हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

प्लान इन्टरनेसनल : ५ वर्षभित्र १० लाख किशोरी माझ पुग्ने

१८ वैशाख, काठमाडौं । प्लान इन्टरनेसनल नेपालले आगामी ५ वर्षभित्र १० लाख किशोरीमाझ पुगेर उनीहरुको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सघाउने प्रतिबद्धता जनाएको छ । बालबालिका, उनीहरूका परिवार र समुदायका लागि विभिन्न कार्यक्रम गर्न थालेको ४० बर्ष पुगेको अवसरमा प्लानले यस्तो योजना बनाएको हो ।

चार दशकको अवधिमा संस्थाले सरकारी र गैरसरकारी साझेदारसँगको समन्वयमा नेपालका ५० जिल्लामा विभिन्न कार्यक्रम कार्यान्वयन गरिसकेको जनाएको छ ।

प्लान इन्टरनेसनल नेपालले बालबालिकाको शिक्षा, स्वास्थ्य, परिवारको जीविकोपार्जन, खानेपानी, सरसफाई, किशोरी र महिलाहरूको सशक्तिकरण तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको हो ।

प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्स्ले भने ‘नेपालका बालबालिका र समुदायसँगको हाम्रो यात्राले चार दशक पार गरेको छ र यो यात्रा साँचो अर्थमा प्रेरणादायी र उदाहरणीय छ ।’

प्लान इन्टरनेशनल नेपालको ४० औं बाषिर्कोत्सवका कार्यक्रमहरू वैशाख १८ गतेबाट सुरू भए पनि आगामी १२ महिनाभित्र विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछ ।

स्थापनाकालदेखि नै प्लान इन्टरनेसनल नेपालले सरकारबाट अनुमति प्राप्त गरी गैरसरकारी संस्थासँगको समन्वयमा काम गर्दै आएको छ ।

यस पृष्ठभूमिमा प्लान इन्टरनेसनल नेपालले ५ बर्षे नयाँ राष्ट्रिय रणनीति अनुसार नेपालमा बालबालिकाले भोग्नुपरेका समस्या न्युनीकरणका लागि सबै परियोजनालाई केन्दि्रत गरिनेछ र आगामी ५ बर्षमा १० लाख किशोरीमाझ पुगेर उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

प्लान इन्टरनेसनल नेपालले विकट र पिछडिएका क्षेत्रमा ५ वटा रणनीतिक बिषयमा आफ्नो स्रोत परिचालनलाई निरन्तरता दिनेछ ।

प्रारम्भिक बालविकास र अभिभावकीय शिक्षाको सम्वर्द्धन, लैङ्गिक रूपान्तरण र समावेशी शिक्षाको प्रवर्द्धन, बालविवाह, बाल श्रम, बालबालिका बेचविखन र किशोरीहरूलाई प्रभावित गरिरहेका हानीकारक अन्य अभ्यासहरू न्युनीकरणका लागि समुदाय केन्द्रित बाल संरक्षण संयन्त्रहरू निर्माण, किशोरीहरूको सशक्तिकरण र उनीहरूको नेतृत्वका लागि पैरवी, विपद् जोखिम न्युनीकरण तथा खानेपानी, सरसरफाइ र स्वच्छता कार्यक्रममार्फत् समुदाय स्तरमा उत्थानशीलता निर्माण लगायतमा स्रोत परिचालन गरिने अनलाइनखबरमा छ |

२०७५ वैशाख १८ गते






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution