हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा ले नस्वीकारेको ‘प्रेमकहानी’

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा बीचको अफेयरको चर्चा नयाँ रहेन ।  यसको उनीहरुले गर्ने खण्डन पनि नयाँ रहेन ।अहिले यो जोडी फिल्म ‘रामकहानी’मा व्यस्त रहँदा उनीहरुको कथित ‘प्रेमकहानी’ लाई  फेरि बाहिर आएको छ। दुवैबाट जना दावी गर्छन , ‘हामी राम्रो साथी मात्र हौं ।’

पूजाको जन्मदिनमा रातको १२ बजे नै फोन गरेर सुदर्शनले फस्र्ट विस गरेका थिए । फेसबुकमा लामो सन्देश पनि लेखेका थिए । तर, यसकै आधारमा प्रेम परेको भनेर ठोकुवा गर्न पनि मिलेन ।

यो जोडी विगत १० वर्षदेखि सँगै छ । उनीहरुको पहिलो भेट भने एउटा पत्रकार र निर्देशकको रुपमा भएको थियो । कुनै फिल्मी कार्यक्रममा पूजा हिमालयन टेलिभिजनकी रिपोर्टरको रुपमा उपस्थित थिइन् । त्यहाँ उनीहरुबीच औपचारिक परिचय भएको थियो ।

त्यतिबेला पूजाले केही म्युजिक भिडियो खेलेकी थिइन् भने सुदर्शनले केही चलचित्र निर्देशन गरिसकेका थिए । दुवै एक-अर्काको विषयमा जान्दथे । त्यसपछि उनीहरुको धेरै कार्यक्रममा देखभेट, बोलचाल भयो । मित्रता गहिरो हुँदै गयो ।

त्यतिबेलै सुदर्शन र नायिका सुश्मा कार्कीको प्रेम सम्वन्ध टुट्यो । पूजासँग निकटता बढाउन सुदर्शनलाई यो ब्रेकअपले मलजल गर्‍यो । आखिरमा उनले आफ्नो फिल्म ‘मधुमास’मा पूजालाई लिड हिरोइन बनाए । त्यतिबेला पूजाले एकाध फिल्महरुमा फुटकर रोल गर्न भ्याएकी थिइन् ।

मधुमासदेखि यता निरन्तर यो जोडी एक-अर्काको साथमा छ । पूजाले सुदर्शनलाई छोडेर बाहिरी ब्यानरको कुनै फिल्म पनि गरेकी छैनन् । आफैं निर्माणमा होमिँदा उनले सुदर्शनलाई नै निर्देशक लिएकी छिन् । उनीहरु अहिले आफ्नो प्रोफेसनमा एक-अर्काका परिपुरक भएका छन् ।

पूजाबाहेक अरुलाई हिरोइन नलिनुको कारणबारे सोध्दा सुदर्शन भन्छन्, ‘हामी लामो समयदेखि एउटै टिमको सदस्य भएका छौं, मलाई उहाँसँग काम गर्न सहज लाग्छ ।’

पूजा पनि सुदर्शनसँग काम गर्न आफूलाई कम्फर्टेबल हुने बताउँछिन् ।

अफिस एउटै भएकाले यो जोडी दिनहुँ सँगै हुन्छन् । तर, कामको सिलसिलामा बाहेक आफूहरुबीच भेटघाट नहुने सुदर्शनको दावी छ ।

‘हामी अहिलेसम्म सँगै घुम्न भनेर कतै गएका छैनौं, जति घुमेका छौं फिल्मकै सिलसिलामा गएका छौं,’ उनले भने । फोनमा पनि लामो कुराकानी नहुने उनको भनाई छ ।

‘केटा र केटी धेरै ठाउँमा सँगै देखिँदा मिडियामा गसिप बन्नु स्वाभाविकै हो । यसलाई अन्यथा लिएको छैन,’ सुदर्शन थप्छन् ।

त्यसो त उनीहरु दुवै पारिवारिक रुपमा पनि नजिक छन् । एक-अर्काको घरमा उनले पारवारिक कार्यक्रममा उनीहरु छुट्दैनन् ।

एउटी निर्मात्रीका रुपमा पनि सुदर्शन पूजाको प्रशंसा गर्छन् ।

‘उनी कुनै कुरामा पनि सम्झौता नगरीकन फिल्म बनाउने सोचकी निर्मात्री हुन्, खुलेर खर्च गर्न हिच्किचाउँदिनन्,’ सुदर्शनले भने । फिल्म निर्माणका क्रममा कतिपय कुरामा मतभेद पनि हुने तर त्यसले ठूलो रुप नलिने उनले बताएको अनलाइनखबरमा छ  ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution