हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तिब्र गतिमा निर्माण हुदै

भैरहवा — निर्माण सुरु भएको केही महिनापछि भूकम्प, मधेस आन्दोलन, नाकाबन्दी, ठेकेदार र सहठेकेदारबीच विवादले सुस्ताएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले गति लिएको छ ।


आयोजनाले गति लिएपछि निजी लगानीकर्ता उत्साहित बनेका छन् । अहिले धावनमार्ग, टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण धमाधम चलिरहेको छ ।

‘अबको एक वर्षमा आयोजनाको सम्पूर्ण संरचना पूरा गर्ने लक्ष्यका साथ निर्माणकार्य अघि बढेको छ,’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माले भने, ‘सन् २०१९ को जुनभित्र आयोजनाको संरचना सम्पन्न हुनेछ ।’ सन् २०१९ लाई ‘अप्रेसन इयर’ (सञ्चालन वर्ष) का रूपमा घोषणा गरिने उनले जनाए । टर्मिनल भवनको छाना र धावन मार्गको पिचको कार्ययोजना निर्धारण गरिएको छ । जसअनुसार आउँदो मंसिरसम्ममा टर्मिनल भवनको छाना हालिसक्ने र फागुनसम्ममा धावन मार्गको पिच सम्पन्न गर्ने गरी कार्ययोजना निर्धारण गरिएको हो । हाल धावनमार्गमा सबवेसको काम सकिएर बेसकोर्सको काम सुरु भएको छ । बेस कोर्सको काम दुई महिनाभित्र पूरा भएपछि पिचको काम थालिनेछ ।

टर्मिनल भवनको पहिलो र दोस्रो स्लाब ढलानको काम असारभित्र सक्ने र त्यसपछि छानाको काम मंसिरमा सक्ने गरी निर्माणकार्य अघि बढेको छ । अन्डरग्राउन्डसहित ८ तले कन्ट्रोल टावर एक सय दिनभित्र सक्ने गरी निर्माणकार्य जारी राखिएको छ । कन्ट्रोल टावरको निर्माण कार्य रातमा समेत गर्ने गरी मिलाइएको छ । ‘यही गतिमा निर्माणकार्यले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं र अब निर्धारित समयमा आयोजना पूरा हुने गरी कामले तीव्रता पाएको छ,’ शर्माले भने, ‘बरु विमानस्थलको संरचना पूरा भएपछि सञ्चालन कसरी गर्ने ? भन्नेतर्फ सम्बन्धित निकायले आवश्यक पूर्वाधारका लागि गृहकार्य सुरु गर्न जरुरी छ ।’ उनका अनुसार आवश्यक संरचना तयार भएपछि विमानस्थल सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था, उडान सञ्चालन गर्नका लागि एयरलाइन्सको खोजी, एयर रुट लिनेलगायत अन्य व्यवस्थापकीय तयारी सुरु गर्ने समय नजिक आइसकेको छ ।

आयोजनाको काम बीचमा शिथिल बनेपछि चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले गत सेप्टेम्बरमा नयाँ व्यवस्थापकसहितको टिम परिवर्तन गरेको थियो । आयोजनास्थलमा हाल दैनिक ७० जना चिनियाँ प्राविधिक तथा कामदारसहित २ सयभन्दा धेरै कार्यरत छन् । वर्षायाममा निर्माण कार्य नरोकिने गरी आवश्यक नदीजन्य निर्माण सामग्री सञ्चित गरिएको छ । सम्झौताअनुरूप कार्य प्रगति नभएकामा असन्तुष्टि जनाउँदै आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंकले लगानी रोक्ने चेतावनीसहितको पत्र पठाएपछि आयोजनाबारे आम जनता अन्योलमा थिए ।

पछिल्लोपटक आयोजनाको कामले गति लिएपछि अहिले बैंक पनि सकारात्मक देखिएको छ । गत डिसेम्बरदेखि भुक्तानी रोकेको एडीबीले मार्च र अप्रिलमा आयोजनास्थलमा आई अनुगमन र निरीक्षण गरेको थियो । आयोजनाले पछिल्लो समयमा गति लिएपछि निजी लगानी क्षेत्रमा पुन: उत्साह थपिएको र यस क्षेत्रको पर्यटन उद्योगमा लगानी बढ्न थालेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । ‘बीचमा आयोजनाको काम शिथिल हुँदा लगानीकर्तामा नैराश्यता छाएको थियो,’ न्यौपानेले भने, ‘पछिल्लो समयमा आयोजनाले गति लिएपछि निजी क्षेत्र उत्साहित बनेको छ र विशेषगरी यातायात र होटलमा लगानी बढ्न थालेको समाचार  कान्तिपुरमा छ |

प्रकाशित : वैशाख २१






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution