हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

भर्‍याङको रेलिङमा छिराएर सुन तस्करी, विमानस्थलबाट सुन निकाल्न छुट्टै भर्‍याङ

त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा थाई एयरलायन्स र फ्लाई दुबईका कर्मचारीको महत्वपूर्ण भूमिका रहेको अनुसन्धानबाट खुलेको छ।जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार ६३ जनाविरूद्ध दायर गरेको मुद्दाको अभियोगपत्रमा यी दुई एयरलायन्सका कर्मचारीले सुन विमानस्थलबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

अभियोगपत्रमा थाई एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि यात्रुलाई विमानबाट ओराल्न प्रयोग हुने गाडीसहितको केटिएम ४४ भर्‍याङलाई सुन निकाल्न मिल्ने गरी मोडिफाइड गरिएको बताइएको छ। यसरी भर्‍याङ मोडिफाइ गर्ने उपाय थाई एयरवेजको इन्जिनियरिङतर्फका सिनियर टेक्निसियन वीरेन्द्रमान श्रेष्ठ र गोपालकुमार श्रेष्ठले निकालेका हुन्। सुन आउने दिन यी दुई जनासहित समूहका अन्यको ड्युटी पार्ने काम कपिल पुरीले गर्थे।

अभियोगपत्रका अनुसार विमानमा आएको तस्करीको सुन निकाल्न छुट्टै भर्‍याङ लगाइन्थ्यो।

जहाजको पछाडिपट्टिको (ट्वाइलेटतर्फ) भर्‍याङ लगाउने काम एलबी भन्ने लालबहादुर मगर र वीरेन्द्रमानले गर्थे। वीरेन्द्रमानले गाडीको भर्‍याङको माथिल्लो सिँढी (जहाजमा चढ्दा दायाँ पर्ने भाग) को रेलिङको तलपट्टी फलामको प्वाल भएको बारको माथिल्लो भागमा रहेको बिर्को अर्थात सिललाई खोल्न मिल्ने र सुनका बिस्कुट छिराएपछि तल पिँधमा अड्किने स्क्रुनटले बन्द हुने बनाएका थिए।

उक्त भर्‍याङ जहाज आएपछि लालबहादुर मगर र वीरेन्द्रसमेतले लगाउँथे।

‘जहाजबाट सबै यात्रु निस्किसकेपछि दोराम खत्रीसमेतले ट्वाइलेटबाट सुन निकाल्ने र भर्याङको प्वालमा छिराउने गरेको देखियो,’ अभियोगपत्रमा भनिएको छ।

भर्‍याङमा बसेर मानिसको आवतजावतले चोरी पैठारीको काममा अवरोध नपुगोस् भनी गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले व्यवस्थापन गर्ने गरेको, सम्बीरप्रसाद तोलाङ र पुण्यप्रसाद तामाङले एयर होष्टेज र अन्य क्र्यु स्टाफलाई चलाखीपूर्वक निगरानी तथा छल्ने गरेको, जहाजभित्र लुकाएको सुन समूह बाहिरका मानिसले थाहा नपाऊन् भनी जहाज भित्रका ब्ल्यांकेट पट्याउने काम हेमन्त गौतम र बालकृष्णले गर्ने गरेको, भर्‍याङ ग्यारेजमा ल्याएर राखी रात परेपछि भर्‍याङबाट सुन निकाल्ने काम गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले गर्ने गरेको अभियोग पत्रमा उल्लेख छ।

सुन झिकेपछि प्रायः गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले आफ्नो मोटरसाइकल तथा स्कूटरमा बनाएको फल्स बटममा राखी र कहिलेकाहीँ बरामद जिन्स ज्याकेटमा राखी एयरपोर्ट बाहिर लैजाने गरेको अभियुक्तले बयान दिएका छन्।

अभियोग पत्रमा प्रतिवादीहरूले विशेष अनुसन्धान टोलीसमक्ष दिएको बयान, श्रब्यदृश्य अभिलेख सामाग्री, थाइ एयरवेजको जहाजमा लगाउने भर्‍याङको फोटो, भर्‍याङको वस्तुस्थिति ब्यहोराको मुचुल्का, जहाजको ट्वाइइलेटमा सुन लुकाउन प्रयोग गरिएको स्थान समेतका सामाग्रीबाट यो कुरा पुष्टि भएको दाबी गरिएको समाचार सेतोपाटीमा छ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution