हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

सुमन बम्जन तामाङ मेमोरियल स्पोर्ट् क्लाइम्विङ प्रतियोगिता सम्पन्न

काठमाडौ । नेपालकी प्रथम महिला सगरमाथा आरोही राष्ट्रिय विभुती पासाङ्ग ल्हामु शेर्पाको प्रतिष्ठा दिवस एवं रजत जयन्तीको उपलक्ष्यमा नेपाली खेलकुद पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाई रहेका मकवानपुरका युवा खेल पत्रकार सुमन भाेम्जनको २०७२ साल बैशाख १२ गते आएको महा बिनासकारी भूकम्पमा परि ज्यान गुमाएका सुमन भाेम्जनको स्मृतिमा नेपाल क्लाइम्विङ स्पोर्ट एसोसिएसन र पासाङ्ग ल्हामु प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको सुमन भोम्जन मेमोरियल स्पोर्ट क्लाइम्विङ प्रतियोगिता सम्पन्न भएको छ ।

बुधबार राजधानीको पासाङ्ग ल्हामु स्पोर्ट क्लाइम्विङ्ग सेन्टर धुम्वराहीमा सम्पन्न भएको प्रतियोगिता लिड क्लाइम्बिङ महिला तर्फ अनिशा जिरेल र पुरुष तर्फ सिद्धार्थ केसीले स्वर्ण पदक जितेका छन् ।

महिला तर्फ जुई थापा मगर रजत जित्दा अनिता खत्री कास्य पदक हात पारिन् ।

त्यसैगरी पुरुष तर्फ अनुप मल्ल र युवराज शाहीले रजत पदक र कास्य पदक जितेका छन् । त्यसैगरी प्रतियोगिताको टप रोप क्लाइम्बिङको महिला तर्फ स्वस्तिका चौधरीका स्वर्ण, बेनिसा राजबहाक रजत जित्दा विमला सुनारले कास्य पदक जितेकी छिन् । टप रोप क्लाइम्बिङको पुरुष तर्फ पेम्वा शेर्पाले स्वर्ण, भिम तामङले रजत जित्दा विजय सुनार कास्य पदक जितेका छन् ।

प्रतियोगितामा लिड क्लाइम्बिङ र टप रोप क्लाइम्बिङ गरी दुई विधामा ६० खेलाडीहरुले प्रतिस्पर्धा गरेको नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका महासचिव मेघराज पौडेलले जानकारी बताए । लिड क्लाइम्बिङ तर्फका विजेता महिला पुरुष खेलाडीहरुले नगद १५ हजार, १० हजार र ५ हजार नगत रुपैयाँका साथै मेडल, प्रमाणपत्र प्राप्त गर्दा, टप रोप क्लाइम्बिङका विजेता खेलाडीहरुले मेडल, प्रमाणपत्र मात्रै प्राप्त गरे ।

प्रतियोगितालाई नेपाल खेलकुद पत्रकार मञ्चको सहकार्यमा संचालन गरिएको थियोे । प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधी सभाका सदस्य जिवन राम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । न्युज २४ नेपाल  बाट |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution