मलेसियामा फोनिज गठन हुँदै

मलेसिया सहकर्मी,आर एन चौधरी थारु |नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को शाखा मलेसियामा गठन हुने भएका छ । ६ मे २०१८ (आइतबार)को दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित द-फाइभ एलिमेन्ट होटेलमा आदिवासी जनजाती पत्रकार संघ मलेसिया गठन हुने भएको छ।
मलेसियामा रहेर पत्रकारिता गरि रहेका र पत्रकारिता गर्न इच्छुक नेपाली आदिवासी जनजाती युवा/युवतीहरु लाई एकजुट गरि आदिवासी जनजातिहरुको माग,मुद्दा र समाचारहरुलाई मुलधारका (राष्ट्रिय स्तर)का भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरुलाई पाखा लगाइ अपुरो समाचार र सन्देशहरु मात्र प्रवाह भैरहेको हुनाले आदिवासी जनजातिहरुको माग मुद्दा र गतिविधीहरुलाई प्रभावकारी रुपमा प्रवास बाटै सबै नेपालीहरु समक्ष पुर्याउन आदिवासी जनजातिहरुको छुट्टै संगठनको आवश्यकता महसुस गर्दै मलेसियामा पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया ( फोनिज)शाखा पहिलो चोटि गठन गर्न लागेको प्रथम अधिबेशन त्यारीको संयोजक सुनाखरी मगरले जानकारी गराउनु भयो।
प्रथम अधिवेशनको उद्घाटनमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका सङ्गठन सचीव मिलन लिम्बु र लिम्बुवान पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङको विशेष उपस्थितिमा हुनेछ्न भने अधिबेशनको त्यारी लगभग पूरा भैइ सकेको र मलेसियामा रहेका सम्पुर्ण जातिय/गैर जातीय संघसंस्था,विभिन्न पार्टीका भात्री संगठनहरुलाई पत्रकार गरि सकेको संयोजक मगरले बताउनु भयो।