हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

काभ्रेमा आन्तरिक विमानस्थल बन्ने, १५ दिनभित्रै टुंगो लाग्ने

काभ्रे-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ ।

आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अध्ययनको लामो समयसम्म पनि विमानस्थलले गति लिन सकेको थिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई विशेष चासो लिएपछि विमानस्थल निर्माणले सार्थकता पाउने भएको हो । पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको आज स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको १५ दिनभित्र काभ्रेमा कुन स्थानमा विमानस्थल बन्ने भन्ने टुंगो लगाइने बताए ।

उहाँका अनुसार मन्त्रालयद्वारा एक विज्ञ समिति दुई दिनभित्र गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछ । प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने मन्त्री अधिकारीको भनाइ छ ।

“काठमाडौँभन्दा बाहिर नजिकै आन्तरिक (डोमेस्टिक) विमानस्थल निर्माण गर्न सकियो भने अत्याधिक आन्तरिक उडान यहाँबाट गर्न सकिन्छ, हामीले आज हेरेका तीनै स्थान र यसभन्दा अगाडिका प्रतिवेदनको थप अध्ययन गरेर कुन प्रभावकारी, स्थानीय सहयोग र कम खर्चमा छिटो समयमा तयार हुनसक्छ छिट्टै निर्णय लिन्छौँ,”–मन्त्री अधिकारीले भने ।

पर्यटनमन्त्री अधिकारीले वैकल्पिक विमानस्थल निर्माणमा प्राविधिकलगायत सबै प्रक्रिया चाँडो अघि बढाउन आफ्नो घोषित १०० दिने कार्यक्रमभित्रै विमानस्थल कहाँ र कुन मोडलमा बन्ने भन्ने निर्णय भइसक्ने उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको विकल्पकारूपमा काभ्रेमा विमानस्थल निर्माण अपरिहार्य भएकाले यसमा सबैको सहयोग चाहिने बताए ।

उनले पर्यटकीय क्षेत्र काभ्रेको समग्र विकासका लागि पनि विमानस्थल आवश्यक रहेको भन्दै पर्याप्त स्रोत साधन परिचालन गरेर कम लागतमा चाँडो विमानस्थल निर्माण गरिनुपर्नेमा जोड दिए ।

बनेमा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरको मन्त्रीसहितको टोलीले निरीक्षण गरेको थियो । सहभागीले बैकल्पिक विमानस्थल निर्माण गर्दा स्थानीयको भावना र वातावरणीय सन्तुलन् व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताए भने अधिकांशले जिल्लाको समृद्धिका लागि विमानस्थल उपयुक्त हुने भन्दै निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भौगोलिक अवस्थिति, विमानको रुट, मौसमी अवस्था र प्राविधिक हिसाबले उपयुक्त स्थानलाई विमानस्थल बनाइनेछ । पर्यटनमन्त्री अधिकारी, सञ्चार राज्यमन्त्री बाँस्कोटासहित, काभ्रेका सांसद, नगरप्रमुख, क्यानका उच्च पदाधिकारी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीको टोलीले आज प्रस्तावित विमानस्थलको अवलोकन गरेको थियो ।

क्यानका महानिर्देशक सञ्जिव गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक’ चाप कम गर्न काठमाडौँ नजिकको गन्तव्य काभ्रेमा विमानस्थल निर्माणका लागि अध्ययन भएको बताए ।

उनकाअनुसार विमानस्थल निर्माणका लागि क्यानले वि.सं. २०६९ मा ठूलीचौरको अध्ययन गरेको थियो भने अहिले नागीडाँडामा अध्ययन गरेको छ । दुवै स्थानको स्थान र भौगोलिक अवस्थिति हेर्दा बढीमा एक हजार २०० मिटरसम्मको धावनमार्ग बनाउन सकिने अध्ययनले देखाएको छ ।

मौसमी अवस्था र विमान रुट निर्धाणमा सहजता दुवै स्थानमा उपयुक्त देखिन्छ । पहाड काट्ने र भर्ने काम दुवै स्थानमा गर्नुपर्ने हुन्छ । लगानीका हिसाबले एक हजार २०० मिटर लामो धावनमार्ग भएको विमानस्थल बनाउन जम्मा रु पाँच अर्ब खर्च लाग्नेछ, भने ८०० मिटरको बनाउँदा करिब रु तीन अर्ब लाग्ने क्यानको प्रारम्भिक अनुमान छ ।

अध्ययन भएका दुईमध्ये उपयुक्त स्थानको निक्र्योल गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ । यसअघि २०६५ मा काभ्रेकै भकुण्डेबेँसी र पाँचखालमा विमास्थल निर्माणका लागि अध्ययन गर्नेक्रममा स्थानीयको विरोधका कारण सम्भव भएको थिएन ।

ठूलीचौर र नागीडाँडामा विवाद 

क्यानको प्रारम्भिक अध्ययनअनुसार ठूलीचौर उपयुक्त देखिए पनि स्थानीयको विरोधका कारण कहाँ विमानस्थल बनाउने भन्ने अन्योल छ । सांस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्र मासिने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

तुलनात्मकरूपमा नागीडाँडामा विमानस्थल बनाउँदा जग्गाको मुआब्जा कम दिनुपर्ने र विमानस्थलको क्षमता कम हुनेछ । नागीका स्थानीयले विमानस्थल निर्माणमा पूर्ण सहयोग गर्ने बताएका छन् ।

समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा पर्छ नागी । मुआब्जा कम दिनुपर्ने र सडकको पहुँचको सहजता छ । ठूलीचौरमा करिब ६० प्रतिशत मुआब्जा दिनुपर्छ भने नागीमा २५ प्रतिशतमा मात्र मुआब्जा दिए पुग्छ । विमानस्थलका लागि चौडाई ३०० मिटर र लम्बाई एक हजार २०० मिटर आवश्यक पर्छ । अहिले अध्ययन भएका स्थानमा बढीमा एक हजार २०० मिटरको धावनमार्ग र २५ देखि ३० वटा विमान पार्किङ गर्न सकिनेछ ।

त्रिअविले वार्षिक ७५ लाख यात्रु व्यवस्थापन गर्दै आएको छ । अबको १५ वर्षमो यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।
“अहिले हामीले ७५ लाख वार्षिक ट्राफिक व्यवस्थापन गरिरहेका छौँ, विश्वमा हरेक १५ वर्षमा दोब्बर ‘ट्राफिक ग्रोथ’ बढेको छ क्यानमा महानिर्देशक गौतमले भने । नेपालमा वार्षिक ८ प्रतिशतका दरले हवाई चाप बढिरहेको र आगामी १५ वर्षभित्र यो संख्या दोब्बर हुने हुँदा राजधानीनजिक अर्को विमानस्थलको आवश्यकता महसुस गरिएको लोकान्तरमा छ |

१८ वैशाख २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution