ। हाम्रा दाइहरुले काठमाडौँमा गोर्खा नाटक समिति खोल्नुभएको थियो। उहाँहरुले एक सेट नाटक सामग्री, ‘विग,’ भेषभुषा आदि पठाइदिनु भएको थियो। एकपल्ट त हामीलाई सदरमुकाममा पनि बोलाइयो। पैसा उठ्यो हाम्रो नाटकबाट। भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, गोविन्दबहादुर गोठाले आदि सबैका नाटक खेल्यौं। बालकृष्ण समको सकेनौं। अनि हामी आफैँ पनि नाटक लेख्न थाल्यौं। रंगमन्चको त्यो अभ्यासदेखि जिन्दगीको यो पाटोसम्मको यात्रा कहिल्यै अवरुद्ध रहेन।

यो सांस्कृतिक पक्षसँगै, हामीले खेलकुदलाई पनि अगाडि बढायौं। हाम्रो गाउँको भलिबल टिम स्कुललाई चुनौती दिनसक्ने अवस्थामा थियो। भाइबहिनीहरुलाई दौडाउँथ्यौं। यी सब कारणले गर्दा पढ्ने समय कम रहन्थ्यो हामीसँग।

म अब सायद बिरामीको सेवामा फर्कन पाउने छैन

मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन्। उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ। म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ अावश्यक व्यवस्था गर्न। घरबाट प्याक गरेको स्यान्डविच थियो हामीसँग। माया गरेर बियर पनि राखिदिएको रहेछन् फ्रिजमा। गोरखा लिगलिगबाट द्रव्य शाहको दरबारतिरको उकालो लाग्यौँ। हेनरी मभन्दा ३/४ वर्ष जेठा हुन्। उक्लँदा मलाई अलिअलि गाह्रो भो। म सहरिया भएछु क्यारजस्तो लाग्यो।

माथि पुगेर ‘पिकनिक’ गरौँ भनेँ मैले हेनरीलाई। लोकल बियर निकालेँ अनि ३ सय ६० डिग्रीको सेरोफेरोमा दृश्यावलोकन गर्‍यौँ त्यहीँबाट। मर्स्याङ्दी, लमजुङ, चेपे, गोर्खा दरबार सबै वरिपरि। हेनरीलाई चिनाएँ ती दृश्यहरु।

एक बोतल बियरबाट ५/७ घुट्का पिएपछि मन लागेन। हेनरीलाई पनि खासै रमाइलो लागेन। बियरको तर्पण दिएर ओर्लियौँ। यो उमेरमा ग्यास्ट्राइटिस राम्रो हैन। काठमाडौँ गएर इन्डोस्कोपी गर्न भने उनले। मलेखुमा उनलाई ‘ड्रप’ गरेर काठमाडौँ गएँ म। पाटन अस्पताल पुगेँ, रिपोर्ट अनौठो आयो। ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर पोजिटिभ देखियो। उपचार सुरु भयो। मलाई फाइदा भएन, काम पनि गरिराखेँ। औषधि पनि खाइ राखेँ।

त्यसपछि चुनावको रौनक थियो। गोरखाको चुनाव रमाइलो थियो। विभिन्न कारणले वामगठबन्धनको पक्षमा उभिने निधो गरेँ। करिब १० दिनपछि फेरि गोरखा गएँ। एकैदिन त्यस बेलाका पूर्व प्रधानमन्त्री र अहिलेका पनि प्रधानमन्त्री केपी ओली, प्रचण्डजीसँग तीनओटा र्‍यालीमा भाषण दिएर काठमाडौँ फर्किएँ।

विद्यार्थी जीवनमा वादविवाद प्रतियोगितामा अक्सर पहिला हुन्थेँ। तर यता आएर भाषण दिने बानी हटेको थियो। राम्रै बोलेँ। थारो भैँसीलाई कुँडो ख्वाएर अनुत्पादक काम नगर्न आग्रह गरे सबैसँग। भाषणपछि काठमाडौँ फर्केँ तर धेरै थाकेँ। भोलिपल्ट हेनरी बेलायत फर्कँदै थिएँ। म तल झरेर ‘बाई’ भन्न सक्ने अवस्थामा पनि थिइन। बिहीबार दिनभरि आराम गरेँ। शरीर पलाएपछि अस्पताल गएर शुक्रबार अप्रेसन गरेँ।

गोरखाकी एकजना १२ वर्षकी बहिनी थिइन्। उनको अपरेसन म आफै संलग्न भएर गर्नुपर्ने थियो। एक जना सहकर्मी डाक्टरको काम चित्त बुझेन। म ‘इरिटेट’ भएँ। तर, मैले सोचेँ, म यति ‘डिमान्डिङ’ र ‘इरिटेट’ हुने मान्छे हैन, यो मेरो चरित्र हैन। ‘समथिङ मस्ट बी रङ विथ मी’ भन्ने लाग्यो। ट्वाइलेट गएँ, पहेँलो बाक्लो पिसाब आयो। ऐना हेरेँ, आँखा पहेँला। ‘डीप जन्डिस’ लाग्यो। शंका पनि लाग्यो। मैले खाइरहेको ‘क्लेरिथ्रोमाइसिन’ को काम हो र त्यो औषधि सकिएपछि यो कम हुने आश पनि थियो। आफ्नै अस्पतालमा तल गएर एमआरआई र अल्ट्रा साउन्ड गरेँ। त्यो हेरेपछि छाँगाबाट खसेजस्तो भएँ।

त्यो पहिला सोचेजस्तो कोलेस्टेटिक जन्डिस थिएन। पित्त नली थिचिएर अवस्ट्रक्टिभ जन्डिस थियो त्यो। भोलिपल्ट शनिबार एक्स्पर्ट मित्रहरु बोलाई कन्सल्ट गर्दा जटिल खालको कलेजोको भेट्नामा मासु पलाएको जन्डिस देखियो। नलीहरु ‘ड्रेन’ गर्न नसके २/४ दिनमै जीवनमा असर पार्न सक्ने अवस्था देखियो। मुलुकमा र यो क्षेत्रमा काम गर्नको लागि एक्सपर्टिज कहाँकहाँ छन्, छलफल गर्‍यौँ। ढुक्क हुन सकिएन। तत्काल बेलायत फोन गर्‍यौँ हेनरीलाई।

उनले किंग्स कलेज हस्पिटलका चिफ सर्जन फ्रोफेसर नाइजल हिटनको नाम लिए। उनीहरु दुवै जनाको मित्रतासँगै एउटा विशेष भिडियो पनि रहेछ। हेनरीले भनेपछि मंगलबारको ‘अप्वइन्टमेन्ट’ निश्चित भयो। सोमबार काठमाडौँबाट उडेर मंगलबार नाइजललाई भेटेँ।

म सँधै नै मुलुकभित्र सम्भव उपचार यहीँ हुनपर्छ र सक्नेले सरकारी ढुकुटीमा आँखा लगाउन हुँदैन भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ। मेरो केसमा पुष्टि भयो, यसको उपचार नेपालमा सम्भव थिएन।

नाइजललाई भेटेको भोलिपल्टै उनले आफ्ना विभागका ५/६ जना ख्यातिप्राप्त ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई बोलाए।

बुधबार ह्यारिसनलाई सुकेको नलीमा ‘स्टेन्ट’ हाल्ने काम दिइयो। उनले एकातिर हाल्न सके, अर्कोतिर सकेनन्। त्यसपछिका डा. जोन डेभलिनले ‘टेक अप’ गरे। पहिलो, दोस्रो र तेस्रो प्रयास असफल भएपछि चौथो ‘सिटिङ’ मा स्टेन्ट त हाले तर वायोस्पी सम्भव भएन। अन्तमा पाँचौँ ‘सिटिङ’ मा भित्रै अल्ट्रासाउन्डपछि अत्यन्त ‘सोफिस्टिकेटेड’ प्रोसेसबाट बायोस्पी गरे उनले। वाइल डक्ट (पित्त थैली) क्यान्सर देखियो।

उपचार अत्यन्त जटिल छ, जाने बाटो एउटै छ। कोलोन्जियो कार्सीनोमाको स्ट्यान्डर्ड उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने। त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम शुरु गरे।

नोभेम्बर २१ मा बेलायत पुगी जनवरी २५ मा मात्र किमोको पहिलो डोज लिन पाएँ। सबै कुरा ढिलो हुन पुग्यो। किमोपछि ल्युकोपोनिया र कलेन्जाइटिससँग जुध्दै रहेँ। लढ्दैपढ्दै तीन साइकल किमो लिन पाएँ। तर, मेरो ट्युमर बढ्दै गएको देखियो। पाल अलि निराश देखिए उनको उपचारले रेस्पोन्ड नगरेकामा।

सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो। त्यो दु:खद थियो। फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन। रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ। रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन्। त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन।

किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्टमात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा थिएँ म।

खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी जीवन तपाईँहरु सबैबीच बस्ने निधोका साथ फर्केँ।

निको नहुने रोग लाग्दा के गर्ने? म स्वयम् चिकित्सक हुँ। मेरो व्यक्तिगत धारणा के हो भने जब निको नहुने रोग लाग्छ त्यसबेला अनावश्यक उपचारमा लाग्नुभन्दा शरीरमा केही शक्ति हुँदासम्म काम गर्नु उत्तम हुनेछ। त्यही मान्यताका साथ किमोबाट थप जटिलता निम्त्याउनुभन्दा बाँकी जीवन मेरो आफ्नै देशको माटो हावापानीमा बिताउने निधो गरेँ। दाजुभाइ दिदी बहिनीहरुकै समिपमा।

मेरा आफ्ना अनुभव र उपलब्धीहरुले अरुका लागि के अर्थ राख्लान् मलाई थाहा छैन। तर मलाई मेरो हावा पानी माटो र तपाईँहरु सबै अत्यन्त प्रिय हुनुहुन्छ। त्यसैले म केही बोल्ने प्रयास गर्नेछु।

म फेरि सायद बिरामीहरुका सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरुप्रति सद्भाव र शुभकामना राख्नेछु। मेरा अनुभव र भनाइ राख्दै जानेछु।

मृत्यु अवश्यंभावी छ।
गीतामा पनि भनिएको छ, ‘जातस्य ही ध्रुबो मृत्यु‍… ।’
अर्थात जन्मपछि मृत्यु निश्चित छ।
हेनरी लंगफेलोले भनेका छन्, जिन्दगी भनेको आमाको गर्भबाट निस्केर चिहानसम्मको यात्रा हो।

हामी चिकित्सकले त्यो यात्रालाई केही लम्ब्याउने टार्ने प्रयास गर्छौँ।
क्षेत्रप्रताप अधिकारीको यो गीतको अर्थ अहिले बुझ्न थालेको छु।

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ

वास्तवमा मर्नु आफैँमा ठूलो कुरा हो। मर्ने व्यक्तिले उसलाई सम्झने के कुरा बाँकी छाडेर जान्छ यो लोकमा त्यसले महत्व राख्छ।

देश सन्चारबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution